भिषण बर्षा, तटिय क्षेत्रका बासिन्दालाई उच्च सर्तक रहन आग्रह

भिषण बर्षा, तटिय क्षेत्रका बासिन्दालाई उच्च सर्तक रहन आग्रह

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले तराईमा अहिलेसम्मकै ठुलो बर्षाको सम्भावना रहकाे बताएकाे छ ।  यस क्षेत्रका बासिन्दालाई सर्तक हुन आव्हान समेत गरेको छ । पश्चिमको मोहना कन्काई र जलधारामा बाढिको प्रकोप देखिसकेकाले तटिय क्षेत्रका बासिन्दालाई समेत उच्च सर्तकता अपनाउनुपर्ने पनि मौसमबिदहरुले सुझाव दिएका छन । बादल फाटेर एकै मिनेटमा १ सय मिलिलिटरभन्दा बढि बर्षा हुने सम्भावाना रहेकाले यसलाई उच्च जोखिमपूर्ण अवस्थाको रुपमा आँकलन गरि राष्ट्रिय आपतकालिन केन्द्र समेत अलर्ट बसेको जानकारी छ । सम्बन्धित क्षेत्रका बासिन्दालाई सुचना प्रदान गर्ने पनि आपतकालिन सर्तकता केन्द्रले आव्हान गरेको छ । मौसमविदले जनाए अनुसार…

Read More

बिमस्टेक सार्कको विकल्प होइन: परराष्ट्रमन्त्री महरा

बिमस्टेक सार्कको विकल्प होइन: परराष्ट्रमन्त्री महरा

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संघ र प्रदेशको निर्वाचन सम्पन्न भएलगत्तै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नेपालमा आयोजना गरिने बताउनुभएको छ । दक्षिण तथा दक्षिणपूर्वी एसियाका सात मुलुक सदस्य रहेको बिमस्टेकको अध्यक्षका नाताले नेपालले आयोजना गर्नुपर्ने सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको चौथो शिखर सम्मेलन चुनावलगत्तै सदस्य राष्ट्रसँग परामर्श गरेर सम्मेलनको मिति निर्धारण गरिने उहाँले जानकारी दिनुभयो । बिमस्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक आज यहाँ सम्पन्न भएपछि पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बिमस्टेकको विकल्प नभएको स्पष्ट…

Read More

पूर्वाधार विकास बैंकको चुक्ता पूँजी रु २० अर्ब हुनुपर्ने

पूर्वाधार विकास बैंकको चुक्ता पूँजी रु २० अर्ब हुनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको इजाजतसम्बन्धी नीतिगत व्यवस्था, २०७४ आज सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (५) बमोजिमका कार्य गर्ने उद्देश्यले पूर्वाधार विकास बैंकको रुपमा सोही ऐनको दफा ३ बमोजिम पब्लिक लिमिटेड कम्पनीको संस्थापना (दर्ता) गर्ने प्रयोजनका लागि निवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । पूर्वाधार विकास बैंकका रुपमा स्थापना हुने बैंकको न्यूनतम चुक्ता पूँजी रु २० अर्ब हुनुपर्ने आज राष्ट्र बैंकले सार्वजनिक गरेको व्यवस्थामा उल्लेख छ । विदेशी बैंक वा वित्तीय संस्थाको संयुक्त लगानी नरहने बैंकको…

Read More

शर्मा थुनामुक्त: शर्माउपर गरिएको अनुसन्धान क्षेत्राधिकार भित्रको हो होइन ?

शर्मा थुनामुक्त: शर्माउपर गरिएको अनुसन्धान क्षेत्राधिकार भित्रको हो होइन ?

काठमाडौँ ।  आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा साधारण तारेखमा थुनामुक्ता भएका छन् । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा लामो समयको सुनुवाइपछि आज सर्वोच्च अदालतले शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्ने आदेश दिएको हो । आदेशमा भनिएको छ, “कानून र आधारबाट शर्मालाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिएको छ, निजलाई आजै थुनामुक्त गरिदिनु भनी प्रहरी कार्यालयमा लेखी पठाइदिनु ।” बन्दी प्रत्यक्षीकरणसम्बन्धी आदेशमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले सो आयोगको ऐनको व्यवस्था मर्म र मनसायअनुरुप धरौटी माग गरिएको देखिन आएन…

Read More

उत्तर कोरियासँगको विकल्प ‘सैनिक समाधान’: ट्रम्प

उत्तर कोरियासँगको विकल्प ‘सैनिक समाधान’: ट्रम्प

अमेरिका । उत्तर कोरियासँगको विकल्प ‘तयारी अवस्थामा वन्द’ रहेको हतियार भएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । ट्रम्पले उत्तर कोरियाको हतियार दम्भप्रति इङगित गर्दै र उत्तर कोरिया बुद्धिमान् भएर प्रस्तुत नभए यसको समाधान ठाउँमा पूर्णतया ‘बन्द तर तयारी’ अवस्थामा रहेको बताउनुहुदै नेता किम जोङ उनले युद्धको नभै अर्को बाटो लिने विश्वास आफ्नो ट्वीट सन्देशमा जनाउनुभएको छ । अमेरिकी राष्ट्रपतिको उत्तर कोरियाली आणविक तथा ब्यालेष्टिक क्षेप्यास्त्र कार्यक्रमका बिषयमा व्यक्त लडाईका शब्द र उत्तर कोरियाद्वारा निरन्तर गर्दै आएका हतियार परीक्षण दुवै काम गलत भएका भन्दै बेइजिङले रिसमा दिइएका अभिव्यक्तिलाई शान्त…

