टिम्बर कर्पोरेसनमा खुल्यो ४० जनाको लागि जागिर (विज्ञापनसहित)

tcn

टिभी अन्नपूर्ण २ कार्तिक, काठमाडौं ।

सरकारी स्वामित्वमा रहेको टिम्बर कर्पोरेशन अफ नेपालमा ४० रिक्त स्थानका लागि विभिन्न पदहरुमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै जागिर खुलाएको हो ।

कर्पोरेशनले लोक सेवा आयोगको सहमतिबमोजिम उपप्रबन्धक, सहायक प्रवन्धक, वरिष्ठ सहायक , सहायक र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो ।

टिसीएनले वन समूहको प्राविधिकतर्फ ३ जना उपप्रवन्धक मागेको छ । लेखा, प्रशासन र कम्प्युटरतर्फ ६ सहायक प्रवन्धक, लेखा, प्रशासन, र वनतर्फ २३ जना बरिष्ट सहायक पनि मागिएको छ । प्रशासन र कम्इुटरतर्फ ८ जना सहायक पनि टिसीएनले माग गरेको छ ।

इच्छुक उम्मेद्वारले आगामी आगामी मंसिर १ र दोब्बर दस्तुर तिरी मंसिर ८ भित्र कर्पोरेशनको बबरमहलस्थित केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुमा आवेशन बुझाउन सक्नेछन् ।

f872115d527c18627888e2065a5c48b2

Related posts

Leave a Comment