औषधि खरिद गर्न पत्रचार

औषधि खरिद गर्न पत्रचार

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा पर्याप्त औषधि मौज्दात रहेको दाबी गर्दै आए पनि आन्तरिकरुपमा भने औषधि अभाव भएकाले खरिदका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्र पठाएको छ । निःशुल्क अत्यावश्यक औषधि अभावमा जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीमा बिरामीको उपचार हुन नसकेको समाचार बाहिर आउँदा पनि अभाव नभएको दाबी गर्ने मन्त्रालयले ७५ जिल्लाका जनस्वास्थ्य कार्यालयले सोमबार पत्र पठाउँदै तत्काल रु पाँच लाख बराबरको औषधि सोझै किनेर वितरण गर्न निर्देशन दिएको छ । मन्त्रालयले गत पुस ४ गते चौथोपटक सार्वजनिक खरिद ऐनको नियामावली परिर्वतनलाई आधार मानेर जिल्लालाई पाँच लाखसम्मको…

Read More

पहाड र तराई अलग गरे नेपाल रहँदैन : जनमोर्चा अध्यक्ष केसी

पहाड र तराई अलग गरे नेपाल रहँदैन : जनमोर्चा अध्यक्ष केसी

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका नाममा पहाड र तराईलाई अलग गरे नेपाल विखण्डन हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपाललाई सिङ्गो राख्न सङ्घीयतालाई कार्यान्वयन गर्ने नहुने धारणा राख्नुभयो । अध्यक्ष केसीले भन्नुभयो–“नेपाली जनताको घाँटीमा सङ्घीयता जबर्जस्ती भिडाएर पहाड र तराई अलग पार्दै कालान्तरमा नेपाललाई विदेशी भूमिमा गाभ्ने षडयन्त्र भइरहेको छ, देशलाई जोगाउन जर्बजस्त सङ्घीयता लाद्न हुँदैन ।” प्रतिपक्षी सांसदहरुको विरोधका बाबजुद सभामुखले संविधान संशोधन विधेयक टेबल गर्न दिएर संसद्को मर्यादा विपरीत कार्य…

Read More

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। लागुऔषधसहित भोजपुर पात्लेपानी गाविस घर भएका विक्रम राईलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।  डाइजेल्याब २१३ एम्पुल, फेनारगन २१३, लुपिजेसिक २१३ गरी ६३९ एम्पुलसहित उनलाई गएराति लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले चावहिलस्थित सगरमाथा गेस्ट हाउस अगाडिबाट पक्राउ गरेको हो । को २८ प ६५२१ नंको मोटरसाइकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

Read More

श्रमिकको हित सुनिश्चितता पहिलो प्राथमिकता : परराष्ट्रमन्त्री

श्रमिकको हित सुनिश्चितता पहिलो प्राथमिकता : परराष्ट्रमन्त्री

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कतारमा कार्यरत करिब चार लाख नेपालीको हित सुनिश्चितता आफ्नो भ्रमणको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।  आफ्ना कतारी समकक्षी शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अलथानीको निमन्त्रणामा कतार प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीमाझ उहाँले भन्नुभयो¬—“कतारमा कार्यरत नेपालीको हकहितको रक्षा तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा प्राप्तिका निम्ति विशेष जोड दिनेछु ।” नेपाल र कतारबीच पारस्परिक सहयोग अभिवृद्धिका साथै नेपालको आर्थिक विकासमा कतारी लगानी आकर्षित गर्ने विषयमा पनि छलफल गर्ने जानकारी दिँदै उहाँले आपसी सहयोगका क्षेत्रहरु पहिल्याउनेमा छलफल केन्द्रित रहने बताउनुभयो । कतारका अमिर…

Read More

न्याय परिषद् बैठक बिहीबारसम्मका लागि स्थगित

न्याय परिषद् बैठक बिहीबारसम्मका लागि स्थगित

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं। उच्च अदालतका लागि ८२ जना न्यायाधीशको नियुक्ति लागि सिफारिस गर्नका लागि बसेको न्याय परिषदको आजको बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले केही प्राविधिक काम बाँकी रहेको हुँदा बिहीबार बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए । प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले न्यायाधीशको नियुक्तिको लागि टुङ्गो लगाउने भनिएता पनि सो हुन सकेन । सात प्रदेशमा रहेको उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट ८२ जना न्यायाधीश नियुक्ति गर्ने हुनेछ ।

