आईतबारदेखी एनआइसि एशिया बैंकको आस्वा सेवा

आईतबारदेखी एनआइसि एशिया बैंकको आस्वा सेवा

काठमाडौं । एनआइसि एशिया बैंक लिमिटेडले आइतबारदेखि आस्वा सेवा शुरु गरेको छ । २०७३ माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरु बाट आस्वा सेवा मार्फत शेयर आवेदन लिने गरेकोमा बैंकको २०औं वार्षिकोत्सवको समय पारेर आफ्नो ग्राहकका लागि सो सेवा शुरु गरेको हो । यस बैंकको मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवाप्रयोग गरि विनाकुनै शुल्क सहज रुपमा बैंकमानै उपस्थित नभईकन अनलाइन आस्वा सेवा मार्फत आइपिओ र एफपीओ मा आवेदन दिन सकिनेछ । साथै बैंकले संचालन मा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाता खोली शुरुमा निशुल्क रुपमा मोबाइल…

Read More

नेपालका सय भन्दा बढी शाखा भएका बाणिज्य बैंकहरु

नेपालका सय भन्दा बढी शाखा भएका बाणिज्य बैंकहरु

राष्ट्र बैंकबाट “क” वर्गको अनुमति लिएर कारोबार गरिरहेका हाल कायम रहेका २८ बाणिज्य बैंकमध्ये तीन सरकारी र दुई बाणिज्य बैंक शाखा संख्याको आधारमा धेरै शाखा संख्या भएको बैंकभित्र परेका छन् । जसमध्ये कृषि विकास बैंकको शाखा सञ्जाल सबैभन्दा बढी २३० वटा रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले १७ एक्सटेन्सन काउन्टर, ९३ स्थानबाट शाखा रहित बैंकिङ सेवा तथा ११८ एटिएम बुथबाट आफ्नो ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ । शाखा सञ्जालमा दोस्रो ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकको १७९ वटा शाखा सञ्जाल रहेको छ । तेस्रो स्थान ओगट्न सफल प्रभु बैंकले १३४…

Read More

पहिरोमा परि मृत्यु भएका आफन्तले पाए १ लाख राहत

पहिरोमा परि मृत्यु भएका आफन्तले पाए १ लाख राहत

बिमल खड्का/काठमाडौँ । बागलुङ जिल्लाको निशीखोला गाउपालिका वडा नम्बर १ र २ मा गत साउन २० गते पहिरोका कारण ज्यान गुमाएका परीवारका सदस्यहरुले जनही १ लाख राहत पाएका छन् । पुर्ण रुपमा घर भत्किएका परीवारका सदस्यलाई १० हजारका दरले जिल्ला प्रसासन कार्यालय बाग्लुङबाट प्राप्त भएको राहत सोमबार मृतक परिवारका सदस्यलाई हस्तान्तरण गरिएको हो । निशीखोला गाउपालिका वडा नं. २ मा पहिरोका कारण मृत्यु भएका मनीमान छन्त्यालको श्रीमती नन्दकली छन्त्याल छोरी गिता छन्त्याल र बुहारी बिन्दु छन्त्यालको आफन्त सिता छन्तयाललाई प्रति सदस्य १ लाख रुपैयाका दरले ४ लाख र १० घर…

Read More

सामसुङ ग्यालेक्सी जे ७ म्याक्स नेपाली बजारमा, के छन् विशेषता ?

सामसुङ ग्यालेक्सी जे ७ म्याक्स नेपाली बजारमा, के छन् विशेषता ?

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले सामसुङ ग्यालेक्सी जे७ म्याक्स मोबाइल नेपाली बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्टफोन सामसुङ ग्यालेक्सी जे सिरिजअन्तर्गत थप विशेषतासहतिको जे ७ म्याक्स बजारमा ल्याएको सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले बताए । यसमा फिङ्गर प्रिण्ट सेन्सर र फेस रिकग्निशन, चार जीबी र्याम तथा ३२ जीबी आन्तरिक मेमोरीलगायत विशेषता रहेका छन् । क्यामरा  जे ७ म्याक्समा फ्याससहितको १३ मेगापिक्सल क्षमताको फ्रण्ट क्यामरा रहेको छ, जसमा एफ १.९ को लेन्स लगाइएको छ । यसमा १३ मेगापिक्सलकै प्रमुख क्यामरा रहेको छ, जसमा एफ १.७ को लेन्स प्रयोग गरिएको छ ।…

Read More

मेयर ‘साप’को मोनोरेल खाल्डाखुल्डीको विकल्प !

मेयर ‘साप’को मोनोरेल खाल्डाखुल्डीको विकल्प !

   काठमाडौंका लागि सबैभन्दा राम्रो यातायात त मोनोरेल नै रहेछ भन्ने कुरा अहिले आएर प्रमाणित भयो। किनभने काठमाडौंको सडक पूरै खाल्डाखुल्डीले भरिएको छ। अब यस्तो खाल्डोबाट बच्न मोनोरेलभन्दा राम्रो उपाय अरू के हुन सक्ला र ? फेरि काठमाडौंको यो खाल्डो कति खतरनाक हुँदो रहेछ भने अस्ति पानीले भरिएको खाल्डोमा खसेर एक बालिकाको मृत्यु समेत भयो। यस्तो खाल्डो त काठमाडौंमा कति छ कति। साँच्चै भनुँ भने काठमाडौंको सडकमा पिचभन्दा खाल्डो नै बढी हुनुपर्छ। त्यसमाथि अहिले काठमाडौंमा सडक विस्तार भइरहेको छ। त्यो सडक विस्तार भनिए पनि खासमा त खाल्डोकै विस्तार हो। किनभने…

