जाडोमा छालालाई चाउरी पर्नबाट जोगाउनुस् यसरी

जाडोमा छालालाई चाउरी पर्नबाट जोगाउनुस् यसरी

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौँ। जब उमेर बढ्दै जान्छ तब कोमल छालाको माथिल्लो तह खुम्चन थाल्छ अनि भित्री तहमा सघनता कम हुनाले छाला पातलो हुन्छ । बढ्दो उमेरमा मुहारको कोशिकाको उभार कम भएर छाला थिचिन्छ, परिणामस्वरूप छाला कमजोर र पातलो देखिन थाल्छ । मुहारमा आउने यस्तो परिवर्तनमा सूर्यको किरणको प्रमुख भूमिका हुन्छ । हाम्रो मुहार तथा हातको छाला बढी संवेदनशील हुन्छ र सूर्यको किरण सीधा त्यहाँसम्म पुग्छ, त्यसैले हाम्रो मुहार तथा हातमा उमेरको छनक चाँडै देखापर्छ । चाउरी दुई प्रकारको हुन्छ । पहिलो मुहारको माथिल्लो तहमा देखिने मसिना रेखाहरू तथा…

Read More

राप्रपा पोर्तुगलको २९५औ पृथ्वीजयन्ती कार्यक्रम

राप्रपा पोर्तुगलको २९५औ पृथ्वीजयन्ती कार्यक्रम

टिभी अन्नपूर्ण, पुष २८ पोर्तुगल । पोर्तुगलमा रहेका नेपालीहरुले २९५औं पृथ्वीजयन्तीलाई एकता दिवसका रुपमा मनाएका छन । पोर्तुगलको राजधानी लिस्वोनमा राप्रपा नेपाल पोर्तुगलको आयोजनामा बिभिन्न कार्यक्रमसहित पृथ्वीजयन्तीलाई एकतादिवसका रुपमा मनाएको हो । राप्रपा नेपालका नेता रेशम लामाको उपस्थितीमा भएको कार्यक्रममा राप्रपा पोर्तुगलका अध्यक्ष रमेशराज बास्तोला एनआरएन आइसीसी सदस्य रमेश गुरुङ, राप्रपा बेल्जियमका धिर्क बहादुर मल्ललगायतको सहभागिता रहेको थियो । सहभागीहरुले  पृथ्वीनारायण शाह एकताका प्रतिक भएकाले पृथ्वीजयन्तीलाई एकता दिवसको रुपमा देशभित्र र बाहिर मनाउने वातावरण नेपाल सरकारले बनाउनेपर्ने बिचार व्यक्त गरेका थिए ।

Read More

आइएससीका सञ्चालक लामिछानेलाई सदस्यबाट निलम्वन

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौँ। नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नामक संस्थाका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरिएको छ । कोसी इन्टरनेशनल प्रालिका सञ्चालक रहेका थपलियाले ‘आइएससी’ नामक संस्था खोली मलेसिया जाने कामदारमाथि थप आर्थिक भार पार्ने कार्यमा संलग्न भएकाले कारबाही गरिएको मञ्चका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । आइएससीले गत भदौ ३० गतेदेखि महाराजगञ्जमा कार्यालय स्थापना गरी मलेसिया जाने कामदारको औँठा छाप लिएको नाममा प्रतिकामदार रु तीन हजार २०० थप असुलिरहेको छ । गत मङ्सिर ९ गते थपलियालाई स्पष्टीकरण सोधिएकोमा…

Read More

‘तीन दल मिले समाधान’ : भट्टराई

‘तीन दल मिले समाधान’ : भट्टराई

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौँ। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रमुख तीन राजनीतिक दल मिल्नाको विकल्प नभएको बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुरमा आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) एक ठाउँमा उभिने हो भने मुलुकले समाधान पाउने विश्वास व्यक्त गर्नुभयो । “तीन शक्ति एक ठाउँमा आउनेबित्तिकै देश संविधान कार्यान्वयनको दिशामा अघि बढ्नाका साथै मधेसी मोर्चाका माग पनि पूरा हँुदै जाने छ र सहमतिमा आउन पनि पे्रसर हुने छ”– भट्टराईले भन्नुभयो । अर्काे…

Read More

फिफा वरियतामा नेपालको छ स्थान सुधार

फिफा वरियतामा नेपालको छ स्थान सुधार

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौँ। विश्व फुटबल महासंघ (फिफा)द्वारा बिहीबार घोषित पछिल्लो वरियतामा नेपालले ६ स्थान सुधार गरेको छ। नयाँ वरियतामा नेपाल समग्रमा एक सय ७५ औं स्थानमा छ । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा छ । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत समग्रतामा ६ स्थान सुधार गर्दै एक सय २९ औं स्थानमा उक्लिएको छ । नौ स्थान सुधार गरेको माल्दिभ्स एक सय ४५ औं स्थानमा छ । फगानिस्तान एक सय ५१ औं स्थानमा छ । अफगानिस्तानको पाँच स्थान खस्किएको हो । यसैगरी भुटान समग्रमा एक स्थान सुधार गर्दै…