Read More

सरुवाका कारण कामकाज प्रभावित हुने

सरुवाका कारण कामकाज प्रभावित हुने

टिभी अन्नपूर्ण २६ पुस, सप्तरी । पूर्वाञ्चलको १२ जिल्लामा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जिम्मेवारी पाएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुखको पटक पटक सरुवा हुँदा त्यहाँ कामकाज प्रभावित हुने गरेको छ । विगत एक दशकदेखि एक वर्ष बित्न नपाउँदै अधिकांश कार्यालय प्रमुखको सरुवा हुँदै आएको छ । यसरी तोकिएको समयभन्दा अगाडि नै कार्यालय प्रमुखको सरुवा हुँदा कामकाज प्रभावित हुने गरेको त्यहाँका कर्मचारी तथा पेट्रोेलियम व्यवसायीको गुनासो छ । दैनिक तीन लाख लिटर पेट्रोल तथा सात लाख लिटर डिजेल बिक्री वितरण गर्ने सो कार्यालयमा एक दशकमा आधा दर्जन बढी…

Read More

सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान छ: प्रधानमन्त्री

सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान  छ: प्रधानमन्त्री

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताउनु भएको छ । चितवनको भरतपुरमा रहेको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको छ । नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो । पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ । पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय…

Read More

राज्यलाई ठग्न कामै नभएको इम्बोस्ड नम्बर प्लेटमा यसरी हुँदैछ अर्बौं घोटाला

राज्यलाई ठग्न कामै नभएको इम्बोस्ड नम्बर प्लेटमा यसरी हुँदैछ अर्बौं घोटाला

टिभी अन्नपूर्ण १ माघ ,काठमाडौं| सरकारी कर्मचारीहरु कसरी व्यापारीहरुसँगको मिलेमतोमा राज्यलाई लुट्दा रहेछन् भन्ने कुराको गतिलो उदाहरण हो, इम्बोस्ड नम्बर प्लेट लागु गर्ने योजना । विकसित देशहरुमा समेत खासै प्रयोगमा नआएको ईम्बोस्ड नम्बर प्लेट राख्ने योजना नेपाल जस्तो अविकसित देशमा एकतर्फी लागु गर्ने तयारी गरिंदैछ । केही व्यापारीले आफ्नो स्वार्थ अनुसार सिधा साधा नेपाली उपभोक्ताहरुलाई ठग्न यो इम्बोस्ड नम्बर प्लेट राख्ने योजना अघि ल्याएका हुन् । यसमा मन्त्री, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक र केही सरकारी कर्मचारीहरुको मिलेमतो समेत रहेको पाईएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको यातायातका साधनहरुमा उच्च सुरक्षा…

Read More

सर्वोच्चद्वारा ध्यानाकर्षण

सर्वोच्चद्वारा ध्यानाकर्षण

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं । सर्वोच्च अदालतले सञ्चारमाध्यममा न्यायपालिकाप्रति भ्रम फैलाउने मनसायबाट प्रेरित भएर समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले आज जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यममा मिथ्यापूर्ण, भ्रामक, असत्य र कपोलकल्पित समाचार आउनु दुःखद् भएको र त्यसप्रति अदालतको ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा कानुनअनुरुप गरिएका कार्यप्रति अवान्छित शङ्का, उपशङ्का र न्यायपालिकाप्रति भ्रम पैदा हुने खालका समाचार प्रकाशन,प्रकाशन नगर्न आग्रह गरिएको छ ।  

Read More

कृषिमा आत्मनिर्भरता देशको आवश्यकता :मन्त्री तामाङ

कृषिमा आत्मनिर्भरता देशको आवश्यकता :मन्त्री तामाङ

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं । नेपाल कृषिप्रधानमूलुक भएकाले कृषिमा आत्मनिर्भरता देशको आवश्यकता भएको कृषिमन्त्री राधिका तामाङले बताउनुभयो ।  आज जिल्लाको उग्रचण्डी नालामा आयोजना गरिएको माटो परीक्षण कार्यक्रममा मन्त्री तामाङले कृषि मन्त्रालयले हालसम्म गरेका विभिन्न कार्यक्रममध्ये सुपरजोन कार्यक्रम अन्यभन्दा पृथक रहेको बताउनुभयो । नेपालका सबै क्षेत्रमा माटोको परीक्षणको पहुँच नपुगेको जानकारीमा आएपछि आफूले त्यसको आवश्यकता महसुस गरेरै सातवटै प्रदेशमा माटो परीक्षण गरी वातावरण सुहाउँदो खेतीमा सुपरजोनको सिद्धान्तअनुसार खेती प्रणाली सुरु गर्न लागेको उहाँले बताउनुभयो । मन्त्री तामाङले सुपरजोन कुनै दातृ निकायको सहयोगमा सञ्चालित नभई सरकारकै पहल, सोच र क्षमतामा यहाँसम्म…

Read More