तेस्रो चरणको निर्वाचनले २ नम्बर प्रदेशको माहोल तात्यो

तेस्रो चरणको निर्वाचनले २ नम्बर प्रदेशको माहोल तात्यो

काठमाडौँ । प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उसै त भदौरे घामले तातेको तराई यतिखेर निर्वाचनको माहोलले झनै तातेको अनुभव हुँदै गएको छ । सो प्रदेशमा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई केन्द्रित गरेर अहिले प्रमुख तीन दलमात्र होइन मधेशकेन्द्रित दलको चुनावी दौडाहा चलिरहेको छ, जसले तराई–मधेशमा राजनीतिक सरगर्मी बढेको छ ।  प्रमुख दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुईसाता अघिदेखिनै निर्वाचन प्रचार अभियानअन्तर्गत चुनावीसभा, घरदैलो भेटघाट र छलफललाई तीव्र पारिरहेका सन्दर्भमा मधेशका रैथाने दलहरू पनि निर्वाचनमा होमिएका छन्…

Read More

निगमले जग्गा खरिदमा अनियमितता गरेको समितिको ठहर

निगमले जग्गा खरिदमा अनियमितता गरेको समितिको ठहर

काठमाडौँ । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकमा जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेश गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर खरिद गरिएको उल्लेख छ । निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने संरचना निर्माण गर्न बोलपत्रका माध्यमबाट जग्गा खरिद गरेको थियो । जग्गा खरिद प्रक्रियामा अनियमितता भएको फेला परेकाले व्यवस्थापिका–संसद् नियमावलीको नियम १८२ अनुसार…

Read More

यि सुन्दरी सांसद अनारकलीको कोठामा को पस्यो दिउँसैं ?

यि सुन्दरी सांसद अनारकलीको कोठामा को पस्यो दिउँसैं ?

नेकपा एमालेकी सांसद अनारकली मियाँको डेरामा दिउसै चोरी भएको छ । काठमाडौं बबरमहलस्थित डेरामा सोमबार दिउँसो चोरी भएको हो । सांसद मिया बिएडको परीक्षा दिनका लागि गृहजिल्ला दाङमा रहेका बेला डेरामा चोरी भएको प्रहरीले जनाएको छ । डेरामा बस्ने सांसद अनारकलीका घरबेटीले दिउँसै चोरी भएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मियाँको डेराबाट ल्यापटप, क्यामेरा, सिक्री र औंठी चोरी भएको छ । अहिलेसम्म चोरबारे कुनै जानकारी पाउने नसकेपनि चोरी गर्ने गिरोहको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Read More

कपडा पसलेलाई ठगेर हिड्ने लप्टन परे फन्दामा, कतै तपाईलाई पनि ठगेका त छैनन्

कपडा पसलेलाई ठगेर हिड्ने लप्टन परे फन्दामा, कतै तपाईलाई पनि ठगेका त छैनन्

ललितपुर प्रहरीले आफुलाई नेपाल आर्मीको लप्टन भन्दै ठगी गर्ने ललितपुर ढोलाहिटी का ४० बर्षिय राजकुमार थापालाई पक्राउ गरेको छ । लप्टन भएको भन्दै ललितपुरमा एक कपडा पसलेबाट ४७ हजार ३ सय २५ रुपैयाँ बराबरको रेडिमेट तयारी कपडा लगेको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो । यसका साथै ललितपुरकै ईश्वर महर्जनबाट एयरपोर्टमा काम लगाइदिने बाहानामा ३० हजार रुपैया ठगेका थिए । यतिमात्रै होइन विकाश थापाबाट १० हजार रुपैया प्रताप श्रेष्ठबाट ४० हजार गरी एकलाख २७ हजार ३२५ रुपैया ठगी गरेको थापामाथी आरोप लागेको छ । विभिन्न उजुरीका आधारमा उनलाई ठगी मुद्धामा अनसन्धान…

Read More

एमालेको संकल्पः खाना पकाउने ग्यासमा ५० प्रतिशत अनुदान

एमालेको संकल्पः खाना पकाउने ग्यासमा ५० प्रतिशत अनुदान

राजविराज । नेकपा एमालेको तर्फबाट राजविराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुखराम यादवले १०१ बुँदे संकल्प पत्र सोमबार सार्वजनिक गर्नुभएको छ । राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त संकल्पपत्र सार्वजनिक गर्नुभएको हो । यादवले सार्वजनिक गर्नुभएको संकल्प पत्रमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्त अपांगलाई घरदैलो मै स्वास्थ्य सेवा पुर्याउनेदेखि  सबै घरमा शौचालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने, नगरभित्रको फोहर रातिको समयमा नै उठाउने र त्यसको उचित व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्था गर्ने र संकलित फोहोरको वर्गीकरण (कुहिने र नकुहिने)…