Read More

दश दिनभित्रै चुनावको मिति घोषणा हुन्छ : खनाल

दश दिनभित्रै चुनावको मिति घोषणा हुन्छ : खनाल

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अबको १० दिनमै निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबको साक्षात्कारमा आज उहाँले निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको विधेयकलाई पारित गरिने जिकिर गर्नुभयो । “संशोधन विधेयक पारित भएपछि मात्र अहिलेको राजनीतिक समस्या हल हुन्छ, आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने सरकारको तयारी छ” उहाँले भन्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले निर्वाचन गराउने हल्ला मात्र गरेको तर निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाउनुभयो । पहिले वैशाखमै चुनाव गराउने जिकिर गरिँदै आए…

Read More

राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिवद्ध : ओली

राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिवद्ध : ओली

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’को विहीबार राजधानीमा लोकार्पण गर्दै उनले देशको शिर झुक्न नदिन र राष्ट्रको स्वाभिमान बचाइ राख्न आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए । अध्यक्ष ओलीले भने–‘मेरो ५२ वर्षे राजनीति देशको हितका लागि बित्यो, जनतालाई अल्मल्याउने र जनताका बीचमा फाटो ल्याउने राजनीति पनि कहिल्यै गरिनँ ।’ ढाँट, छल र जनता अल्मल्याउने राजनीति तथा जनता जगाउने राजनीतिलाई अलग–अलगरुपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले ‘कम्युनिष्ट उग्र…

Read More

चलचित्र छक्कापञ्जा कस्ले ग-यो आउट (हेर्नुहोस् फेसबुकमा)

चलचित्र छक्कापञ्जा कस्ले ग-यो आउट (हेर्नुहोस् फेसबुकमा)

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौँ। १ सय ५०  दिन मनाउन सफल नेपाली चलचित्र छक्कापञ्जा आजदेखी फेसबुक र यूट्युवमा सार्वजनिक भएको छ । ११ घण्टाअघि सार्वजनिक भएको छक्कापञ्जा झण्डै २ लाखले फेसबुकमार्फत हेरिसकेका छन । निमार्ताले आफै सार्वजनिक गरेका हुन वा अरु कसैले चोरेर फेसबुकमा राख्यो यसबारे भने खूल्न सकेको छैन । यसबिषयमा बुझन छक्कापञ्जाका निर्माता दिपकराज गिरीलाई फोन गर्दा उनको फोन संपर्क हुन सकेन । चलचित्र छक्कापञ्जा  फेसबुकमा : https://www.facebook.com/arjun.sanu.9/videos/1153231411459300/?__mref=message_bubble

Read More

उर्जामन्त्रीमाथी मञ्चमै ढुंगामुडा, भागेर ज्यान जोगियो (भिडियोसहित)

उर्जामन्त्रीमाथी मञ्चमै ढुंगामुडा, भागेर ज्यान जोगियो (भिडियोसहित)

टिभी अन्नपूर्ण २८ पुस, अर्घाखाँची। लोडसेडिङ हटाएर वाहीवाही पाएका उर्जामन्त्री जनार्दन शर्मामाथी अर्घाखाँचीमा ढुंगामुडा भएको छ । सन्धीखर्कमा विहीबार आयोजित अर्घाखाँची महोत्सवमा उपस्थित दर्शकले मन्त्री जनार्दन शर्मामाथी ढुंगा प्रहार गरेका हुन । कार्यक्रमको प्रमुख अतिथिका रुपमा पुगेका ऊर्जामन्त्री शर्मा भन्दा पहिले सम्बोधन गरिरहेका माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश विभाजन हुँदैमा असर नपर्ने भनेपछि स्थानीयबासीले मञ्चमा ढुंगामुढा सुरु गरेका थिए । ढुंगामुढा हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ भने महोत्सव उदघाटन कार्यक्रम वीचैमा स्थगित भएको छ । उदघाटन समारोह भइरहेको माञ्चमै ढुंगा बर्सिएपछि ऊर्जामन्त्री जनार्दन शर्मा सम्बोधन नै…

Read More

प्रेस काउन्सिलहरुबीचको सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड

प्रेस काउन्सिलहरुबीचको सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौँ। भौगोलिक, सांस्कृतिक र धार्मिकलगायत विभिन्न कारणले निकट नेपाल, भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रेस काउन्सिल संस्थाहरुबीचको सम्बन्धलाई अझै बहुआयामिक र सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित अनुभव आदानप्रदान कार्यक्रममा वक्ताले सम्बन्धलाई अझ सुमधुर बनाउन सकेको खण्डमा ती देशका देशका जनता लाभान्वित हुने बताएका छन् । काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले चारै देशका प्रेस काउन्सिलबीच सहयोग, सहकार्य र अनुभव आदानप्रदानलाई अझै बलियो बनाउनुपर्ने बताए । भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमारप्रसाद र बङ्गलादेश प्रेस काउन्सिलका अध्यक्ष ममताज उद्दिन अहमदले…

Read More