जाली नोटको कारोबार बन्द गराउन हिटलरले कर्मचारीलाई यातानागृहमा थुनेर मार्ने योजना बनाए

जाली नोटको कारोबार बन्द गराउन हिटलरले कर्मचारीलाई यातानागृहमा थुनेर मार्ने योजना बनाए

दोस्रो विश्वयुद्ध सकिइसकेको थियो । पराजित देश जर्मनीमाथि विजेता मुलुक रुस, अमेरिका, बेलायत र फ्रान्सले कब्जा जमाएका थिए । अष्ट्रिया र चेकोस्लोभाकिया पनि मित्रराष्ट्रको अधीनमा थिए । चेकोस्लोभाकियामा एउटा नदी छ– एन्स । एकदिन त्यसवरपरका गाउँलेले थुप्रै नयाँ नोट बगिरहेको देखेर टिप्न दौडिए । त्यसैबखत अष्ट्रियामा तैनाथ गुप्तचर नियन्त्रण दलका अधिकृतसमक्ष एक जर्मन सैनिक लरी (ट्रकजस्तो ठूलो गाडी) को साथमा उपस्थित भए । लरी बैंक अफ इंग्ल्याण्डबाट जारी नयाँ नोटको बक्साले भरिभराउ थियो । नोटले भरिएको सो ट्रक जर्मन सैनिक अधिकृतले मित्रराष्ट्रका अधिकृतहरुलाई बुझाए । लरीमा २ करोड १० लाख…

Read More

नयाँ कर्मचारी भर्ना गर्ने बाटो खुला

नयाँ कर्मचारी भर्ना गर्ने बाटो खुला

काठमाडौं । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिएपछि लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि मार्गप्रशस्त भएको छ । समितिको आजको बैठकले समायोजन विधेयक निर्माणका क्रममा कर्मचारी भर्ना नरोक्ने बुँदा राख्न आयोगलाई निर्देशन दिएपछि बाटो खुलेको हो । यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले समितिले गरेको निर्णय स्वागतयोग्य छ भन्दै आयोगले अब कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी गराए । ‘हामीले वार्षिक कार्यतालिका प्रकाशन गरिसकेका थियौं,’ उनले भने,…

Read More

आचारसंहिताका कारण बिस्थापितको राहत रोक्का

आचारसंहिताका कारण बिस्थापितको राहत रोक्का

अछाम । आगामी मंसिरमा हुने संघीय र प्रदेश संसद्को चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि अछाममा विस्थापित परिवारले पाउने राहत रकम रोक्का भएको छ । सबै कागजात संकलन गरी विस्थापितको खातामा पठाउन लागिएको राहत रकम आयोगले आचारसंहिता लगाएपछि मंसिरसम्मका लागि रोक्का गरेको हो । असार मसान्तमा अछामका १९१ जना मृतकका परिवार र विस्थापित भएका ५८० परिवारका तीन हजार २०० बढी व्यक्तिका लागि रु १२ करोड तीन लाख ५० हजार बजेट सरकारबाट प्राप्त भएको थियो । विस्थापित परिवार तथा व्यक्तिलाई राहत वितरण गर्नका लागि आवश्यक कागजात संकलन र अन्य प्रक्रियामा…

Read More

रौतहटमा सिलिण्डर बम बिस्फोटन

रौतहटमा सिलिण्डर बम बिस्फोटन

अखिलेश यादव/रौतहट । रौतहटको गुजरा नगरपालिका स्थित रंगपुरको कटानीमा बिहिवार राति सिलिण्डर बम बिस्फोट भएको छ । अज्ञात समुहले कटानी बजार बाट थापा चौक जाने कल्भर्ट नजिकै ग्यास सिलिण्डर बिस्फोटन गराएको प्रहरीले जनाएको छ । बिस्फोटन बाट कुनै क्षेती भएको छैन । निर्वाचनमा अशान्ति मच्चाउने उदेश्यले केही समुहले बिस्फोटन गराइएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । जिल्लामा निर्वाचन लाइ मध्यनजर गर्दै सुरक्षा निकाय लाइ सकृय बनाइएको छ । ५ हजार भन्दा बढी सुरक्षाकर्मीहरु परीचालन गरीने बताइएको छ ।

