प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री देउवा, सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा )माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न खुमलटार पुगेका हुन्। अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन्। प्रधानमन्त्री देउवाले दाहालको स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् ।

पार्किन्सन् रोगका कारण लामो समयदेखि उनी अस्वस्थ छिन् । यसअघि मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । भेटमा सरकार सञ्चालन र गठबन्धनको साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार