वहालवालामन्त्री नै सर्वसाधरणलाई गाडीले हानेर भागे के पारसप्रवृत्ति हावी भएकै हो ?

वहालवालामन्त्री नै सर्वसाधरणलाई गाडीले हानेर भागे के पारसप्रवृत्ति हावी भएकै हो ?

सरकारका वहालवालामन्त्री तप्तबहादुर बिष्टले राजधानीको बानेश्वरचोकमा एक सर्वधारणलाई गाडीले हानेर भागेका छन । बानेश्वरमा चोकमा बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई दिएको झण्डावाल गाडीले ठक्कर दिदाँ मोटरसाईकलमा सवार २ जना घाईते भएका छन । तीब्र गतिमा आएको बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीले मोटरासाईकललाई हानेर घाईतेको उद्धारसमेत नगरि भागेको थियो । दुर्घटनाका सम्बन्धमा टिभी अन्नपूर्णसँग कुराकानी गदैं राज्यमन्त्री बिष्टले आफ्नो गाडीले मोटरसाईकललाई ठक्कर दिएको स्विकारेका छन । उनले भने मोटरसाईकल चालकले गलत दिशाबाट आएर आफ्नो गाडीलाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार घाईते भएको आफुले जानकारी पाएपनि तत्कालै आक्रोशित जनमानसका कारण…

Read More

अष्ट्रियाली नागरिकबाट नेपाली बालक बलात्कृत

अष्ट्रियाली नागरिकबाट नेपाली बालक बलात्कृत

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली बालकमाथि यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले नेपाली नाबालकलाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई बिहीबार पक्राउ गरी सार्वजनिक गरेको हो । ब्युरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएका एक नाबालकसमेत मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो । जबर्जस्ती करणीअन्तर्गत बाल यौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफीको क्षतिपूर्ति भराउने कानूनी व्यवस्था रहेको छ ।

Read More

काँग्रेस नेता लोहारको सुमेरु अस्पतालमा निधन

काँग्रेस नेता लोहारको सुमेरु अस्पतालमा निधन

काठमाडौं | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य ७४ वर्षीय प्रतापराम लोहारको शुक्रबार निधन भएको छ । विगत केही समयदेखि मधुमेह, मृगौला र उच्च रक्तचापबाट पीडित भई उपचार गराईरहेका लोहारको शुक्रबार साँझ ५ बजे ललितपुरको सुमेरु अस्पतालमा निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएको छ । लोहारको श्रीमती, एक छोरा र चार छोरी छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोहारको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक वक्तब्य जारी गर्दै लोहारको निधनप्रति नेपाली दुःख व्यक्त गरेका छन् ।

Read More

हिन्दू संस्कृतिमाथि प्रहार भइरहेको छ अध्यक्ष: डा लोहनी

हिन्दू संस्कृतिमाथि प्रहार भइरहेको छ अध्यक्ष: डा लोहनी

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा धर्मनिरपेक्षताको नाममा पाँच हजार वर्ष पुरानो हिन्दू संस्कृतिमाथि प्रहार भइरहेको बताउनुभएको छ । पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि यही भदौ २१ गतेदेखि आजसम्म आयोजना गरेको अभियानको समापन कार्यक्रममा अध्यक्ष लोहनीले हिन्दू सभ्यता नेपाल राष्ट्रको पहिचान भएको बताउँदै देशमा हिन्दू राष्ट्र कायम गरी दुई हजार ५०० वर्ष पुरानो बौद्ध सभ्यताका साथै अन्य धर्मलाई समेत संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न जाति तथा समुदायको मिश्रित बसोबास भएको देशको भौगोलिक जटिलताका कारण राष्ट्रिय एकताका प्रतीकका रुपमा आलङ्कारिक राजसंस्थाको खाँचो औँल्याउँदै उहाँले…

Read More

फेरि किन लुकाउदैंछन प्रधानमन्त्रीले आफ्नो सम्पति बिवरण ! भष्ट्रचारको गन्ध फेरि आएकै हो ?

फेरि किन लुकाउदैंछन प्रधानमन्त्रीले आफ्नो सम्पति बिवरण ! भष्ट्रचारको गन्ध फेरि आएकै हो ?