Read More

विपद् जोखिम न्यूनीकरण विधेयक संसद्मा

विपद् जोखिम न्यूनीकरण विधेयक संसद्मा

काठमाडौँ | सरकारले प्राकृतिक विपद्सँग जुध्नका लागि स्थानीय तहसम्मकै संरचना रहने गरी ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७४’ व्यवस्थापिका–संसद्मा दर्ता गरेको छ । आज दर्ता गरिएको विधेयकमा केन्द्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्, परिषद्बाट स्वीकृत भएको नीति तथा योजना कार्यान्वयनका लागि कार्यकारी समिति, प्रदेश तहमा विपद् व्यवस्थापन समिति, जिल्ला तहमा जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति र गाउँपालिका र नगरपालिकाका प्रमुखका अध्यक्षमा स्थानीय विपद् व्यवस्थापन समिति रहने गरी संरचनासमेत स्थापना गरिने जनाइएको छ । परिषद्का अध्यक्षमा प्रधानमन्त्री र कार्यकारी समितिका अध्यक्षमा…

Read More

स्कुलबसबाट खसेर विद्यार्थीको मृत्यु

स्कुलबसबाट खसेर विद्यार्थीको मृत्यु

तिलोत्तमा | रुपन्देहीको सालझण्डीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको आज मृत्यु भएको छ । सैनामैना नगरपालिका वडा नं ११ स्थित पृथ्वी फ्लावर इंग्लिस बोर्डिङ स्कुलको म १ क १६३ नम्बरको बसबाट खसेर सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सन्तोष रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान विद्यार्थीलाई स्कुल पुर्याउने प्याउने क्रममा सो दुर्घटना भएको हो । बसबाट खसेर घाइते सन्तोष रेग्मीको उपचारका क्रममा लुम्बिनी सिटी अस्पतालमा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय, सालझण्डीले जनाएको छ ।  

Read More

एमालेले नयाँ संरचनाअनुसार कमिटी गठन गर्ने

एमालेले नयाँ संरचनाअनुसार कमिटी गठन गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको नयाँ संरचनाअनुसार कमिटी निर्माण गर्ने भएको छ । आज पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार १६५ निर्वाचन क्षेत्रमा नयाँ क्षेत्रीय कमिटी बनाउने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो । यसअघिका २४० क्षेत्रीय कमिटी विघटन गर्दै एमालेले नयाँ कमिटी बनाउने भएको हो । उहाँका अनुसार चाँडै नै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अहिले एकजना संयोजक रहने गरी कमिटी बन्ने छ । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटी ७७ जिल्लाका ३३० निर्वाचन क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीसमेत गठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो…

Read More

पैसा अभावमा तीन दिन देखि प्रसव पिडा सहेर घरमै बस्न बाध्य

पैसा अभावमा तीन दिन देखि प्रसव पिडा सहेर घरमै बस्न बाध्य

अखिलेश यादव, रौतहट । तीन दिन देखि प्रसव पिडा सहेर घरमा नै बस्न बाध्य एक महिलाको उद्धार गरीएको छ । सोमबार उनले अस्पतालमा छोरी जन्माएकी छिन । कटहरीया नगरपालिका ९ डुमरीया टोलकी गितादेवी मुसहर एम्वुलेन्स खर्च नहुँदा तीन दिन देखि घरमा नै पिडा सहेर बस्न बाध्य थिइन । उन्लाइ पत्रकार फणि महतले एम्वुलेन्स भाडा वापत दुर्इ हजार रुपैयाँ सहयोग गरेपछि गरुडामा प्रसुती गराउन लगिएको थियो । अत्यन्त गरीव परीवारका प्रभु मुसहरले श्रीमती लाइ प्रसुती गराउन अस्पताल लैजान सकेका थिएनन् । मजदुरी गरेर परीवार पाल्दै आएका प्रभुले पैसा नभएकाले अस्पताल लैजान…

Read More

भाइरल ज्वरोका कारण चार वर्षीय बालकको मृत्यु

भाइरल ज्वरोका कारण चार वर्षीय बालकको मृत्यु

जाजरकोट । कुशे गाउँपालिका–५ का जनकबहादुर थापाका चार वर्षीय छोरा ओमप्रकाशको सोमबार बिहान भाइरलका कारण मृत्यु भएको छ । जहरगाउँमा रहेको स्थानीय औषधि पसलमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्थानीय शिक्षिका निर्मलाकुमारी मल्ल थापाले जानकारी दिइन् । यहाँ सयौँ गाउँले भाइरलकै कारण बिरामी परेको उनको भनाइ छ । कुशेगाउँपालिकाका खुर्पा, जहरगाउँ, ढिमे र दम्दाला, बारेकोट गाउँपालिकाका सिर्पाचौर, मुल्सामलगायत दर्जन गाउँमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । उपचारका अभावमा घरमै दर्जनौँ स्थानीयवासी थला परेको स्थानीयवासीले बताउँदै आएका छन् । सोमबारमात्र त्रिवेणी नलगाड नगरपालिका–८ मा शिविर सन्चालन गरी १२० जनाको उपचार…

Read More