Read More

दश किलो चरेशसहित पक्राउ

दश किलो चरेशसहित पक्राउ

भीमदत्तनगर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) को टोलीले दश किलो लागुऔषध चरेशसहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ । फलुबारी नगरपालिका–१८ ई गाउँ घर भएका अभियुक्त बोहरालाई घरछेउबाट ब्युरोको टोलीले चरेशसहित नियन्त्रणमा लिएको ब्युरोका प्रमुख प्रहरी नायब निरीक्षक लोकराज भट्टले जानकारी दिनुभयो । ब्युरोले अभियुक्त बोहराले बझाङबाट चरेश आयात गरी भारत निर्यात गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

Read More

बिल गेट्सले तान्जानियालाई सहयोग गर्ने

बिल गेट्सले तान्जानियालाई सहयोग गर्ने

दारेसलाम । विल र मेलिण्डा गेट्स प्रतिष्ठानले तान्जानियाको कृषि,स्वास्थ्य तथा कोष विकास आयोजनाका लागि पैँतीस करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । तान्जानियाको राष्ट्रपतिको कार्यालय अन्तर्गत सञ्चार निर्देशनालयद्वारा बिहीबार जारी विज्ञप्तिमा माइक्रोसफ्टका सह–संस्थापक विल गेट्सले बिहीबार राष्ट्रपति जोहान मागुफुलीसँगको कुराकानीपछि उक्त सहयोगको घोषणा गर्नुभएको जनाइएको छ । विश्वका धनाड्य व्यक्तित्व विल गेट्सले आफ्नो प्रतिष्ठान (संस्था)ले पूर्वी अफ्रिकी राष्ट्रको स्वास्थ्य सुधार खासगरी गर्भवती महिलाको मृत्युदर घटाउन कार्यमा आगामी दिनमा समेत थप सहयोग गर्ने विज्ञप्तिमा प्रतिवद्धता जनाउनुभएको छ । गेट्सले आफ्नो संस्थाले गरेका गतिविधिको अवलोकन गर्न यसैहप्ता तान्जानिया आउनुभएको…

Read More

मुलुकको आर्थिक समृद्धिका लागि निर्यातलाई बढावा दिनुपर्छ: मन्त्री विश्वकर्मा

मुलुकको आर्थिक समृद्धिका लागि निर्यातलाई बढावा दिनुपर्छ: मन्त्री विश्वकर्मा

काठमाडौँ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकको आर्थिक समृद्धिका लागि निर्यात सामग्रीलाई बढाउनुपर्ने बताउनुभएको छ । नेपाल गलैँचा निकासीकर्ता संघको १२औँ साधारणसभाको यहाँ आज उद्घाटन गर्दै मन्त्री विश्वकर्माले नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा बढाए मात्र नेपालको व्यापार घाटा कम हुने बताउनुभएको हो । “मुलुकको आर्थिक समृद्धिका लागि व्यवसाय बढाउनुपर्छ, व्यवसाय बढाउन मन्त्रालय नीतिगत निर्णय गर्न तयार छ”– मन्त्री विश्वकर्माले भन्नुभयो । वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले व्यापार क्षेत्रको सहजताका लागि मन्त्रालयले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात गर्नुभन्दा निर्यातलाई बढावा दिए मात्र मुलुकको…

Read More

बाढीबाट हजार भन्दा बढी घर डुवानमा

बाढीबाट हजार भन्दा बढी घर डुवानमा

सप्तरी । अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेको छ । बाढीबाट विभिन्न गाउँका करिब चार सय परिवार विस्थापित भएको प्रहरी प्रशासनबाट थाहा भएको छ । जिल्लाको खाँडो, जिता, मोहुली बिहुल र त्रियुगालगायत नदीमा आएको बाढीका कारण जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका घर डुबानमा परेका हुन् । राजविराजको मुख्य बजार क्षेत्रमा समेत तीन फिटसम्म पानी जमेको छ । सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ३३ ओटा ढोका खोलिएको छ । टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानी पसेपछि…

Read More

‘सङ्कटको कारक कतारी जनता होइन सरकार’

‘सङ्कटको कारक कतारी जनता होइन सरकार’

दुवई । संयुक्त अरब इमिरेट्स (युएई)का विदेश मामिला मन्त्री एन्वार गार्गासले कतार सङ्कट कतारका जनताको कारणले नभई कतार सरकारको गलत भूमिकाका कारणले उत्पन्न भएको बताउनुभएको छ । विदेश मन्त्री गार्गासले कतारको कुटनीतिक दरारका बारेमा ट्विटरमा “पश्चातापपूर्ण तर सुधार्न सकिने” लेख्नु भएको छ । उहाँले थप्नु भएको छ, “राजनीतिक सङ्कट राजनीतिकज्ञहरुले नै समाधान गर्नु पर्दछ ।” दुवई, २७ साउन । संयुक्त अरब इमिरेट्स (युएई)का विदेश मामिला मन्त्री एन्वार गार्गासले कतार सङ्कट कतारका जनताको कारणले नभई कतार सरकारको गलत भूमिकाका कारणले उत्पन्न भएको बताउनुभएको छ । विदेश मन्त्री गार्गासले कतारको कुटनीतिक दरारका…

Read More