Read More

जंगली हात्ती नियन्त्रण गर्न ज्ञापनपत्र

जंगली हात्ती नियन्त्रण गर्न ज्ञापनपत्र

भद्रपुर । नेपाली काँग्रेस ३ नं क्षेत्रीय समिति झापाले आज यस क्षेत्रमा जंगली हात्ती नियन्त्रण गर्न आवश्यक कार्ययोजनाको माग गर्दै नेता कृष्णप्रसाद सिटौलामार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएको छ । ज्ञापनपत्रसहित करिब तीन हजार पीडित जनताको हस्ताक्षर पनि पठाइएको छ । क्षेत्रीय सभापति गणेशप्रसाद पोखरेल र सचिव गीताप्रसाद भट्टराईले हस्ताक्षर गरी पठाइएको ज्ञापनपत्रमा ‘जलथल जंगलमा आश्रय लिई बसेका जंगली हात्तीको समूहले यस क्षेत्र र यसका साबिकका छिमेकी गाविस चन्द्रगढी, भद्रपुर, महेशपुर, पृथ्वीनगर, बनियानी, बालुवाडी, पथरिया, केचना, चकचकी, राजगढ, हल्दीबारी, जलथल, गोलधाप र बारदशीलगायतमा जंगली हात्तीको प्रकोप नियन्त्रण गर्न विशेष कार्ययोजनासहित काम गरियोस्’ भन्ने…

Read More

दुई पसलमा सिलबन्दीःअस्पतालको चमेनागृहमा अखाद्य सामग्री

दुई पसलमा सिलबन्दीःअस्पतालको चमेनागृहमा अखाद्य सामग्री

काठमाडौँ । अनुगमनका क्रममा आज नियम विपरीत सञ्चालन हुँदै आएका दुई पसलमा सिलबन्दी गरिएको छ । आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि सुरु गरेको विशेष बजार अनुगमनका क्रममा अखण्ड मेडिकल सेन्टर, बत्तीसपुतलीले स्वीकृतिपत्र नवीकरण नगरेको, प्रयोगशाला परीक्षण प्रतिवेदन र सम्बन्धित व्यक्तिलाई दिइएको प्रतिवेदन फरक फरक पाइएकाले सिलबन्दी गरी सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ । त्यसैगरी निर्माण सामग्रीतर्फ बनस्थलीमा रहेको संस्कार ट्रेडिङमा रहेको ३०१ बोरा सिमेन्टको तौल परीक्षण गर्दा ६९ बोरामा अनियमितता देखिएकाले सिलबन्दी गरी तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको विभागमा निर्देशक लक्ष्मण श्रेष्ठले…

Read More

‘प्रदेश तथा केन्द्रको निर्वाचन एक साथ गर्नु उपयुक्त’

‘प्रदेश तथा केन्द्रको निर्वाचन एक साथ गर्नु उपयुक्त’

बुटवल । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रदेश तथा केन्द्रको निर्वाचन एक साथ गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन । प्रदेश नं ५ को सचिवालय बैठकका लागि यहाँ आएका पुनले आज सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन आयोगलाई मुख्य तीन दलले एक साथ निर्वाचन गर्न अनुरोध गरेको र आयोग पनि यसमा सकरात्मक रहेको बताए । उनले संवैधानिक व्यवस्थाका कारण निर्धारित समयमै दुवै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसका लागि दुवै निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने बताउँदै भने “यसबाट साधन र स्रोतको समेत बचत हुनेछ ।”

Read More

राप्रपाद्धारा पार्टी फुटाउन सक्रिय १९ नेतामाथी कारबाही

राप्रपाद्धारा पार्टी फुटाउन सक्रिय १९ नेतामाथी कारबाही

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सो पार्टी विभाजनमा भूमिका निर्वाह गरेका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १९ जनालाई कारबाही गरेको छ । सोमबार राजधानीमा आयोजित केन्द्रीय समितिको बैठकले दीपक बोहरा, सुनीलबहादुर थापा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, प्रवीण चाम्लिङ, किरण गिरी, वृन्दा गिरी, सगुनसुन्दर लावती, रेशमबहादुर लामा, पदमबहादुर बस्नेत, राजेन्द्रप्रसाद श्रेष्ठ, विष्णुविक्रम थापा, गिरिधर परियार, विन्दु पहाडी, दीपककुमार राई, प्रदीपकुमार राई, बिराजबहादुर विष्ट, बबिना मोक्तान लावती र राज्यलक्ष्मी श्रेष्ठलाई कारबाही गरेको हो । उनीहरुलाई आगामी ६ वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ । पार्टी अध्यक्ष कमल थापाको…

Read More

दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर

दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर

बाँके । पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुले दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्न बढीभन्दा बढी मेहनत गर्नुपर्ने बताउनुभएको छ । ‘व्यावसायिक पशुपालनमा उत्पादन वृद्धि, पारिवारिक पोषण, रोजगारी र समृद्धि’ नाराका साथ क्षेत्रीय पशु सेवा निर्देशनालय मध्यपश्चिम सुर्खेतको आयोजनामा आजदेखि नेपालगन्जमा सुरु भएको आव २०७३/७४ को तेस्रो चौमासिक तथा वार्षिकक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले पूर्वाञ्चल दूधमा आत्मनिर्भर भइसकेको र मासुमा पनि आत्मनिर्भर हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो । “मध्यपश्चिम क्षेत्रमा पनि मासुमा प्रगति हुने क्रम अगाडि बढे पनि दूध र अण्डामा अझै बढी प्रगति…

Read More