राप्रपाःसंविधान सशोधनका विषयमा पुनःविचार गरिने

राप्रपाःसंविधान सशोधनका विषयमा पुनःविचार गरिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनःविचार गर्ने भएको छ । परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको सो पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन नगर्ने सम्भावना बढेको प्रवक्ता भुवन पाठकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभयो । अधिकांश नेताले अहिले पार्टीको एकताका लागि प्रस्तावको विपक्षमा रहन नेतृत्वलाई सुझाएको बताइएको छ । यही भदौ ४ गते निर्वाचन आयोगले पार्टी विभाजनको विषयमा गर्ने निर्णयपछि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संशोधनको विपक्षमा निर्णय लिने बताइएको छ । पार्टी विभाजनको प्रक्रियामा लागेका नेतालाई सो प्रक्रिया छाडेर मूलधारको पार्टीमा…

Read More

बुद्ध धर्मबाट नेपाल र ब्राजिलको सम्बन्ध प्रगाढ

बुद्ध धर्मबाट नेपाल र ब्राजिलको सम्बन्ध प्रगाढ

काठमाडौँ । धर्मकीर्ति विहार संरक्षण कोषको आयोजनामा ‘ब्राजिलमा बुद्ध धर्म’ विषयक प्रवचन कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत मारिया तेरासा पेस्सोले बुद्ध धर्मले नेपाल र ब्राजिलका जनस्तरको सम्बन्धलाई प्रगाढ बनाएको बताउनु भएको छ । उहाँले ब्राजिलमा पनि बुद्ध धर्मको महायान, थेरवाद तथा बज्रयान बुद्ध धर्मको महत्व रहेको बताउँदै भगवान बुद्धको शान्तिको सन्देश विश्वशान्तिका लागि प्रेरणादायी भएको विचार व्यक्त गर्नुभयो । धर्मकीर्ति विहारका धम्मवती गुरुमाले ब्राजिलका राजदूतले ब्राजिलमा बुद्ध धर्मको विकासका विषयमा बृहत् जानकारी दिएर ब्राजिलमा बुद्ध धर्मको प्रचारप्रसारबारे थप जानकारी प्राप्त गर्न नेपालीलाई सहयोग पुगेकोे बताउनुभयो । धर्मकीर्ति विहार संरक्षण कोषका…

Read More

राहत ढुवानीको समस्या प्रतिष्ठानले हल गर्ने

राहत ढुवानीको समस्या प्रतिष्ठानले हल गर्ने

काठमाडौँ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएकालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा उद्योगीलाई आग्रह गरेको छ । यहाँ आज खाद्य सामग्री आपूर्तिकर्ता, ट्यांकर व्यवसायी, औषधि उत्पादक व्यवसायीलगायत प्रतिनिधिसँगको छलफलमा प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले प्रभावितलाई अहिले प्रारम्भिक चरणको राहतको खाँचो औँल्याउँदै उद्यमीले मानवीय सेवाका लागि उदारता देखाउनुपर्ने बताउनुभयो । उहाँले धेरै उद्योगीले राहत सामग्री उपलब्ध गराउन वचनबद्धता प्रकट गरे पनि ढुवानीको समस्या देखिएकाले त्यसबारे प्रतिष्ठानले व्यवस्थापन गर्ने जानकारी दिनुभयो । नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले बाढीपहिरो पीडितलाई आफ्नो संस्थाले केही दिनमा आर्थिक तथा भौतिक सहयोग…

Read More

एमसिसीको सञ्चालक समितिद्वारा नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत

एमसिसीको सञ्चालक समितिद्वारा नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत

काठमाडौँ । अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले यस हप्ता ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ । उक्त कम्प्याक्ट कार्यक्रम एमसिसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट हो । एमसिसीको लगानीलाई सहयोग गर्न नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकी कँग्रेसद्वारा समीक्षा हुन बाँकी कम्प्याक्ट कार्यक्रममा दुवै सरकारले सेप्टेम्बरमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । “नेपाल कम्प्याक्ट कार्यक्रमलाई एमसिसीको सञ्चालक समितिले स्वीकृत गरेको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ”– एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन…

Read More

राहत नपाएको बाढीपीडितहरुको गुनासो

राहत नपाएको बाढीपीडितहरुको गुनासो

विराटनगर । विराटनगरका बाढीपीडितहरुले राहत नपाएको गुनासो गरेका छन् । विराटनगर–२ हनुमान मन्दिर छेउछाउका बाढीपीडितहरुले अहिलेसम्म सरकार र संघसंस्थाहरुबाट राहत नपाएको गुनासो गरेका हुन् । सिंघिया खोलाको वारीपारी बसेकाहरुले क्षेत्रीय प्रशासक राजेशमानसिंह र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसमक्ष अहिलेसम्म कसैले पनि राहत नदिएको गुनासो गरेका हुन् । उनीहरुले सिघिया खोलामा आएको बाढीले घरसँगै सबै सामान बगाएर लगेपछि लाउने लुगासमेत नभएको गुनासो गरे । यस्तै सिघिया खोलाको पारी कृषिबजार केन्द्र छेउमा पाल टाँगेर बसेका १ सय घरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिएको बताएका छन् ।

