सुक्खा पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुक्खा पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा आज साँझ सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको हो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ । चट्टानसहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको उहाँले बताउनुभयो । पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । सो सडकको आजै भौतिक योजना तथा यातायत व्यवस्था राज्यमन्त्री सीता गुरुङले निरीक्षण गरी सहज यातायात सञ्चालनका लागि निर्देशन दिनुभएको थियो । सोमबार राति परेको…

Read More

हेर्नुहोस पूर्वसांसदलाई पेन्सन दिने प्रस्तावलाई पास गराउन यस्तो सम्म हुदैंछ

हेर्नुहोस पूर्वसांसदलाई पेन्सन दिने प्रस्तावलाई पास गराउन यस्तो सम्म हुदैंछ

पूर्वसांसदलाई पेन्सन दिने प्रस्तावपछि संसद्को राज्य ब्यवस्था समितिमा विवाद उत्पन्न भएपछि यसलाई मिलाउन एक उपसमिती गठन गरिएको छ । सांसदबीच विवाद चुलिएपछि समाधान गर्न समितिले उपसमिति गठन गरेको हो । कांग्रेसका अधिकांस सांसद तथा एमाले र माओवादी केन्द्रकाकेही सांसदहरु अहिले पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा लबिङ गरिरहेका छन् । यद्यपी केही सांसदहरु पुर्वसांसदलाई पेन्सन दिने बिषयमा असहमति जनाएपछि यसको टुङ्गो लगाउन उपसमितिको गठन गरिएको छ । बिडम्वना पेन्सनको माग गदै संसदमा प्रस्ताव लैजाने सांसदहरु नै यो उपसमितिमा सदस्य रहेका छन । पूर्वपदाधकारीको पारिश्रमकि र सुविधासम्बन्धी विधेयकमाथि थप छलफल गर्न गठित उपसमितिमा…

Read More

ट्याङकरको ठक्करबाट एक बालकको मृत्यु

ट्याङकरको ठक्करबाट एक बालकको मृत्यु

राजविराज | पूर्व–पश्चिम राजमार्गगअन्तर्गत सप्तरीको बरमोझियामा ट्याङकरको ठक्करबाट आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–२ बस्ने जनिख सेखका ६ वर्षीय छोरा जाबिर सेख रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सो ट्याङकरको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको थियो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.७ ख ५७३८ नंको ट्याङकरले बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

विद्यार्थीको गुनासो सम्बोधन गर्न हेल्पडेक्स

विद्यार्थीको गुनासो सम्बोधन गर्न हेल्पडेक्स

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारीले) विद्यार्थीको गुनासा सम्बोधन गर्न ‘हेल्प डेक्स’ संचालनमा ल्याएको छ । उपत्यका बाहिरबाट आएका विद्यार्थीलाई शैक्षिक समस्या समाधान गर्ने अभिप्रायले हेल्प डेक्स स्थापना गरिएको क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले जानकारी दिए । हेल्प डेक्समा विद्यार्थीले फोनमार्फत आफ्ना गुनासा राख्नेछन् र ती गुनासोलाई क्रान्तिकारीका उपमहासचिव निलम एनसी र सचिव डिवि साउदले सम्बोधन गर्नेछन् । क्रान्तिकारीको केन्द्रीय कार्यालयमा हेल्प डेक्स सञ्चालन गरिएको छ । ०१–४२४३१०८ नं मा फोन गरी विद्यार्थीले आफूलाई पढाइको बारेमा परेको गुनासो राख्न सक्नेछन् । विद्यार्थीले कुन विषय कहाँ के पढ्ने, कति खर्च…

Read More

जितिया पर्व: पर्याय बन्दै थारु सँस्कृति र पर्यटन

जितिया पर्व: पर्याय बन्दै थारु सँस्कृति र पर्यटन

चितवन | तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने जोकोही पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्जसँगै रमाउने थारु संस्कृति पर्यटककै कारण जगेर्ना पनि हुँदै गएको छ । पर्यटकलाई लक्षित गरी थारु समुदायले आफ्नो संस्कृति झल्कने नाचगान, भेषभूषा र खानपान प्रदर्शन गर्ने गरेका छन् । थारु संस्कृति र पर्यटन एकअर्काका पर्याय बन्दै आएका छन् । कहिलेकाहीँ थारु अग्रजहरू प्रश्न गर्ने गर्दछन् ‘थारु संस्कृति नदेखाउने हो भने यहाँको पर्यटन व्यवसायी यतिधेरै माथि पुग्दैनथ्यो होला ।’ पर्यटन व्यवसायीहरू भन्छन् ‘पर्यटन क्षेत्रमा थारु संस्कृति नआएको भए यसको संरक्षण यति धेरै हुँदैनथ्यो होला ।’ क्षेत्रीय होटल संघ सौराहाका…

