प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं | निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीक्रृत गरेकोे छ । आयोगको बैठकले मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ । कार्यतालिका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि भदौ २४ गतेबाट र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि कार्तिक ५ गतेदेखि कार्तिक ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कार्तिक १६ गतेदेखि…

Read More

गौर नगरपालिकामा काँग्रेस र फोरमको चुनावी तालमेल

अखिलेश यादव, रौतहट । तेस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत रौतहट गौर नगरपालिकामा नेपाली काँग्रेस र संघिय समाजवादी फोरम नेपालले तालमेल गरेका छन् । सोमबार संघिय समाजवादी फोरम नेपालका गौर नगरपालिकाका मेयर पदका उम्मेदवार गौरीशंकर प्रसाद यादवको निजि निवासमा गरिएको पत्रकार सम्मेलनमा फोरमबाट मेयर पदका लागि उम्मेदवार भएका गौरी शंकर प्रसाद यादवका लागि र काँग्रेसबाट उपमेयर पदका लागि उम्मेदवार भएका विर बहादुर साहका लागि सामुहिक रुपमा प्रचार प्रसार कार्य गरिने घोषणा समेत गरिएको छ । भाद्र २१ गते भएको मनोनयन दर्तामा नेपाली काँग्रेस रौतहटले गौर नगरपालिकाको लागि मेयर पदमा तथा…

Read More

सात वटै प्रदेशमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान खोलिने

सात वटै प्रदेशमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान खोलिने

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सात वटै प्रदेशमा आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपालले सो प्रतिष्ठान चाँडो स्थापना गर्न र कुनै राजनीतिक व्यक्तिको नाम जोडेर विवादित नबनाउन आग्रह गर्दै आज ध्यानाकर्षण पत्र दिएपछि मन्त्री बस्नेतले सन्तनेता कृष्णप्रसाद भट्टराईका नाममा प्रतिष्ठान स्थापना गर्न लागिएको जनाउँदै पत्रकारितामा योगदान भएका अन्य नेताका नाममा अन्य प्रदेशमा पनि प्रतिष्ठान खोल्न सकिने स्पष्ट पार्नुभयो । चौतारीले भने नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ वा भट्टराई भन्ने विवाद देखिएका समयमा व्यक्तिको नाम नजोडी प्रतिष्ठान खोल्न माग गरेको थियो ।…

Read More

राजपत्रमा प्रकाशित सबै सूचना विद्युतीय हुने

राजपत्रमा प्रकाशित सबै सूचना विद्युतीय हुने

काठमाडौँ । विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले मुलुकमा आर्थिक समृद्धि कायम गर्नका लागि पछिल्लो पटक विकास भएका प्रविधि र विज्ञानको क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । नवनियुक्त मन्त्री बोहराले मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले देशमा विज्ञानको विकासका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने नीति लिइने र राजपत्रमा प्रकाशित सबै सूचना तथा समाचारलाई विद्युतीय स्वरुपमा व्यवस्थित गरिने जानकारी दिनुभयो । मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञानका विभिन्न खोज–अनुसन्धान गर्नका लागि स्रोत तथा साधनको कमी रहेको बताउँदै आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउनका लागि तयारी भइरहेको जानकारी गराउनुभयो ।

Read More

प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। ‘आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरेको र मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अनुसन्धानबाट देखिन आएकाले’ आयोगले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको सहायक इन्जिनियरमा २०३६ चैत ५ गते नियुक्त भई २०७० असार ९ गतेसम्म महाप्रबन्धकको जिम्मेवारी…

Read More

प्रदेश नं २ मा पाँचदिने सार्वजनिक बिदा

प्रदेश नं २ मा पाँचदिने सार्वजनिक बिदा

काठमाडौँ । सरकारले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लामा पाँच दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि असोज ३ गतेसम्म बिदा दिने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले भूकम्पपछिको पुनःनिर्माणका लागि दाताहरुको संयुक्त कोषमार्फत विश्व बैंकले दिने रु एक अर्ब पाँच करोड अनुदान सहयोग स्वीकार गर्ने र राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने पनि निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री बस्नेतले जानकारी दिनुभयो…