वर्तमान सरकारका मन्त्रीहरुले अहिलेसम्म आफनो सम्पति विवरण सार्वजनिक गर्न नसकेको बिषयले सामाजिक सञ्जालमा आजकल ठुलै ठाँउ लिन थालेको छ । प्रधानमन्त्री लगायत मन्त्रीहरुले आफ्नो सम्पति सार्वजनिक नगरेर गोप्य राख्न खोज्नुभित्र गलत नियत भएको भन्दै यसको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । भ्रष्टचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले ६० दिनभित्र आफू र आफ्नो परिवारकोे सम्पत्ति विवरण सार्वजनिक गरि यसको बिवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने प्रावधान छ । तर वर्तमान जम्बो मन्त्रीपरिषदका सदस्यहरुले भने अहिलेसम्म आफ्नो सम्पतिविवरण नबुझाएपछि यसको सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको हो ।…

Read More

गणपूरक संख्या नपुगेपछि संसद् बैठक दुईपटक स्थगित

गणपूरक संख्या नपुगेपछि संसद् बैठक दुईपटक स्थगित

व्यवस्थापिका–संसद्को आजको बैठकमा गणपूरक संख्या नपुगेपछि एकै दिनमा संसद् बैठक दुईपटक स्थगित भएको छ । तीनवटा विधेयक पारित गर्ने कार्यसूची भए पनि सांसदहरु हाजिर गरेर हिड्दा एउटा मात्र विधेयक पारित भएको छ । मधेसी आयोग गठनसम्बन्धी विधेयक पारित भएको छ भने थारु आयोग गठन र मुस्लिम आयोग गठनसम्बन्धी विधेयक गणपुरक संख्या नपुग्दा अड्किएको छ । यी तीनवटै विधेयक संविधान कार्यान्वयनसँग सम्बन्धित छन् । संसदमा कुनै पनि प्रस्ताव पारित हुन एक चौथाइ अथात् १ सय ४८ जना सांसद उपस्थित हुनु पर्ने भए पनि दुईपटक गन्दा त्योभन्दा कम संख्या भएपछि बैठक नै…

Read More

उत्तरप्रदेशमा कार दुर्घटना, ७ नेपालीको मृत्यु

उत्तरप्रदेशमा कार दुर्घटना, ७ नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तरप्रदेशमा कार र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । दिउँसो २ बजेतिर भएको सो दुर्घटनामा परि मृत्यु हुने तीन जनाको सनाखत भएको जनाइएको छ । ईलाका प्रहरी कार्यालय बेहलियाका अनुसार शुक्रबार गोरखपुरबाट सुनौलीतर्फ आउँदै गरेको युपी ५३ सिटी ७२०२ नम्बरको कार र सुनौलीबाट जाँदै गरेको यूपी ५२ टी ४३७७ नम्बरको ट्रक नेपालको सुनौली रोडदेखि गोरखपुर खण्डको पुरन्दरपुर भन्ने स्थानमा ठोक्किएको हो । घटनास्थल सुनौलीबाट झण्डै ४५ किलोमीटरको दुरीमा पर्दछ ।

Read More

स्थानीय तह निर्वाचनका लागि नेविसंघका प्रतिनिधि

स्थानीय तह निर्वाचनका लागि नेविसंघका प्रतिनिधि

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि प्रतिनिधि खटाएको छ । नेविसंघका कोषाध्यक्ष शिव रिमालले प्रदेश नं २ अन्तर्गतका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा काँग्रेसलाई विजय गराउन प्रतिनिधि खटाइएको जानकारी दिनुभयो । नेविसंघले काँग्रेसको सरकारको पालामा बनेको संविधान काँग्रेसको नेतृत्वले कार्यान्वयन गर्ने नाराका साथ चुनावी प्रचारप्रसारसमेत गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघले स्थानीय तहमा हुने विभिन्न समस्याको पहिचान गरी समाधान खोज्न पार्टीलाई जानकारी गराउने स्पष्ट पार्नुभयो ।

Read More

मधेशी आयोगसम्बन्धी विधेयक पारित

मधेशी आयोगसम्बन्धी विधेयक पारित

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले संविधानबमोजिमको मधेसी आयोगसम्बन्धी विधेयक, २०७४ सर्वसम्मतिले पारित गरेको छ । उक्त विधेयक उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारका तर्फबाट भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै भूमिसुधार मन्त्री दहितले विधेयकमा मधेशी, जनजाति लगायतका आन्दोलनका भावना समेटिएको जानकारी गराउँदै सरोकारवालाका माग सम्बोधन भएको बताए । विधेयकसम्बन्धी छलफलमा भाग लिँदै सांसदहरु योगेन्द्र चौधरी, कल्पना चौधरी, प्रेम सुवाल, नागेन्द्र कुमाल, पेम्बा गुरुङ बोटे लगायतले विधेयकमा थारु समुदायका पहिचान र संस्कृतिलाई समेटिनुपर्ने सुझाव दिए । यसअघि बैठकमा सभामुख…

Read More

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भेट

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भेट

काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी असोज २ गते प्रदेश नं २ मा सञ्चालन हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन तथा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विषयमा केन्द्रित रहेर छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री देउवालाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ शान्तिपूर्णरूपमा उम्मेदवारी मनोनयन दर्ताको कार्य सम्पन्न भएको जानकारी गराएका थिए। आयोगका तर्फबाट आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयारीका कार्यलाई आयोगले…

Read More