सुशासन कायम राख्न राजनीतिज्ञ र कर्मचारी एकजुट हुनुपर्छ : डा कोइराला

सुशासन कायम राख्न राजनीतिज्ञ र कर्मचारी एकजुट हुनुपर्छ : डा कोइराला

टिभी अन्नपूर्ण २७ पुस,काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्नका लागि राजनीतिक दल र कर्मचारी एकजुट हुनुपर्ने बताउनुभएको छ । प्रशासन व्यवस्थापन र विकास केन्द्र ९कामाद०ले यहाँ आज ‘आयोजना गरेको राजनीति र प्रशासनको अन्र्तसम्बन्ध एवम् यसको वर्तमान अवस्था’ विषयक अन्तक्र्रियामा डा कोइरालाले राजनीतिक दल र कर्मचारी एकजुट भएमात्र मुलुकको विकास सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी र राजनीतिज्ञबीच मनमुटाव भयो भने विकास सम्भव छैन ।”  उहाँले ट्रेड युनियनका नाममा कर्मचारीको सरुवा गरेर पैसा लिने गरेको भन्दै यस्तो कार्यले कर्मचारीको कार्यक्षमताप्रति नकारात्मक सन्देश जाने स्पष्ट…

Read More

पृथ्वीनारायण शाह नेपालका महान् पुत्रः डा महत

पृथ्वीनारायण शाह नेपालका महान् पुत्रः डा महत

टिभी अन्नपूर्ण २७ पुस,काठमाडौँ। नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महतले पृथ्वीनारायण शाह नेपालका महान् पुत्र भएको बताउनुभएको छ । आज एकता दिवसको अवसर पारेर नागरिक समूहले आयोजना गरेका कार्यक्रममा उहाँले शाह जस्तो दूरदर्शी सोच र सबैलाई एकसाथ लिएर जाने कूटनीतिक नीतिले आजको नेपालको सिर्जना गरेको धारणा राख्नुभयो । त्यो बेलाको नेपाल दक्षिण एसियाकै शक्तिशाली मुलुक भएको चर्चा गर्दै नेता महतले मुलुकलाई उन्नतिको दिशामा लैजान आर्थिक नीति सुधार गर्नुपर्नेमा जोड दिनुभयो । देशलाई एकतामा बाँधिराख्न जातजाति, भाषाभाषी, मधेस, पहाड र हिमाललाई टुक्र्याउन नहुने उहाँको भनाइ छ । नयाँ शक्ति…

Read More

सन् २०१६ मा सात लाख २९ हजार पर्यटक नेपाल भ्रमणमा

सन् २०१६ मा सात लाख २९ हजार पर्यटक नेपाल भ्रमणमा

टिभी अन्नपूर्ण २७ पुस,काठमाडौँ। सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । जसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडिएको विभागको भनाइ छ ।  सन् २०१५ मा पाँच लाख ५४ हजार ७४७ जना पर्यटकले मात्रै नेपाल भ्रमण गरेकामा सन् २०१६ मा सोभन्दा एक लाख ७४ हजार ८०३ बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१४…

Read More

हिउँ चितुवा पाइने मुलुकको मन्त्रिस्तरीय बैठक नेपालमा हुने

हिउँ चितुवा पाइने मुलुकको मन्त्रिस्तरीय बैठक नेपालमा हुने

टिभी अन्नपूर्ण २७ पुस,काठमाडौँ। सङ्कटापन्न हिउँ चितुवा संरक्षणमा विश्वव्यापी प्रयासः प्रगति र आगामी कदम बारेमा हिउँ चितुवा पाइने देशका मन्त्रिस्तरीय बैठक आगामी माघ ४ देखि ७ गतेसम्म नेपालमा हुने भएको छ । ‘हिउँ चितुवा र परिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना (जिएसएलईपी) तथा सर्वेक्षण कार्यशाला’ र त्यस सम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समितिको बैठक हुने वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । सम्मेलनबारे जानकारी दिन मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सहसचिव डा…

Read More

पृथ्वी जयन्तीमा शीर्ष नेताहरुद्वारा राष्ट्रिय एकतामा जोड

पृथ्वी जयन्तीमा शीर्ष नेताहरुद्वारा राष्ट्रिय एकतामा जोड

टिभी अन्नपूर्ण २७ पुस,काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि राजनीतिक मूल्य र मान्यता स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “विसं २०६२÷६३ पछि सार्वजनिक विदा दिने विषयमा स्पष्ट नीति बन्न नसक्दा मन्त्रिपरिषद्को आज बसेको बैठकले यसको अध्ययनका लागि समिति गठन गरेको छ । यसले इतिहास, सबै भाषाभाषी, जनजातिका मागको समेत अध्ययन गरी विदाका विषयमा उचित सुझाव दिनेछ ।” प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी राष्ट्रिय एकताका आधारका रुपमा बलियो केन्द्रीकृत राज्य स्थापना गर्नुभएको बताउनुभयो र भन्नुभयो – “बहुजाति, बहुभाषी र…

