नेपालमा रेलमार्ग बन्दैछ तर रेल छैन, रेल विभाग अलमलमा

नेपालमा रेलमार्ग बन्दैछ तर रेल छैन, रेल विभाग अलमलमा

नेपालमा रेल संचालनका लागी बिभिन्न खाले बहसहरु चल्छन । कहिले चिनबाट आउने रेल तथा कहिले भारतीय रेलको चर्चा हुने गरेको छ । अझै नेताहरुले त काठमाण्डौमा मेट्रोरेल संचालनगर्ने भाषण ठुल्ठुला स्वरमा गर्न थालेका छन । तर छिट्टै सञ्चालनमा ल्याउने गरी निमार्ण भईरहेको बर्दिबास–जयनगर रेलमार्गमा कुद्ने रेल नै नभएपछि भने नेपालको रेल विभाग अलमलमा परेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडको स्वामित्वमा ४ ओटा पुराना डिजेल इन्जिन रेल भएपनि निर्माण भइरहेको बर्दिबास–जयनगर ट्रयाकमा चलाउन नमिल्दाँ रेल विभाग अलमलमा परेको हो । भारतले निमार्ण गरिदिएको रेलमार्गमा गुड्ने रेलपनि भारतले नै देला भनेर…

Read More

पर्यटकीय क्षेत्र सिक्लेसमा माघेसक्रान्ति मेला हुने ।

पर्यटकीय क्षेत्र सिक्लेसमा माघेसक्रान्ति मेला हुने ।

अन्तिम पौडेल, टिभी अन्नपूर्ण,पोखरा । कास्कीको सिक्लेसमा माघ १ देखी माघे संक्रान्ति मेला हुने भएको छ । माघेसक्रान्ती मेलाबारे जानाकारी दिन आयोजित एक कार्यक्रममा आयोजक समितिका अध्यक्ष मिलन गुरुङ्गले आन्तरिक तथा वाह्य पयर्टन प्रर्वद्धनका लागी मेलाको आयोजना गरिएको जानाकारी दिए । मेलाको उद्घाटन नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाले गर्ने कार्यक्रम छ । माघेसक्रान्ति मेलामा विविध साँस्कृतिक कार्यक्रमसहित सामुहिक नृत्य प्रतियोगिता, भलिवल, बास्केटवल, छेलोको आयोजना हुने आयोजकले जानाकारी गराएका छन । भलिवल, बास्केटवल प्रतियोगिताका विजेताले ४० हजार र उपविजेताले नगद ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । अन्नपूर्ण क्षेत्रमा…

Read More

वायु प्रदूषणले नसर्ने रोगको जोखिम बढाउँदै

वायु प्रदूषणले नसर्ने रोगको जोखिम बढाउँदै

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। वायु प्रदूषणका कारण काठमाडौंँ उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा वायु प्रदूषणका कारण मतिष्कघात, मुटुको रोग, फोक्सोको क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्दै गएको जानकारी गराइयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले वायु प्रदूषणका कारण मुटु एवम् फोक्सोको बिरामीका सङ्ख्या बढिरहेको उल्लेख गर्दै वायु प्रदूषणका कारण उपत्यकामा मुटुरोगी ७२ प्रतिशत, दमका बिरामी १४ प्रतिशत र फोक्सोको क्यान्सर १४ प्रतिशतले बढेको बताए । उनले वायु प्रदूषणले दमखोकीका…

Read More

जर्मनीका पूर्वराष्ट्रपतिको निधन

जर्मनीका पूर्वराष्ट्रपतिको निधन

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। जर्मनीका पूर्वराष्ट्रपति रोमन हर्सोगको ८२ वर्षको उमेरमा आज निधन भएको छ । सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपति रहनु भएका हर्सोगले आफ्नो कार्यकालमा आर्थिक सुधारका कार्यक्रमहरु लागू गरी जर्मनीलाई आर्थिक रुपमा समुन्नत तुल्याउन ठूलो योगदान दिनुभएको थियो । उहाँ जर्मनीको इतिहासमा नाजीहरुद्वारा गरिएको आमनरसंहारलाई स्मरण गरी त्यसबाट ठूलो पाठ सिक्नुपर्ने र सदैव मुलुकलाई शान्तिको मार्गमा लैजानुपर्ने धारणाका प्रखर हिमायति पनि हुनुहुन्थ्यो । जर्मनीका वर्तमान राष्ट्रपति जोचिम गाउकले आज हर्सोग दिवङ्गत हुनुभएको औपचारिक जानकारी दिनुभयोे तर थप विस्तृत विवरण भने दिनु भएन । उहाँले स्वर्गीय हर्सोगको…

