तत्काल उद्धार गरी राहत दिन प्रधानमन्त्रीको निर्देशन

तत्काल उद्धार गरी राहत दिन प्रधानमन्त्रीको निर्देशन

सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल सुरक्षि स्थानमा स्थानान्तरण गरी राहत उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जन बढीको ज्यान गएको छ । प्रधानमन्त्री देउवाले शनिबार बिहानै बाढीपहिरोबाट प्रभावित जिल्लाका प्रजिअलाई सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकको उद्धार, राहत, सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको उपचार व्यवस्था मिलाउने कार्य तत्काल थाल्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिँदै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै सबै सुरक्ष…

Read More

राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन

राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ । सरकारले बाढी पहिरोको घटनामा परेकाको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । शुक्रबारदेखिको निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री, रक्षामन्त्री, चारवटै सुरक्षा निकायका प्रमुखसहितको आपत्कालीन बैठकले राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालन गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री देउवाले राहत तथा उद्धारमा कुनै कसर बाँकी नराख्न मन्त्री र सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री जनार्दन शर्माले हालसम्मको क्षति र उद्धारका कार्यबारे आफूले प्रधानमन्त्रीलाई अवगत गराएको बताउनुभयो । घटनामा हालसम्म…

Read More

अवैध नौ किलो सुनसहित दुई पक्राउ

अवैध नौ किलो सुनसहित दुई पक्राउ

नुवाकोट। अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको नौ किलो सुनसहित दुई जनालाई आज नुवाकोट प्रहरीले पक्राउ गरेको छ । चीनको केरुङबाट राजश्व छली मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो । सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नंको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा छ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…

Read More

उत्तर कोरियाले सङ्कट उब्जाएको भन्दै उसैले समाधान खोज्नुपर्ने बेलायतको भनाई

उत्तर कोरियाले सङ्कट उब्जाएको भन्दै उसैले समाधान खोज्नुपर्ने बेलायतको भनाई

लण्डन (बेलायत) । बेलायतले अहिलेको सङ्कट उत्तर कोरिया जिम्मेवार रूपमा प्रस्तुत नभएका कारण आएको जनाउदै लण्डनले प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक रूपमा समाधान चाहेको बताएको छ । बेलायती विदेशमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै भन्नुभएको छ, “उत्तर कोरियाली सत्तामा रहेका व्यक्ति अहिलेको समस्याको कारक हुन् र उनीहरूले नै यसको समाधान गर्नुपर्छ ।” अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा भएका उत्तेजित गतिविधि रोक्ने कुराको प्रत्याभूत गराउन काँधमा काँध मिलाएर अघि बढ्ने उहाँले बताउनुभयो । हामी संयुक्त राज्य अमेरिका र यस क्षेत्रका हाम्रा साभेदार राष्ट्रसँग सङ्कटको कुटनैतिक समाधानमार्फत् अन्त्य गर्न हामीहरू लागिपरेका छौँ ।…

Read More

प्रचण्डले आकस्मिक बाबुरामलाई किन भेटे ?

प्रचण्डले आकस्मिक बाबुरामलाई किन भेटे ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेटबार्ता भएको छ । अप्रेसनपछि आराम गरेर बस्नुभएका नेता भट्टराईलाई भेट्न अध्यक्ष प्रचण्ड शनिबार दिउँसो टोखास्थित भट्टराईले आराम गरेको निवासमा पुग्नुभएको थियो । २ घण्टा लामो छलफलमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले देशको जटिल राजनीतिक परिस्थितिलाई…

Read More

राजपासँगको सहमतिले मेरो मिसन सफल भएको छ, ‘प्रचण्ड’

