ओम अस्पतालको घटना छानविन गर्न समिति गठन

ओम अस्पतालको घटना छानविन गर्न समिति गठन

काठमाडौं । ओम अस्पतालमा विरामीको मृत्यु भएको घटनाको छानविन गर्न स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ । प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठ संयोजक रहने समितिमा सदस्यहरु डा. विकास देवकोटा, डा. ढुन्डी पौडेल र नर्स अमृता पहाडी छन् । समितिको सदस्यसचिव भने स्वास्थ्य मन्त्रालयका एक जना उपसचिव छन् । बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशन गरेको करिब २४ घण्टाभित्र बुधबार मृत्यु भएको छ । भट्टराईको मृत्यु पछि उनका आफन्तहरुले अस्पतालमा प्रदर्शन गरेका छन् ।

Read More

यसरी भयो पर्वतका जिसीको पोर्चुगलमा हत्या

यसरी भयो पर्वतका जिसीको पोर्चुगलमा हत्या

पोर्चुगलमा एक नेपालीकाे छुरा प्रहार गरि हत्या गरिएको छ । राजधानी लिस्वाेनमा मंगलबार राती पर्वत जिल्लाको मल्लाज घर भएका हरि बहादुर जिसीकाे हत्या भएकाे हाे । उनलाई धादिङ घर भएका अर्जुन सापकोटाले हत्या गरेको स्थानीय प्रहरीले जनाएकाे छ । छुरा प्रहारबाट जिसीका भार्इ अाेम जिसी पनि गम्भिर घाइते भएका छन् । राजधानी लिस्वाेनको क्याम्पे पिकान्तेस्थित सडकमा उनीमाथी छुरा प्रहार भएकाे थियाे ।   कसरी भयो जिसीको हत्या ? पोर्चुगलको राजधानी लिस्वनको क्याम्पो पिकनो नजिक रहेको चाईनिज रेष्टुरेण्टमा मृतक जिसीका भाई ओम जिसी कार्यरत थिए । झण्डै आधा दर्जन नेपालीले काम…

Read More

(मेड इन पाकिस्तान)को आठौँ संस्करण पाकिस्तानी प्रदर्शनी शुरु

(मेड इन पाकिस्तान)को आठौँ संस्करण पाकिस्तानी प्रदर्शनी शुरु

काठमाडौँ । पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ । नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने ध्येयले आयोजित सो प्रदर्शनीमा विशेषगरी छालाका सामग्री, हस्तकलालगायतका सामग्री छन् । यहाँस्थित पाकिस्तानी राजदूतावासले विगत केही वर्षदेखि यस किसिमका मेलाको संयोजन गर्दै आएको छ । नेपाल–पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पाकिस्तान दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापन सदस्य देश हो । अर्काेतर्फ यी दुईदेशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसक्दा पनि व्यापारमा क्षेत्रमा खासै ठूलो…

Read More

बैतडीमा बस र जिप ठोक्किँदा पाँच घाइते

बैतडीमा बस र जिप ठोक्किँदा पाँच घाइते

विनाेदसिह विष्ट/बैतडी । दशरथचन्द नगरपालिका–२ देहिमाडौँ बजार नजिक आज दिउँसो बस र जिप आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बैतडी सदरमुकामबाट पाटनका लागि छुटेको ना २ ख ७६०६ नम्बरको बस र सतबाँझबाट सदरमुकामका लागि छुटेको म १ ज १२९ नम्बरको जिप देहीमाडौँ बजार नजिक घुसल्ला मोडमा ठोक्किँदा दशरथचन्द नगरपालिका–१ का डम्मरदत्त भट्ट र बर्दिया शिवपुर–५ घर भई हाल गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत अनमी टीका दाहाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । गम्भीर घाइतेको जिल्ला…

Read More

आचासंहिता उल्लघंन गर्नेलाई आयोगले सोध्यो स्पष्टीकरण

आचासंहिता उल्लघंन गर्नेलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा विभिन्न राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि उनीहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । निर्वाचनको प्रचारप्रसारका क्रममा धनुषामा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको निर्वाचन चिह्न अंकित गम्छा लगाई सहभागी भएको भन्दै आयोगले सो कार्य निर्वाचन आचारसंहिताविपरीत भएकाले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । त्यस्तै सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित चुनावी सभामा पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको…

