पोखरा लेकसाइडको रेष्टुरेण्टमा आगोलागी, करिब २ करोड बढिको क्षति

पोखरा लेकसाइडको रेष्टुरेण्टमा आगोलागी, करिब २ करोड बढिको क्षति

अन्तिम पौडेल, टिभीअन्नपूर्ण पोखरा । पोखराको बाराहीचोकमा अबस्थित ट्राइ स्टार रेष्टुरेण्टमा मंगलबार राति भीषण आगलागी भएको छ । आगलागीले रेष्टुरेण्ट पूर्णरुपमा जलेर नष्ट भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । राति करिब १० बजे २५ मिनेट आगोले रेष्टुरेण्ट जलेर पूर्णरुपमा ध्वस्त भएको छ । रेष्टुरेण्टको तल्लोतलामा रहेको एक ट्राभस एजेन्सी, एटिएम काउन्टर, मनिचेन्जर जलेको छ । काठैले निर्मित उक्त रेष्टुरेण्ट स्थानीय धमेन्द्र बाटाजुले एक वर्षअघि सञ्चालनमा ल्याएका थिए । रुफ टपसहितको उक्त रेष्टुरेन्ट पर्यटकको आकर्षणको केन्द्र समेत थियो । मध्यरातसम्म पनि आगो नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणका पोखरा उपमहानगरपालिका र पोखरा…

Read More

संशोधन पारित गर्न गठबन्धनको आह्वान

संशोधन पारित गर्न गठबन्धनको आह्वान

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं । संयुक्त लोेकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।  सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धनको बैठकले संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत पु¥याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न सरकारलाई आग्रह गरेको संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो । बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जनसहित संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको छ । त्यस्तै, गठबन्धनले संविधान संशोधनको…

Read More

पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुन्छः नेता पोखरेल

पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुन्छः नेता पोखरेल

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं । नेकपा (एमाले) स्थायी समिति सदस्य शङ्कर पोखरेलले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुने बताएका छन् । पाँच नम्बर प्रदेश विभाजनविरुद्ध संयुक्त सङ्घर्ष समितिको आयोजनामा तानसेनमा आयोजित विरोधसभामा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव नै षड्यन्त्रपूर्वक ल्याएको उनको भनार्इ थियो । नेता पोखरेलले अहिलेको अवस्थामा पहाड र तराईलाई छुट्याएर अलग अलग राज्य बनाउन कुनै हालतमा पनि दिन नहुने बताए ।

Read More

बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस : भट्टराई

बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस : भट्टराई

टिभी अन्नपूर्ण २७ पुस,दाङ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचनबाट बहुमत ल्याएर संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरेका  छन् । संविधान संशोधनको विरोधमा संयुक्त सघर्ष समितिले आज घोराहीमा आयोजना गरेको विरोधसभामा उनले भने – एमाले निर्वाचनका लागि तयार रहेको छ । भट्टराईले “मिति घोषण गरेर निर्वाचनमा जाऔँ” भन्दै निर्वाचन गराउने मौका इतिहासले प्रदान गरेको हुँदा यसको सदुपयोग गर्न समेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । अहिले संविधान संशोधन नभई कार्यान्वयन गर्ने वेला रहेको बताउँदै उनले भने-मधेसबाट एक सिट नजित्नेले मधेसको प्रतिनिधित्व गर्न सक्दैन्  ।…

Read More

पदबाट हटाइएकामा आश्चर्य लागेको छ – ज्ञवाली

पदबाट हटाइएकामा आश्चर्य लागेको छ – ज्ञवाली

टिभी अन्नपूर्ण २७ पुस,काठमाडौँ। आज पदमुक्त भएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको नतिजा एकपछि अर्कै गर्दै आइरहेका बेलामा सरकारले आफूलाई पदबाट हटाएकामा आश्चर्य व्यक्त गरेका  छन् । ज्ञवालीले आज एक प्रेस नोट जारी गर्दै पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै अगाडि बढाइरहेका बेला सरकारले आज आफूलाई प्रमुख कार्यकारी पदबाट हटाउन गरेको निर्णयले समग्र पुनःनिर्माण र पुनःस्थापनाका कार्यलाई प्रभावित गर्ने अवस्था सिर्जना हुने चिन्तासमेत व्यक्त गरेका  छन् । प्रेस नोटमा भनिएको छ, ‘प्रमुख कार्यकारी अधिकृतको पदमा मलाई मिति २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट…

