गत वर्ष दुर्घटनामा सबै खेलाडी गुमाएको च्यापाकोएन्सेसँग बार्सिलोना भिड्दै

गत वर्ष दुर्घटनामा सबै खेलाडी गुमाएको च्यापाकोएन्सेसँग बार्सिलोना भिड्दै

काठमाडौं । गत वर्ष कोलम्बिया भ्रमणको क्रममा हवाइजहाज दुर्घटनामा सबै खेलाडी गुमाएको ब्राजिलको फुटबल क्लब च्यापाकोएन्से र स्पेनी पावरहाउस बार्सिलोनाबिच आज मैत्रिपुर्ण खेल हुने भएको छ ।खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हरनेछ । जोन घ्याम्पर ट्रफी अन्तर्गत यी दुई क्लब भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार राती १२ः१५ बजे सुरु हुनेछ ।  

Read More

केएमसीको औषधालयमा सिलबन्दी

केएमसीको औषधालयमा सिलबन्दी

काठमाडौँ । औषधि व्यवस्था विभागले काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलको औषधालयमा सिलबन्दी गरेको छ । उपचारका लागि कलेजमा भर्ना गरिएका झापाका चारवर्षे आरुष सुवेदीलाई म्याद सकिएको सुई दिएको पाइएपछि आज औषधालय बन्द गरिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । कम्मरमा पीप जमेकाले उपचारका लागि साउन १५ गते सुवेदीलाई अस्पतालमा भर्ना गरिएको थियो । “चिकित्सकले सुवेदीलाई पासिम नामक एन्टिबायोटिक २५० एएमजी र ५०० एमजीको भाइल मिलाएर दिन सिफारिस गरिएकामा म्याद सकिएको २५० एमजिको सुई दिइएको पाइएको छ” महानिर्देशक ढकालले भन्नुभयो– “हामीले प्रारम्भिक जाँचमा बाँकी दुई वटा भाइल म्याद सकिएको पायौँ…

Read More

इजरायलले अलजजिरा नेटवर्क चल्न नदिने

इजरायलले अलजजिरा नेटवर्क चल्न नदिने

काठमाडौं । इजरायलले कतारको चर्चित सञ्चार संस्था अलजजिरा नेटवर्क बन्द गर्ने घोषणा गरेको छ । इजरायलले उक्त नेटवर्कले आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै बन्द गर्ने घोषणा गरेको हो । यसअघि जोर्डन र साउदी अरेवियाले समेत आफ्ना देशमा रहेको अलजजिरा नेटवर्क बन्द गर्ने घोषणा गरेका थिए । इजरायलका सञ्चारमन्त्री अयुब काराले यसले विश्वमा आतंकवाद फैलाएका कारण अलजजिराको अरबी र अंग्रेजी दुवै माध्यम प्रसारणमा बन्देज लगाइएको हो । सर्वप्रथम कतारले अलजजिरा नेटवर्कको सुरुवात १९९६ मा गरेको थियो।

Read More

लक्ष्मी बैंकको खुद नाफा १ गुणाले बढेर १ अर्ब २४ लाख ७७ हजार पुग्यो

लक्ष्मी बैंकको खुद नाफा १ गुणाले बढेर १ अर्ब २४ लाख ७७ हजार पुग्यो

काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ को चौथो त्रैमासमा लक्ष्मी बैंक लिमिटेडको नाफा १ गुणाले बढेको छ । बैंकले २ गुणाले चुक्तापुँजी बढाएर ७ अर्ब ४७ करोड पुर्याएपछि रु १ अर्ब २४ लाख ७७ हजार नाफा कमाएको हो । चौंथो त्रैमासमा बैङ्कले रू. ४ करोड ९० लाख ८४ हजार खराब कर्जा सङ्कलन गर्दा रू. १ अर्ब ६५ करोड खुद व्याज आम्दानी गरेको जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षको चौथो त्रैमासिकमा जगेडा कोष १६ प्रतिशतले घटेर रू. २ अर्ब १८ करोड २७ लाख ५९ हजारमा सिमित भएको छ ।…

Read More

मालपोत अधिकृत घुस लिएको आरोपमा अख्तियारको फन्दामा

मालपोत अधिकृत घुस लिएको आरोपमा अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक जग्गा अन्य व्यक्तिका नाममा नामसारी गरिदिने बाहानामा एक सेवाग्राहीसँग घुस लिँदालिँदै मालपोत अधिकृत श्रेष्ठ, नायब सुब्बा राजकुमार घिमिरे र खरिदार दुर्गाप्रसाद पोखरेललाई रु पचास हजार घुस लिँदालिँदै कौशलटारको एक रेस्टुराँबाट आयोगले पक्राउ गरेका थिए । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार कार्यालय समयभन्दा बाहिर सरकारी कागजात बोकेर हिँडेको अभियोगमा नायब सुब्बा दिनेश रेग्मीसँग पनि रु ५० हजार असुलउपर गर्न माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो…