Read More

निर्माण कम्पनीको लापरवाहिले ज्यानै जाने संभावना

निर्माण कम्पनीको लापरवाहिले ज्यानै जाने संभावना

अखिलेश कुमार यादव/रौतहट । पटक पटक स्थानीय बासिन्दाले ठेकेदार लाई नाला माथी स्लेप ढाल्न आग्रह गरेपनी निर्माण कम्पनी अटेरी गर्दै आएको छ। रौतहत जिल्लाको क्षेत्र नम्बर ५ मा पर्ने सितलपुरमा निर्माण भएको औरैया हिमालीबास सडक खण्ड अन्तर्गत पर्ने शितलपुर गाउँको सडक निर्माण समयमै काम गर्न ताकेता गरे पनि निर्माण कम्पनी युनाईटेड विल्र्डसका कर्मचारि को लापरबाहीले गर्दा पैदल यात्रु देखि सवारी साधन सडक पार गर्दा ज्यानै जाने संभावना बदेको छ । युनाईटेड विल्र्डसका कर्मचारिले हालै निर्माण भएको सडकको दुबै तिरको नाला माथी स्लेप धालान नगरेकोले गर्दा सर्व सधारनलाई दुःख खेप्नु परेको…

Read More

‘नोबेल पुरस्कार फिर्ता गर्ने प्रावधान छैन’

‘नोबेल पुरस्कार फिर्ता गर्ने प्रावधान छैन’

कोपेनहेगेन । नोबेल शान्ति पुरस्कार वितरण गर्ने अधिकारप्राप्त निकाय, नर्वेली नोबेल इन्स्टिच्युट’ले कुनै एक व्यक्ति वा संस्थालाई एउटा शीर्षकमा दिइएको पुरस्कार फिर्ता गर्न नमिल्ने शुक्रबार बताएको छ । म्यानमारमा पछिल्लो समय अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायमा भड्किएको हिंसापछि ‘चेन्ज डट ओआरजी’ को पहलमा तीन लाख ८६ हजार नागरिकले आङ्साङ सुकीको नाममा प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने मागसहितको हस्ताक्षर अनलाइनमार्फत् उक्त इन्स्टिच्युटमा पेश गरिएको थियो । मागबारे प्रतिक्रिया दिँदै बहुप्रतिष्ठित उक्त निकायले “पुरस्कार स्थापनाकार अलफ्रेड नोबेल वा उहाँले स्थापना गरेको नोबेल प्रतिष्ठानले सम्मान गरिसकेको पुरस्कारलाई रद्द गर्ने कल्पना गरेको छैन” जनाएको…

Read More

सेनाले ग-यो बाढी र डुबानबाट क्षति भएको सडकको मर्मत

सेनाले ग-यो बाढी र डुबानबाट क्षति भएको सडकको मर्मत

काठमाडौँ । नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त सडक, कल्भर्ट तथा बाटो मर्मत गरी आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको निर्वाचनमा मतदातालाई मतदान केन्द्रसम्म पुग्ने पहुँच मार्ग तथा सडक सञ्चालन गर्ने कार्यलाई तीव्रता प्रदान गरेको जनाएको छ । सो क्रममा राजविराजस्थित डुम्री–राजदेवी तथा बिरौल–डुम्री–शिवथान–देउरी सडक खण्डका विभिन्न स्थानमा परेका ठूलाठूला खाल्डामा माटो तथा गिट्टी भरी सवारी साधन सञ्चालन गराउने काम भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सप्तरीकै भारदह–पोर्ताह–मयनकडरी–बग्धुवा सडकखण्डमा बाढीद्वारा कटान भएको सडक मर्मत भएको, हनुमाननगर कंकालिनी इलाकामा २८ मिटर कटान भई…