Read More

तलेजु मन्दिर परिषरमा आगलागी

तलेजु मन्दिर परिषरमा आगलागी

टिभी अन्नपूर्ण २७ पुस,भक्तपुर । भक्तपुर तलेजु मन्दिर परिषरमा आज दिउँसो आगलागी भएको छ । विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिरको जहुँ चोक र जिस्वँचोकस्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको ¥याक र भाँडा जलेको सुवाल घरका नाइके पूण्यराम सुवालले जानकारी दिए । मन्दिरको दक्षिणतर्फ रहेको सुवाल घरमा दिउँसो अचानक आगलागी भएपछि नेपाली सेना , नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको टोलीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिषर् भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिए । तलेजुलाई बिहान भोग चढाउन प्रसाद पकाउनका लागि प्रयोग हुने दुईतले सुवाल घरमा…

Read More

सेवाग्राहीको काममा ढिलाइ नगर्न प्रधानन्यायाधीशको निर्देशन

सेवाग्राहीको काममा ढिलाइ नगर्न प्रधानन्यायाधीशको निर्देशन

टिभी अन्नपूर्ण २७ पुस,काठमाडौँ। प्रधानन्यायाधीश सुशीला कार्कीले कानुनी उपचारका लागि अदालत आउने सेवाग्राहीको काममा ढिलाइ नगर्न न्यायाधीशहरुलाई निर्देशन दिएकी छन् । खोटाङ जिल्ला अदालतको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले अदालतबाट न्याय पाउन लामो समयसम्म पर्खनुपर्दा जनतामा वितृष्णा सिर्जना हुने भएकाले न्याय सम्पादनमा तदारुकता देखाउन मातहतका न्यायाधीशलाई निर्देशन दिएकी हुन्  । “अदालतको फैसला लामो समयसम्म पर्खनुपर्दा खर्च समेत बढी हुन्छ” प्रधानन्यायाधीश कार्कीले भनिन  – “निमुखा, गरिब र पिछडिएका व्यक्तिले केही जाने सुनेका हुँदैनन्, त्यसैले उनीहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेर चित्तबुझ्दो काम गरिदिनुहोस् ।” प्रधानन्यायाधीश कार्कीले न्यायपालिका भनेको सबैको आस्था…

Read More

भोलिदेखि स्वस्थानी ब्रत सुरु

भोलिदेखि स्वस्थानी ब्रत सुरु

टिभी अन्नपूर्ण २७ पुस,काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ ।पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८…

Read More

निर्वाचन नहुँदा विकास निर्माणको काम अवरुद्ध–मन्त्री जोशी

निर्वाचन नहुँदा विकास निर्माणको काम अवरुद्ध–मन्त्री जोशी

टिभी अन्नपूर्ण २७ पुस,काठमाडौँ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशमा लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएकाले विकास निर्माणको काममा बाधा पुगेको बताएका छन्। नेपाल प्रेस युनियन पाल्पाले आज रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने , ‘सरकराले जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको छ।’ मन्त्री जोशीले ‘संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य भएकाले सरकारले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्छ’ भने। बन्द भएका हेटौंडा कपडा उद्योग र नेपाल औषधी उद्योग कम्पनी लिमिटेड पुनः सञ्चालनका लागि काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्दै उनले अबको दश वर्षभित्र मुलुकमा ठूला…

Read More

इटालिका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

इटालिका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

टिभी अन्नपूर्ण २७ पुस,काठमाडौँ। इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको अस्पताल स्रोतले बुधबार जानकारी दिएको छ । फ्रान्ससँगको द्विपक्षीय वार्ता बैठकबाट फर्काएका इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनी बाटैमा अचानक थला पर्नुभएको उनको कार्यालय चिजी प्यालेसले जनाएको थियो । चिजी प्यालेसले प्रधानमन्त्रीको रोगसम्बन्धी थप विस्तृत विवरण नखुलाए ता पनि इटालिको समाचार समिति आन्साले रोमको स्थानीय जेमेल्ली अस्पतालमा प्रधानमन्त्री जेन्टिलोनीको तत्कालै एन्जियोप्लास्टी शल्यक्रिया (मुटु रोगसम्बन्धी गम्भीर र विशेष खालको शल्यक्रिया) सम्पन्न गरिएको र हाल उहाँको स्वास्थ्य स्थिति स्थिर र राम्ररी सुधार भइरहेको जनाएको छ । पेरिसबाट रोम फर्किने क्रममा अकस्मात् बिरामी…

Read More