Read More

अमेरिकामाथी मात्र आणविक हतियार प्रयोग गछौंः उत्तर कोरिया

अमेरिकामाथी मात्र आणविक हतियार प्रयोग गछौंः उत्तर कोरिया

काठमाडौं । उत्तर कोरियाले आणविक हतियार अमेरिकामाथी मात्र प्रयोग गर्ने बताएको छ । दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन फिलिपिन्स रहेका उत्तर कोरियाली विदेशमन्त्री रि होङ योले सोमबार उत्तर कोरिया एउटा ‘जिम्मेवार आणविक र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीविएम)’ ले सुसज्जित मुलुक भएको दावी गरे । “अमेरिकासँग कुनै मुलुकले उत्तर कोरिया विरुद्ध मिलेर हतियार नचलाउँदासम्म आफ्नो आणविक हतियार अमेरिकाबाहेक अन्य मुलुक विरुद्ध प्रयोग गर्ने हाम्रो मनसाय छैन,” रि ले क्षेत्रीय भेलास्थल फिलिपिन्सबाटै एक विज्ञप्ति जारी गरी बताए । अमेरिकाले कोरियाली प्रायद्धीपको विवादलाई संयुक्त राष्ट्रसङघको ‘दुरुपयोग’ गरी उत्तर कोरियाली आणविक हतियार…

Read More

वीरगन्ज महानगर प्रमुखमा एमालेले बसरुद्धिन अन्सारीलाई उठायो

वीरगन्ज महानगर प्रमुखमा एमालेले बसरुद्धिन अन्सारीलाई उठायो

वीरगन्ज । नेकपा एमालेले असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदरवारको नाम सार्वजनिक गरेको छ । प्रमुखमा बसरुद्धिन अन्सारी र उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक गरेको हो । अन्सारी भर्खरै नेकपा एमालेमा प्रवेश गरेका हुन र उनी वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन साथै सोफिया आचार्य भने एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यका पत्नी हुन् । एमाले महासचिव ईश्वर पोखरेलको उपस्थितिमा भएको नेकपा एमाले प्रदेश नं २ का बैठकले अन्सारी र आचार्यलाई क्रमशः वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको घोषणा गरेको…

Read More

प्रधानमन्त्री देउवा भदौ ७ गते भारत उड्ने

प्रधानमन्त्री देउवा भदौ ७ गते भारत उड्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् । मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको जानकारी दिए । प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय चिनियाँ प्रतिनिधमण्डलको नेपाल भ्रमण हुने र सो भ्रमण नेपालको भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुने उनको भनाइ थियो । उपप्रधानमन्त्री महराका अनुसार यही साउन २६ गतेदेखि नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य मुलुकको मन्त्रिस्तरीय सम्मेलन हुने छ । त्यसको आवश्यक तयारी…

Read More

प्रदेशसभा चुनावको मिति तोक्न सरकारलाई आयोगको आग्रह

प्रदेशसभा चुनावको मिति तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले केन्द्र र प्रदेशसभाको निर्वाचनको मिति छिटो घघोषणा गर्न सरकारलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले सरकारलाई अब विद्युतीय मतदान प्रणाली लागू गर्न पनि सुझाव दिएको बताउनुभयो । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा यादवले भदौ १ भित्रै नयाँ निर्वाचनको मिति घोषणा गर्न सुझाव दिनुभएको हो ।  

Read More

दार्चुला जिससमा कांग्रेस–माओवादी गठबन्धन निर्विरोध निर्वाचित

दार्चुला जिससमा कांग्रेस–माओवादी गठबन्धन निर्विरोध निर्वाचित

दार्चुला । जिल्ला समन्वय समिति दार्चुला प्रमुखमा नेपाली काग्रेस र नेकपा माओबादी गठबन्धनका करबिर सिह कार्की निर्विरोध निर्वाचित भएका छन् । समन्वय समितिको प्रमुखसहित ५ जना काग्रेसका र उपप्रमुखसहित ४ जना नेकपा माओबादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन् । समन्वय समितिको उपप्रमुखमा नेकपा माओबादी केन्द्रका कृष्ण सिह धामीले मनोनयन दर्ता गरेका छन् । यस्तै महिला सदस्यमा नेकपा माओबादी केन्द्रका तर्फबाट पार्वति सिंह र कांग्रेसका तर्फबाट भबि देबी मौर र दमयन्ती लोथ्याल रहेका छन् । दलीत वा अल्पसंख्यक सदस्यमा नेपाली कागे्रसको तर्फबाट उम्मेदवारी दिएका सन्तोष दयाली निर्बाचित भएका छन् । यस्तै…

Read More