प्रधानमन्त्री तथा शीर्षनेताद्वारा डा केसीलाई अनशन तोड्न आग्रह

प्रधानमन्त्री तथा शीर्षनेताद्वारा डा केसीलाई अनशन तोड्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । शुक्रबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवाले डा केसीको अनशनको विषयमा विशेष चासो दिँदै डाकेको बैठकले केसीलाई अनशन तोड्न आग्रह गरेको हो । बैठकमा तीन दलका शीर्ष नेतासहित शिक्षा र स्वास्थ्यमन्त्री, सरकारले गठन गरेको वार्ता समिति, विधेयक छलफल भइरहेको संसद्को महिला, बालबालिका तथा समाज कल्याण एवं ज्येष्ठ नागरिक समितिका सभापति र सदस्यसहित केही विज्ञ सहभागी बैठकले केसीलाई तत्काल अनशन तोड्न…

Read More

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सक्रियता चाहियो: सञ्चार मन्त्री

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सक्रियता चाहियो: सञ्चार मन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, उपत्यका समन्वय समितिले यहाँ आज आयोजना गरेको प्रेस युनियन उपत्यकास्तरीय भेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक लागू गराउन सबै सञ्चार माध्यमले तदारुकता देखाउनुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक लागू गराउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवाला पत्रकार तथा पत्रकारका संघ, संगठन र सञ्चारगृहको अग्रसरता चाहिने बताउनुभयो । पत्रकार धर्मेन्द्र झाले सरोकारवाला निकायको चासो नभएका कारण न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन नसकेको बताउनुभयो । युनियनले आगामी नेपाल पत्रकार महासंघको महाधिवेशनलाई लक्षित गर्दै…

Read More

धनुषा र महोत्तरी जोड्ने रातोपुल पुनः भासियो

धनुषा र महोत्तरी जोड्ने रातोपुल पुनः भासियो

महेन्द्रनगर । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ । तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो पुल रहेको छ । पुल भासिएपछि पुलमा भारी सवारी निषेध गरिएको छ । हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक सालिकराम शर्माका अनुसार आइतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्नेछ । खोलामा पानीको बहाब…

Read More

कमला नदीको बाढीबाट दर्जनभन्दा बढी गाउँ डुबानमा

कमला नदीको बाढीबाट दर्जनभन्दा बढी गाउँ डुबानमा

महेन्द्रनगर । समस्त धनुषा जिल्लाको जनजीवन तीन–चार दिनदेखिको भारी वर्षाले अस्तव्यस्त तथा कष्टकर बनेको छ । सहरी क्षेत्रमा पानीको निकासको लागि व्यवस्थित नाला र गाउँघरमा कुलो नभएपछि सहर, गाउँ, हाटबजार तथा विभिन्न विद्यालय जलमग्न भएका छन् । अविरल वर्षाले विद्यार्थी विद्यालय जान पाएका छैनन् । गाउँका कच्ची सडक तहसनहस भएपछि सवारी आवागमन ठप्प भएको जनकपुर अञ्चल बस व्यवसायी संघले जनाएको छ । सदरमुकामबाट गाउँमा ओहोरदोहोर गर्ने बसहरु चलेका छैनन् । बजार र सहरमा किनमेल गर्ने तथा अन्य कामले आउने मानिसको आवागमन निकै कम भएको छ । सरकारी कार्यालयमा सेवाग्राही घटेका…

Read More

चर्च ब्वाइज क्लव पाथीभराको फाइनलमा

चर्च ब्वाइज क्लव पाथीभराको फाइनलमा

ताप्लेजुङ । चर्च ब्वाइज क्लव, काठमाडौं ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम नवप्रयास युवा क्लब ताप्लेजुङलाई १–० गोल अन्तरले पराजित गर्दै क्लव फाइनल प्रवेश गरेको हो । खेलको नवौँ मिनेटमा चर्च ब्वाइजका राजकुमार पौडेलले गरेको गोल नै फाइनल यात्राका लागि पर्याप्त बन्यो । चर्च ब्वाइजले सोमबार हुने उपाधी भिडन्तमा आइतबारको दोस्रो सेमिफाइलन विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाईजले यसअघि पहिलो चरणको खेलमा राष्ट्रिय जागृती क्लव, इटहरीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यता पथरी स्पोर्टिङ…

