चिनियाँ उपप्रधानमन्त्री सोमबार नेपाल अाउँदै

चिनियाँ उपप्रधानमन्त्री सोमबार नेपाल अाउँदै

काठमाडाैँ । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ सोमबार नेपाल भ्रमणमा आउनुहुने भएको छ । सोमबार साँझ नेपाल आईपुगेपछि उहाँले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने तय भएको छ । त्यसपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । याङ पाकिस्तानबाट विशेष विमानमा उडान गरी सोमबार सिधै सोल्टी होटल जानुहुनेछ । आइतबार इश्लामावाद पुगेका चिनियाँ उपप्रधानमन्त्री वाङ सोमबार रणनीतिक साझेदार पाकिस्तानको ५० औँ स्वतन्त्रता दिवसमा सहभागी भएर नेपाल आउन लागेका हुन्। वाङले सोमबारदेखि बुधबारसम्म तीन रात बिताउने छन्। वाङका द्विपक्षीय र अन्य प्रमुख भेटवार्ता सोल्टीमै…

Read More

राष्ट्रपतिद्वारा कृष्ण जन्माष्टमीको शुभकामना

राष्ट्रपतिद्वारा कृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौँ । भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा राष्ट्रपतिले दिनु भएको शुभकामना सन्देशमा उहाँले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्याएको बताउनुभएको छ । भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् भन्दै उहाँले हामी सम्पूर्ण नेपालीले यसलाई जोगाउन…

Read More

बाढीपहिरोबाट हालसम्म ६६ जनाको मृत्यु

बाढीपहिरोबाट हालसम्म ६६ जनाको मृत्यु

काठमाडौँ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार/चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन/तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई/दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक÷एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन/तीन, पर्सामा दुई तथा सप्तरी,…

Read More

डुबानका कारण बिचल्लीमा परेकाको उद्धार

डुबानका कारण बिचल्लीमा परेकाको उद्धार

धनगढी । अविरल वर्षसँगै कैलालीको भजनी नगरपालिका क्षेत्रमा भएको डुबानका कारण बिचल्लीमा परेका करिब २० जनाको आज उद्धार गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रबरको डुंगाको सहायतामा यी व्यक्तिको उद्धार गरी सुरक्षित ठाउँमा राखेको छ । उद्धार गरिएका व्यक्तिहरु कतिपय हुलाकी राजमार्गको अग्लो ठाउँको सडकखण्डमा आएर बसेका छन् भने अन्य कतिपय व्यक्ति नजिकको आफन्तको घरमा आश्रय लिएर बसेका छन् । वर्षाका कारण स्थानीय कान्द्रा, मोहना, काँडा र पथरैया नदीमा बढेको पानी भजनी नगरपालिकाको ठेकीपुर, कुसुमघाट, नयाँ बस्ती, दैलेखी टोल वर्दवाफाँट, पकडियालगायत गाउँमा पसेपछि सो क्षेत्रका मात्रै…

Read More

बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत

बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत

काठमाडाै | सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु दुई लाख दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले मन्त्रिपरिषद्का सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णयसमेत गरेको छ । बैठकले बाढीपीडितका लागि खाद्यान्न, औषधोपचारलगायतको व्यवस्था युद्धस्तरमा गर्ने निर्णय गरेको छ । बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको सम्बन्धमा अध्ययन गरी सोहीअनुरुप पीडितलाई दिइने क्षतिपूर्तिबारे पछि निर्णय लिइने मन्त्री बस्नेतले बताउनुभयो ।…

Read More

राष्ट्रपतिद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

राष्ट्रपतिद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विगत केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । प्रतिकूल मौसमका कारण हवाई उडानमा कठिनाइ परेको र सडक सञ्जालमा समेत कटान र डुबानले क्षति पु¥याइ कतिपय ठाउँमा राहत तथा उद्धारका काम अघि बढाउन व्यवधान खडा हुनु दुःखको विषय भएको बताउँदै राष्ट्रपतिको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हालैका दिनमा प्राकृतिक प्रकोपबाट ठूलो संख्यामा ज्यान गुमाउनु परेको छ, सयौँ घाइते बन्नु परेको छ, हजारौँ बेपत्ता हुनुपरेको छ, बाढी र पहिरोको…

Read More

बाँधको ढोका खोल्न भारत सरकारको निर्देशन

बाँधको ढोका खोल्न भारत सरकारको निर्देशन

काठमाडौँ | उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरेका छन् । आज साँझ भएको उक्त टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएकी थिइन् ।

Read More

बाढी, पहिरो पीडितका लागी करिब २ करोड निकासा

बाढी, पहिरो पीडितका लागी करिब २ करोड निकासा

काठमाडौँ । बाढी, पहिरो र डुबानमा परेकालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले गृह मन्त्रालयले रु एक करोड ९७ लाख प्रभावित जिल्लामा निकासा गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सो रकम पीडितको अवस्था हेरी वितरण गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सो समितिले सम्बन्धित जिल्लामा भएको घटनाको विवरण संकलन गर्ने तथा क्षतिको तथ्याङ्क लिई सो रकमबाट राहत वितरण गर्ने छन् । प्रारम्भिक चरणका लागि पठाइएको सो रकम पीडित समूहमा भएको क्षति तथा प्रभावितको घरबारविहीन अवस्थालाई मूल्याँकन गरी पुनः आवश्यकताअनुसार सहयोग थप गर्न सकिने मन्त्रालयका…

Read More

पाथीभरा गोल्डकप: उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा भिड्ने

पाथीभरा गोल्डकप: उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा भिड्ने

ताप्लेजुङ । दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड काठमाडौं र सगरमाथा युवा क्लब मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनल चरणको अन्तिम खेलमा सशस्त्र प्रहरीको टिम दमकलाई २–१ गोल अन्तरले पराजित गर्दै सगरमाथा टिम विजयी भयो । सशस्त्रका लागि नवीन लामा र विनोद केसीले गोल गरेका थिए । सगरमाथाका लागि भुवन बस्नेतले गोल गरेका थिए । चर्च ब्वाइज काठमाडौंले घरेलु टिम नव प्रयास युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गर्यो । उपाधिका लागि चर्च ब्वाइज र सगरमाथाबीच सोमबार खेल हुने आयोजकले जनाएको छ…

Read More

हजारभन्दा बढी बाढीपीडितलाई सेनाद्वारा उद्धार

हजारभन्दा बढी बाढीपीडितलाई सेनाद्वारा उद्धार

काठमाडौँ । नेपाली सेनाले बाढी र डुबानमा परेका हजार भन्दा बढीलाई उद्धार गरेको छ । नेपाली सेनाका दुई हजार बढी उद्धारकर्मीले झापाको शिवसतासी नगरपालिकाबाट २६८ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ५५० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाले चितवनको जगतपुर क्षेत्रमा फसेका ३०० जना विद्यार्थीलाई उद्धार गर्नुका साथै पाँचथर, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, सिन्धुली, पाल्पा, नवलपरासी, बर्दिया, दाङमा तदारुकताका साथ जुटेर उद्धार तथा राहतका कार्य निरन्तर सञ्चालन गरिरहेको छ ।

Read More