Read More

विराटनगर विमानस्थल शनिबारबाट सुचारु हुने

विराटनगर विमानस्थल शनिबारबाट सुचारु हुने

विराटनगर । तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढीका कारण अबरुद्ध भएको विराटनगर विमानस्थल एक हप्तापछि शनिबारदेखि सुरु हुने भएको छ । वर्षासँगै आएको बाढीले विराटनगर विमानस्थलमा एक फिट हिलो जम्मा भएको थियो । काठमाडौंबाट आएको सेनाको स्पेशल टाक्स फोर्स, इटहरी, हिले र विराटनगर विमानस्थलमा रहेको सेनाको टोलीले रनवेमा बाढीले बगाएर ल्याएको माटोको लेदो सफा गरेपछि विमानस्थल सुचारु हुने भएको हो । मोरङको बूढीगंगा गाउँपालिकास्थित केसलिया खोलाले सिंचाईको बाँध भत्काएर विराटनगरमा छिरेको पानीले विमानस्थल पनि जलमग्न भएको थियो । पानी र हिलोका कारण विमानस्थलको रनवे, ट्याक्सीवे, टर्मिनल भवन र सुरक्षा…

Read More

अज्ञात रोगका कारण वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार बिरामीको मृत्यु

अज्ञात रोगका कारण वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार बिरामीको मृत्यु

रोशन पोखरेल, विराटनगर । एकै किसिमका लक्षणहरु देखा परेको रोगबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका ४ जना बिरामीको मृत्यु भएको छ । साउन १५ गतेदेखियता प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीहरुमा उच्च ज्वरो, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएका बिरामीहरुको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले बताउनुभयो । डाइग्नोसिस गर्न नपाउँदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक–दुई घण्टामै मृत्यु भएकाले रोगबारे थाहा पाउन नसकिएको उहाँको भनाइ छ । मृत्यु हुनेहरु सबै ६ देखि १४ वर्षको बालबालिका रहेका छन् । भाइरल…

Read More

पार्टी विरोधी गतिविधि गरेको भन्दै नयाँ शक्ति पार्टीद्वारा कारबाही

पार्टी विरोधी गतिविधि गरेको भन्दै नयाँ शक्ति पार्टीद्वारा कारबाही

काठमाडौँ, २ भदौ । नयाँ शक्ति पार्टी नेपालले पार्टी विरोधी गतिविधि गरेको भन्दै १५ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक विज्ञप्तिमार्फत नेता देवेन्द्र पौडेल, कुमार पौडेल, महेन्द्र पासवान, बलावती शर्मा, पासाङ शेर्पालगायत १५ जना नेता तथा कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको जनाउनुभएको छ । उता नयाँ शक्तिः नेपाल बृहद् ध्रुवीकरण केन्द्रीय संयोजन समितिले जायज र तर्कसंगत तवरले आफ्नो विचार राख्दा गरिएको कारबाही तथ्यमा आधारित नभएको बताएको छ । आफूहरुले उठाएको परिवर्तनकारी एजेण्डालाई अस्वीकार गर्ने मनसायका साथ कारबाहीको नाटक…

Read More

भारतबाट रु २५ करोड बराबरको सहयोग गरिने प्रतिबद्धता

भारतबाट रु २५ करोड बराबरको सहयोग गरिने प्रतिबद्धता

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्पmबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले साँझ ६ बजे टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँहरूको परिवारलाई समवेदना व्यक्त गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । “भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो,” प्रधानमन्त्री देउवाले…

Read More

कङ्गोमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या सय पुग्यो

कङ्गोमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या सय पुग्यो

बुनिअ । लोकतान्त्रिक गणतन्त्र कंगोमा गएको पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ । स्थानीय तोरा भन्ने ठाउँमा गएको पहिरोका कारण बिहीबार ४० जनाको मात्रै मृत्यु भएको र अरू एक सय जना हराइरहेको खवर सार्वजनिक भएको थियो । कंगोको उत्तरपूर्बी क्षेत्रमा पर्ने इटुरी प्रान्तको लेक अल्बर्ट नजिकै भएको घटनामा परी मृत्यु हुनेहरूको संख्या अझ बढ्नसक्ने सरकारी अधिकारीले बताएका छन् । अहिले सम्म मृत्यु हुनेहरुको सङ्ख्या एक सय नाघेको प्रान्तीय उपप्रमुखले जानकारी दिनुभएको छ । उहाँले घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको र हराइरहेकाहरूको खोजी भइरहेको बताउनुभयो ।…

Read More