Read More

‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु

‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु

काठमाडौँ – महानगरीय ट्राफिक महाशाखाले ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकामा धेरै मानिसहरु माइक्रोले ठक्कर दिएर दुर्घटना भएको भन्दै यसलाई कम गर्न ‘सुरक्षित माइक्रोबस यात्रा’ यात्रा सुरुवात गरेको हो । महाशाखाले आज साँझ न्यूरोड गेटमा यात्रु लिन पर्खेका माइक्रोबसका चालकलाई जनचेतनामूलक शिक्षा प्रदान गर्नुका साथै शिक्षा लिइसकेका माइक्रोबसमा स्टिकर टाँसेर छाडिदिएको थियो । भदौ १४ गतेदेखि ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान सुरु गरेको महाशाखाले आजबाट उक्त अभियान सुरु गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुलाई आफ्नो सवारी साधनमा राखेर लैजानका लागि एक अर्को…

Read More

हेर्नुहोस अाज सार्वजनिक आईफोन एट र आइफोन एट प्लस यस्ताे छ

हेर्नुहोस अाज सार्वजनिक आईफोन एट र आइफोन एट प्लस यस्ताे छ

अमेरिकी कम्पनी एप्पलले मंगलबारे क्यालिफोर्नियामा एक विशेष कार्यक्रममा आइफोनको नयाँ संस्करण आइफोन एट र आइफान एट प्लस सार्वजनिक गरेको छ । यि आईफोन एट र आईफोन एट प्लसका बिशेषताहरु यस्ता छन : – नयाँ आइफोनको स्क्रिन ५।८ इन्चको रहने र डिस्प्ले रिजोलुसन २४३६ गुणा ११२५ रहने अपेक्षा गरिएको छ । नयाँ आइफोनको डिस्प्ले ओलिडमा स्वीच हुने भएको छ । अहिले आइफोनको डिस्प्ले एलसिडी छ । – नयाँ आइफोनको बडी ग्लास र स्टिनलेस स्टिल रहने छ । यसअघि युनिबडी आल्मुनियम डिजाइन रहेकोमा अब आइफोन एट र एट प्लसको फ्रेम स्टिनलेस स्टिल…

Read More

बूढीगण्डकीको मुआब्जा वितरणका लागि अर्थले दियो ऊर्जालाई अख्तियारी

बूढीगण्डकीको मुआब्जा वितरणका लागि अर्थले दियो ऊर्जालाई अख्तियारी

काठमाडौँ | अर्थ मन्त्रालयले जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयलाई अख्तियारी दिएको छ । अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आवमा विनियोजित रु १० अर्ब रकम स्थानीय प्रभावितलाई वितरणका लागि अख्तियारी दिएको हो । बूढीगण्डकी आयोजना विकास समिति खारेज भइसकेको र आयोजना ऊर्जा मन्त्रालयको मातहतमा रहेकाले संरचनागत रुपमा कसलाई रकम दिने भन्नेमा समस्या उत्पन्न भएको भन्दै बजेट विनियोजन हुन सकेको थिएन । ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले अर्थबाट स्वीकृति प्राप्त भएको जानकारी आएको र केही समयदेखि रोकिएको मुआब्जा वितरणको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । चालु आवका…

Read More

मधेसीहरु भनेका भारतको स्वार्थ पुरा गर्ने क्रियाशिल मुठ्ठीभर तत्वहरु हुन : एमबी सिंह

मधेसीहरु भनेका भारतको स्वार्थ पुरा गर्ने क्रियाशिल मुठ्ठीभर तत्वहरु हुन : एमबी सिंह

मधेशको समस्याबारे विचार गर्दा शुरुमा नै मधेशका आम जनता र मधेशवादीका बीचको अन्तरबारे स्पष्ट हुनुपर्ने र तिनीहरूको बीचको अन्तरलाई सही अर्थ, सन्दर्भ वा परिप्रेक्षमा बुझ्नु पर्ने आवश्यकता छ । मधेशी भनेर हामीले त्यहाँका आम जनतालाई बुझ्दछौँ । तराईको सम्पूर्ण क्षेत्रलाई मधेश भन्न मिल्छ कि मिल्दैन वा त्यसलाई तराई भन्नु पर्दछ रु त्यसबारे मतैक्यता छैन । तर अहिले हामी त्यो विषयको छलफल पट्टि लाग्दैनौँ । मधेशी भन्ने तराईको एउटा खास समूदाय हो र त्यहाँ अरू पनि कैयौँ समुदायहरू बस्दछन्, जसमध्ये थारु समुदाय तराईमा प्राचीन कालदेखि बस्दै आएको एउटा जाति हो ।…

Read More

मन्त्रालयका सचिव नै भन्छन सरकारको रबैयाले साल्ट ट्रेडिङ घाटामा गयो

मन्त्रालयका सचिव नै भन्छन सरकारको रबैयाले साल्ट ट्रेडिङ घाटामा गयो

सरकारको रबैयाका कारण आफुहरु घाटामा गएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनले असन्तुष्टि व्यक्त गरेकोे छ । साल्ट ट्रेडिङको ५५ औ बार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा साल्छ ट्रेडिङका प्रतिनिधीहरुले यस्तो गुनासो व्यक्त गरेका हुन । कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव पे्रम कुमार राईले सरकारकै कारण कर्पोरेशन घाटामा गएका स्विकार गरे । भूकम्पपीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्को मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको चिनी, सुपथ मूल्यको पसलको शोध भर्ना सरकारबाट प्राप्त गर्न नसक्दा कर्पोरेशनलाई करोडौँ घाटा हुन पुगेको उनिहरुको भनाई छ । उनिहरुले आगामी दिनमा…

Read More