Read More

आइतबार पनि भारी वर्षा: सोमबारबाट मौसम सुधार

आइतबार पनि भारी वर्षा: सोमबारबाट मौसम सुधार

काठमाडौँ । मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ । आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको…

Read More

राप्रपा विभाजनबारे आयोगले भोलि टुंगो लगाउने

राप्रपा विभाजनबारे आयोगले भोलि टुंगो लगाउने

काठमाडौँ |  राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनबारे निर्वाचन आयोगले भोलि आइतबार अन्तिम टुंगो लगाउने भएको छ । राप्रपाका असन्तुष्ट पक्ष पशुपतिशमशेर राणा समूहले ४० प्रतिशत पुगेको दाबी गर्दै दल दर्ताका लागि यही साउन २२ गते आयोगमा निवेदन दिएको थियो । उक्त निवेदनउपर सनाखतका लागि आयोगले भोलि छलफलमा बोलाएकाले दल विभाजनको टुंगो भोलि नै लाग्ने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार राप्रपालाई १५६ जनाको कार्यसमिति रहेको सनाखत आयोगले गरेको छ । यी सदस्यमध्येबाट राणा समूहले ४० प्रतिशत पुगेको भनी राप्रपा (प्रजातान्त्रिक) दल बनाउन निवेदन दिएको छ । निर्वाचन आयोगको…

Read More

कञ्चनपुर घटनाको अनुसन्धानका लागी प्रहरीले कुकुर प्रयोग गर्ने

कञ्चनपुर घटनाको अनुसन्धानका लागी प्रहरीले कुकुर प्रयोग गर्ने

कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा शनिबार बिहान भएको डम्बर जाग्री हत्याकाण्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुकुरको प्रयोग गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्दले घटना बिभत्स तरिकाले घटेको उल्लेख गर्दै प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्याम्पसको क्यान्टिनका कारिगरसहित ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । तर उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उक्त घटनाको थप अनुसन्धानका लागि नेपालगञ्ज स्थित नेपाल प्रहरीको क्षेत्रीय कुकुर शाखाबाट कुकुर मगाएको एसपि चन्दले बताउनु भयो । घटनाको विरोधमा विभिन्न राजनीतिक…

Read More

बाढी पहिरोले देशभरको जनजिवन कष्टकर, ५० हजार घर डुवानमा

बाढी पहिरोले देशभरको जनजिवन कष्टकर, ५० हजार घर डुवानमा

काठमाडाैँ । निरन्तरको वर्षपछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ । तराईका अधिकांश जिल्लामा सडक बगाउँदा यातायात अवरुद्ध भएको छ भने खानेपानी, बिजुली, टेलिफोन सेवाहरु अवरुद्ध भएका छन् । पहाड विभिन्न क्षेत्रमा बाढी तथा पहिरोले स्थानीयमा त्रास फैलिएको छ । बाढीका कारण पुर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, धनुषा, बारा, नवलपरासी, दाङ लगायत जिल्लाका हजारौं घर डुबानमा परेका छन् । सप्तरीमा १५ हजार घर डुबानमा परेका छन् । एक हजार परिवार बिस्थापित भएका छन् । खाँडो, कोसी, जिता, महुली, बलान, खडग, सुन्दरी, भलुवाही, त्रियुगा…

Read More

अनसन तोड्न डा केसीलाई मन्त्री पोखरेलको आग्रह

अनसन तोड्न डा केसीलाई मन्त्री पोखरेलको आग्रह

काठमाडौं  । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनसन तोड्न आग्रह गरेका छन् । सरकार बाढी पहिरो पीडितको उद्धारमा केन्द्रित हुनुपर्ने अवस्था सिर्जना भएकाले अहिलेको संवेदनशीलतालाई ध्यानमा राख्दै अनसन तोड्न आग्रह गरेका हुन् । मन्त्री पोखरेलले आज एक विज्ञप्ति जारी गरी डा. केसीले माग गरेबमोजिम चिकित्सा शिक्षा विधेयक समितिबाट पारित भइसकेको र व्यवस्थापिका–संसदमा पेस हुने क्रममा रहेकाले यस प्राकृतिक विपदमा अनसन तोडी अन्य चिकित्सकलाई पनि नियमित काममा फर्कन आग्रह गरेका हुन् । डा. केसीको अनसनलाई समर्थन गर्दै देशभरका सरकारी तथा निजी अस्पतालका चिकित्सक अन्दोलनमा रहेकाले पीडितको उपचारमा बाधा…

Read More