राजपासँगको सहमतिले मेरो मिसन सफल भएको छ, ‘प्रचण्ड’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनता पार्टी (राजपा) सँग भएको सहमतिले आफ्नो मिसन र मेहेनत सफल भएको बताउनु भएको छ । शनिबार दिउँसो माओवादीका दिवङ्गत नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मधेशी दलहरुलाई चुनावमा ल्याउने आफ्नो मिसन सफल भएको बताउनु भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘एकथरि मान्छे र शक्तिहरु मधेश र पहाडका बीच द्धन्द्ध बढाउने, भीडन्त गराउने र त्यसको राजनीतिक फाइदा लिने षड्यन्त्रमा थिए । मधेशी दललाई चुनावभन्दा बाहिरै राखेर परिस्थितिलाई…

Read More

रौतहट पुरै जलमग्न, बकैया नदीनै गाउँ पस्दा सयौँ घर डुवानमा

रौतहट पुरै जलमग्न, बकैया नदीनै गाउँ पस्दा सयौँ घर डुवानमा

गौर (रौतहट) ।  तीन दिनदेखि अविरल वर्षाबाट रौतहटको बकैया नदीमा आएको बाढी गाउँ पसेपछि सयौँ घरका बासिन्दा विस्थापित भएका छन् । देवाही गुनाही गाउँपालिकाअन्तर्गत रहेको साविक देवाही गाविस–८ र ९ का टोलमा बकैया नदीको तटबन्ध भत्काएर गाउँ पसेको हो । बकैया नदीले बाँध कटान गरेपछि देवाही गाविस–८ का करिब एकसय भन्दा बढी घर डुबानमा परेको स्थानीय शेख फुलबाबुले बताउनुभयो । त्यसैगरी, सोही नदीले करुनिया गाविस–४ मा बाँध फुटाएर बाढी गाउँमा पसेको छ । सो गाउँमा पनि सयभन्दा बढी घर डुबानमा परेको फुलबाबुले जानकारी दिनुभयो । उक्त ठाउँमा अहिले उद्धारका लागि…

Read More

पुल भत्किएपछि भरतपुर माडी ठोरी हुलाकी सडक अवरुद्ध

पुल भत्किएपछि भरतपुर माडी ठोरी हुलाकी सडक अवरुद्ध

चितवन । दुई दिनदेखि परेको अविरल वर्षापछि जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माडीमा बाढी आएपछि चिताइ खोलाको पुल भत्किँदा भरतपुर माडी ठोरी यातायात सम्पर्क बिच्छेद भएको छ । बाढीले माडीका १६ घर पूर्णरुपमा क्षति भएका छन् । जिल्ला विपत् व्यवस्थापन समिति चितवनले आज गरेको अनुगमनका क्रममा १६ घर पूर्णरुपमा र ३०० घर आंशिकरुपमा क्षति पुगेको पाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार बाढीका कारण माडीको मुख्य सडकका दुईवटा पुलमा क्षति पुगेको छ भने १५ वटा माछा पोखरी बगाएको छ । तीन वटा खानेपानी ट्यांकी पूर्णरुपमा क्षति हुनुका…

Read More

कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

 इटहरी । कोशी व्यारेजमा पानीको वहाब आज साँझ दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिनुभयो । दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ । पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उहाँले जानकारी दिनुभयो । यसैगरी, सुनसरी नदीमा…

Read More

पुल बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पुल बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपालगन्ज । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धैली नालाको पुल बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण आएको बाढीले सो पुल बगाउँदा अहिले सडक वारीपारी दुवैतर्पmका यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालयले भत्केको पुलको छेउबाट डाइभर्सन बनाउने तयारी गरे पनि पानीको भेलका कारण त्यो सम्भव हुन सकेको छैन । त्यसैगरी अबिरल वर्षाका कारण जिल्लाको राप्ती र डुडुवा नदीमा आएको भीषण बाढीका कारण राप्ती–सोनारी गाउँपालिकाअन्तर्गतका गाउँहरु अहिले डुबानमा परेका छन् । बाढी र डुबानका कारण सो गाँउपालिका–४ लालपुर गाउँका कमीलाल…

Read More