Read More

जलविद्युतमा एक दिनमै सन्ताउन्न करोड बढीको लगानी प्रतिबद्धता

जलविद्युतमा एक दिनमै सन्ताउन्न करोड बढीको लगानी प्रतिबद्धता

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। ऊर्जा मन्त्रालयले सञ्चालन गर्न लागेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा नागरिकहरुको उच्च आकर्षण देखिएको छ । मन्त्रालयले सोमवार अनलाइनमार्फत जलविद्युत्मा लगानी आह्वान गर्दै वेबसाइट उद्घाटन गरेको थियो । मन्त्रालयका अनुसार आज साँझसम्म रु. ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ बराबरको प्रतिबद्धता प्राप्त भएको छ । ऊर्जा मन्त्रालयले स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना अगाडि बढाउने भन्ने लक्ष्यका साथ अनलाइनमाफत नागरिकको प्रतिबद्धता खोजेको छ । ऊर्जामन्त्री जनार्दन शर्माका स्वकीय सचिव वसन्त शर्माका अनुसार आज साँझसम्म नौ हजार १ सय ६५ जनाले लगानीको प्रतिबद्धता गरेका…

Read More

नापी कार्यालयका अधिकृत घूससहित झा पक्राउ

नापी कार्यालयका अधिकृत घूससहित झा पक्राउ

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई रु एक लाख ५० हजार घूससहित नापी कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ ।  आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी अधिकृत झाले एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले घूस रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका झाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Read More

आत्मघाती आक्रमणमा सातको मृत्यु

आत्मघाती आक्रमणमा सातको मृत्यु

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लास्कार घा मङ्गलबार भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सो विस्फोटमा परी विस्फोटनकारी स्वयम् र अन्य ६ व्यक्तिको मृत्यु भएको प्रान्तीय उपप्रहरी प्रमुख गुल हाई खानले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । खानका अनुसार यस आक्रमणमा परी अन्य दुई व्यक्ति घाइते भएका छन् । यस घटनाको विस्तृत विवरण नदिइकन अनुसनधान जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रान्तीय प्रहरी प्रमुखकाअनुसार यस आक्रमण…

Read More

पृथ्वीनारायण शाहलाई स्वाभिमानी नेपालीले आदर गर्नुपर्छ : अध्यक्ष थापा

पृथ्वीनारायण शाहलाई स्वाभिमानी नेपालीले आदर गर्नुपर्छ : अध्यक्ष थापा

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई स्वाभिमानी नेपालीले आदर गर्नुपर्ने बताउनुभएको छ ।  पार्टीले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले शाहको जन्मजयन्तीलाई औपचारिक रुपमा सरकारले एकता दिवस मनाउन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो–“दोस्रो जनआन्दोलनको रापतापमा सो जयन्तीलाई बिर्सिएर एकता दिवस मनाउने परम्परा अन्त्य गरिएको छ, त्यो गलत छ, त्यसलाई सच्याउनुपर्छ भन्ने आम जनताको भावना रहेको छ ।” पृथ्वी जयन्ती आउँदा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेताल पृथ्वी जयन्तीलाई सम्मान गर्नुपर्छ भन्नुहुन्छ तर राष्ट्रिय एकता दिवसका रुपमा नमनाउनुका कारण के…

Read More

मुलुक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको : राज्यमन्त्री गच्छदार

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। श्रम राज्यमन्त्री दिलीपकुमार गच्छदारले मुलुक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका  छन ।  कञ्चनपुरको भीमदत्तनगरमा नेपाल नाई सङ्घको प्रथम सुदूरपश्चिमस्तरीय क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै राज्यमन्त्री गच्छदारले मुलुकमा सङ्क्रमणकालीन अवस्था लम्ँिबदा जनचाहनाअनुसार विकास निर्माण अघि बढ्न नसकेको बताए । संविधान जारी भए पनि कार्यान्वयन हुन नसेकाप्रति चिन्ता व्यक्त गर्र्दै नेपाली काँग्रेसका नेतासमेत रहरेका राज्यमन्त्री गच्छदारले अस्थिरता हटाउन काँग्रेसले मात्रै सक्ने धारणा राखे । “देशका सबै खालका ऐतिहासिक परिर्वतन काँग्रेसकै नेतृत्वमा भएका छन्” उनले भने । नाई लगायतका मजदुरलाई आफ्नो हक, हित र अधिकारका लागि एकताबद्ध भएर अगाडि बढ्न…

Read More

रामपुर महोत्सव बुधबारदेखि

रामपुर महोत्सव बुधबारदेखि

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। आज पत्रकार सम्मेलन आयोजना गरी मेलामा दुई सय व्यापारिक स्टलहरु, २६ वटा होटल तथा रेष्टुराँ, चारवटा अटोमोबाइल्स, फोटो प्रदर्शनी कक्ष रहने जानकारी दिइयो । ‘शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन र उद्योगको पूर्वाधार: रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नारासहित आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको बुधबार उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्घाटन गर्ने रामपुर उद्योग वाणिज्यका अध्यक्ष एवम् मेला महोत्सव मूल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिए ।  

Read More