Read More

सरकारी अनुगमनको विरोध गर्दै दरबारमार्गका पसल खुल्दै

सरकारी अनुगमनको विरोध गर्दै दरबारमार्गका पसल खुल्दै

काठमाडौं । गत बुधबारबाट बन्द रहेका दरबारमार्गका पसलहरु खुल्ने भएका छन् । नेपाल चेम्वर अफ कमर्स र दरबारमार्ग विकास वोर्डको सोमबार बसेको बैठकले सरकारी अनुगमनको विरोध गर्दै बन्द पसल तीन दिनका लागि खोल्ने निर्णय गरेको हो । तीन दिनभित्र पनि समस्याको समाधान नभए थप आन्दोलनका कार्यक्रम पुनः सुचारु गर्ने बोर्डले जनाएको छ । व्यापारीले अत्यधिक मूल्य कायम गरी उपभोक्ता ठगेको भन्दै आपूर्ति मन्त्रालयले दरवारमार्ग क्षेत्रका नौ पसलमा सिलबन्दी गरेको थियो । नजिकिँदो दशैंलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ ।

Read More

अब नेपालमा चिनी उद्योगबाट पनि ९ मेगावाट बिजुली उत्पादन, प्रतियुनिट ८ रुपैयाँमा बिक्री

अब नेपालमा चिनी उद्योगबाट पनि ९ मेगावाट बिजुली उत्पादन, प्रतियुनिट ८ रुपैयाँमा बिक्री

केही समयदेखी चिनी उद्योगबाट बिजुली उत्पादन गरि उर्जा संकट कम गर्ने सरकारी योजनाले मुर्त रुप पाउने भएको छ । सोमबार सरकारले दुईवटा चिनी उद्योगबाट उत्पादित बिजुली किन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मोहत्तरीको एभरेष्ट जनरल सुगर मिल्स लिमिटेड र सर्लाहीको इन्दुशंकर चिनी उद्योग लिमिटेडबाट उत्पादन हुने ६ मेगावाट बिद्युत खरिद गर्ने सम्झौता भएको हो । बिजुली खरिदबिक्री (पीपीए) मा विद्युत विकास विभाग र उद्योगीबीच प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा खरिद गर्न करार सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि ल्याइएको ऊर्जा विकास कार्ययोजनामा लोडसेडिङ अन्त्यका लागि चिनी उद्योगबाट बिजुली किन्ने उल्लेख…

Read More

बालविवाह मुक्त तथा शतप्रतिशत भर्ना घोषणा

बालविवाह मुक्त तथा शतप्रतिशत भर्ना घोषणा

शम्भु माली/कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउपालिका वार्ड नं. २ साविक अभिराव गाविसलाई भव्य कार्यक्रमको आयोजना गरी सिंगो गाविसलाई शतप्रतिशत भर्ना तथा बालविवाह मुक्त वार्ड घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवं सांसद अतहर कमालले कार्यक्रम उदघाटन गर्दे साविकको गाविस तथा मायादेवी गाउँपालिका वार्ड नं. २ लाई शतप्रतिशत भर्ना तथा बालबिबाह मुक्त वार्ड घोषणा भएको हो । ५ देखि १२ बर्षका उमेरका सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको विभिन्न सूचाङ्कका आधारमा साविक अभिरावलाई शतप्रतिशत भर्ना तथा बालविवाह मुक्त वार्ड घोषणा गरिएको बताइएको छ । मायादेवी गाउपालिका, साविक अभिराव गाविसका सम्पूर्ण विद्यालय,…

Read More

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य

प्रधानमन्त्रीको शेर बहादुर देउवाले आफ्नो आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य नियुक्त गरेका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले पुर्व परराष्ट्रसचिव आचार्यलाई प्रधानमन्त्री देउवाको आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय अनुमोदन गरेकोे हो । आचार्यसँग नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघका लागि आवासिय प्रतिनिधिको रुपमा काम गरेको अनुभव छ ।

Read More