Read More

सडकका कारण विस्थापित बनेका माझीका लागि बन्ने भो माझी बस्ती

सडकका कारण विस्थापित बनेका माझीका  लागि बन्ने भो माझी बस्ती

टिभी अन्नपूर्ण २७ पुस,बागलुङ। सडकका कारण विस्थापित बनेका यहाँका सीमान्तकृत माझी समुदाय पुनःस्थापित हुने भएका छन् । विसं २०४६ मा बागलुङ– पोखरा सडक खन्ने क्रममा थातथलो गुमाएका माझी घर पाउने भएपछि खुसी भएका हुन् । बागलुङ नगरपालिका कार्यालयले माझी बस्ती व्यवस्थापन कार्र्य अघि बढाएको हो । माझी व्यवस्थापनको सबै काम एक वर्षभित्र पूरा गरिने घर निर्माण गर्ने ठेकेदार कम्पनी र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ । बागलुङ नगरपालिका– १ खनियाँ बासमा १४ माझी परिवारका लागि घर निर्माण हुनेछ । प्रति एक परिवारले पाउने तीन आना जग्गामा तीन कोठे घर निर्माण…

Read More

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

टिभी अन्नपूर्ण २७ पुस, दोलखा । सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो । दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ । दोलखा लाकुरीडाँडा गाविस–४ ठेगाना भएकी २४ वर्षीया लक्ष्मी श्रेष्ठ हाल कक्षा २ मा अध्ययन गरिरहेकी छन् । दोलखाको एक मात्र बहिरा पढ्ने विद्यालय भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा कक्षा २ सम्मको मात्र पढाइ हुने गरेको छ । बहिरालाई लक्ष्य गरेर सञ्चालन गरेको यो विद्यालयमा ३५ जना विद्यार्थी छन् । यहाँ १६ देखि २४ वर्षसम्म उमेर भएका विद्यार्थी पढ्न आउँछन् । तर यहाँ उमेर…

Read More

मुलुकलाई अव समृद्धितर्फ लैजानुपर्छ : मन्त्री जोशी

मुलुकलाई अव समृद्धितर्फ लैजानुपर्छ : मन्त्री जोशी

 टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आर्थिक समृद्धिबिना मुलुकको विकास नहुने हँुदा उद्योग क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । रामपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम रामपुर महोत्सव तथा व्यापार मेलाको आज रामपुरमा उद्घाटन गर्दै मन्त्री जोशीले मुलुकलाई अब आर्थिक समृद्धितर्फ लैजानुको विकल्प नभएको बताउनुभयो । नेपाली उद्योगमा विदेशी लगानी भित्र्याउन औद्योगिक कानुन समस्या रहेकाले त्यसलाई अब केहीदिनभित्रै संसद्बाट संशोधन गरी पारित गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो । मुलुकमा विगतमा सञ्चालन भएर बन्द भएका हेटौँडा कपडा उद्योग र नेपाल औषधि…

Read More

अदालतको आदेश/फैसला सरल भाषामा लेख्नुपर्ने

अदालतको आदेश/फैसला सरल भाषामा लेख्नुपर्ने

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं । अदालतको आदेश/फैसला सरल र सर्वसाधारणले सहजरुपमा बुझ्न सक्ने तरिकाले लेख्नुपर्ने भएको छ । कानुनी भाषा सर्वसाधारणले सहजरुपमा बुझ्न नसक्दा समस्या, दुःख, हैरानी, गलत व्याख्या हुने हुँदा अदालतको आदेश/फैसला सरल भाषामा सामान्य नागरिकले सहजसँग बुझ्न सक्नु हुनुपर्ने जरुरी देखिएको हो । सर्वोच्च अदालत केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले बुधवार आयोजना गरेको ‘न्यायिक सूचना सम्प्रेषणका सन्दर्भमा सञ्चारकर्मीसँगको अन्तक्र्रियामा पत्रकारले अदालती भाषा बुझ्न निकै जटिल भएको हुँदा सरल भाषा प्रयोग गर्नुपर्ने कुरा उठाएका हुन् । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, विष्णु निष्ठुरी, धमेन्द्र झा, राष्ट्रिय समाचार समितिका अध्यक्ष…

Read More

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् । सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या ३१ प्रतिशतले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालयका प्रशासन सहायक आनन्द सुवेदीले जानकारी दिनुभयो । सन् २०१६ को जनवरीदेखि डिसेम्बर महिनासम्म घोडेपानी, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प र खोप्रा क्षेत्रमा ४७ हजार २४७ बाह्य पर्यटकले भ्रमण गरेका थिए । सन् २०१५ मा करिब ३६ हजार तथा सन् २०१४ मा…

Read More