Read More

नेतन्याहुकी धर्मपत्नी सारामाथि भ्रष्टाचार मुद्धा

नेतन्याहुकी धर्मपत्नी सारामाथि भ्रष्टाचार मुद्धा

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी धर्मपत्नी सारा नेतान्याहुलाई आर्थिक अनियमितताको आरोप लागेको छ । उहाँले राज्यको सम्पत्तिको दुरुपयोग गरेको र नक्कली काम गरेको आरोप लागेको इजरायलका महान्यायाधिवक्ताले शुक्रबार जानकारी दिनुभयो । झण्डै एक लाख अमेरिकी डलर बराबरको सरकारी रकमलाई आफ्नो व्यक्तिगत भान्छामा प्रयोग गरेको भन्ने उहाँ विरुद्धको मुद्धा अहिले विचाराधीन अवस्थामा रहेको छ । उहाँ विरुद्धको मुद्धामा अझ एक पटक सुनुवाइ भएपछि मात्रै अन्तिम निर्णय हुने बताइएको छ । त्यसका लागि उहाँलाई अदालतले बोलाउन सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री पत्नी बेन्जामिनलाई दुरुपयोग गरेको सम्पत्ति तिराउने लगायतका कारबाही हुने…

Read More

प्रहरी प्रशासनका कर्मचारीको सरुवा बढुवा विधिसम्मत: गृहमन्त्री शर्मा

प्रहरी प्रशासनका कर्मचारीको सरुवा बढुवा विधिसम्मत: गृहमन्त्री शर्मा

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले प्रहरी प्रशासनका कर्मचारीको सरुवा÷ बढुवा विधिसम्मत भएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदले उठाउनुभएका प्रश्नको विशेष समय लिएर जवाफ दिँदै उहाँले शान्ति सुरक्षा कायम गर्न विधिसम्मत र कार्यसम्पादन तथा मूल्यांकनका आधारमा सरुवा÷बढुवा गरिएको स्पष्ट पार्नुभयो । गृहमन्त्री शर्माले भन्नुभयो, “कर्मचारी सरुवा÷बढुवामा अनियमितता हुने गरेको भन्ने कुरा बारम्बार आउने गरेको छ, आगामी दिनमा यस्तो नहोस् भन्नका लागि संघीय प्रहरी ऐन निर्माण अन्तिम चरणमा पुगेको छ, भविष्यमा सरुवा बढुवा सबै ऐनमै व्यवस्था गरिनेछ ।” उहाँले बढुवामा अनियमितता भएको भन्ने सांसदको प्रश्नप्रति इङ्गित गर्दै भन्नुभयो, “कुनै पनि…

Read More

आत्महत्या न्यूनीकरणमा सहयोगी बनौँ

आत्महत्या न्यूनीकरणमा सहयोगी बनौँ

विभिन्न कारणले आत्महत्या गर्ने घटनामा वृद्धि हुन थालेको नियन्त्रणका लागि सबैले यसबारे खुलेर कुरा गर्नुपर्नेमा जोड दिइएको छ । विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा कोशिश नामक संस्थाले यहाँ आयोजना गरेको कार्यक्रममा आत्महत्याबारे खुलेर कुरा नहुदा र आत्महत्याको सोच, व्यवहार र प्रयासलाई गम्भीरतापूर्वक नलिँदा घटनामा वृद्धि भएको बताइएको छ । कोशिशका कार्यक्रम अधिकृत लक्ष्मण नाथले १५–२९ उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहेको पाइन्छ तर यो समस्या कडा खालको नभएर सामान्य समस्या पनि हुन्छ, जसमध्ये ६० प्रतिशत…

Read More