Read More

साना किसानलाई अनुदान उपलब्ध गराइने

साना किसानलाई अनुदान उपलब्ध गराइने

बर्दिया । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले साना किसानलाई सिधै अनुदान उपलब्ध गराउन प्राथमिकताका साथ काम अघि बढाएको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाको पहिलो नगरसभाको बजेट अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पहुँचवाला सहकारी या किसानलाई मात्र अनुदान दिने कार्यलाई निरुत्साहित गरी साना किसानलाई प्राथमिकतामा राखी अनुदानका कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । साना किसानलाई अधिकार सम्पन्न बनाउन परिचयपत्रको व्यवस्था गर्न लागिएको उहाँको भनाइ थियो । किसानलाई निर्वाहमुखी मात्र नभई व्यवसायमुखी बनाएर लैजानुपर्नेमा जोड दिँदै उहाँले साना किसान कार्यक्रममा अनुदान बढाएर एक वर्षभित्र अण्डा, दुई वर्षभित्र मासु र तीन वर्षभित्रमा दूधमा आत्मनिर्भर…

Read More

उद्योगमा मानव स्रोतको सही उपयोग हुनुपर्ने: मन्त्री थापा

उद्योगमा मानव स्रोतको सही उपयोग हुनुपर्ने: मन्त्री थापा

काभ्रे । उद्योगमन्त्री सुनिलबहादुर थापाले ठूला उद्योगका नाममा नेपालीले साना उद्योगलाई बिर्सिसकेको बताउनुभयो । घरेलु तथा साना उद्योग समितिको धुलिखेलमा भएको तीनदिने कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै मन्त्री थापाले सो कुरा बताउनुभएको हो । “घरेलु तथा साना उद्योग देशको अर्थतन्त्रका मेरुदण्ड हुन्”– मन्त्री थापाले भन्नुभयो । कार्यक्रममा मन्त्री थापाले सहभागीलाई अरुबाट नयाँ कुरा सिक्न र आफ्ना अनुभव साटासाट गर्न लाज मान्न नहुने भन्दै उद्योगमा मानव स्रोतको सही उपभोग हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा भएका कच्चा पदार्थलाई कम मूल्यमा बेचेर उत्पादित सामग्री महँगो मूल्यमा आयात गर्नुपर्ने दुःखदायी स्थिति रहेकामा उहाँले दुःख…

Read More

डेंगु सार्ने इडिस एजिप्टाई जातको पोथी लामखुट्टे फेला

डेंगु सार्ने इडिस एजिप्टाई जातको पोथी लामखुट्टे फेला

विराटनगर । गत वर्ष डेंगु रोगबाट प्रभावित मोरङको पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा यस वर्ष पनि डेंगु सार्ने इडिस एजिप्टाई जातको पोथी लामखुट्टे फेला परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले पथरीशनिश्चरेको पथरी बजार र उर्लाबारी बजारमा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्ने कार्यक्रमका सन्दर्भमा त्यस प्रकारका लामखुट्टे प्रशस्त फेला परेको कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत मोहमद वासिम मियाँले बताउनुभयो । बजारमा अनुगमनका क्रममा डेंगु सार्ने इडिस एजिप्टाई जातको पोथी लामखुट्टे तथा त्यसका लार्भाहरु प्रसस्त मात्रामा फेला परेको उहाँले जनाउनुभयो । ती लामखुट्टे संक्रमित भएको खण्डमा रोगको जोखिम बढ्ने भएकाले लामखुट्टेको वासस्थान…

Read More

कोशी गाउँपालिकाका अध्यक्षद्वारा कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी

कोशी गाउँपालिकाका अध्यक्षद्वारा कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी

इनरुवा | तपाईंलाई कुनै पनि कार्यालय प्रमुखले आफ्नै कार्यालयमा तालाबन्दी गरेको सुन्दा अचम्म लाग्न सक्छ । तर यस्तै घटना भएको छ सुनसरीको कोशी गाउँपालिकामा । गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यकारी अधिकृत र लेखा अधिकृतले आफूखुशी गरेको गुनासो बढेपछि सुनसरीको कोशी गाउँपालिका कार्यालयको कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्य कक्षमा मंगलबार तालाबन्दी गरेको हो । कार्यालयमा बाहिरका व्यक्ति आएर तालाबन्दी नगरी गाउँपालिकाका कार्यकारी अधिकृत सञ्जीव राणा र लेखा अधिकृत खडानन्द घिमिरेको कार्यकक्षमा मानोमानी गरेको भन्दै गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफैं तालाबन्दी गरेका हुन्। कार्यकारी अधिकृत राणाले आफूखुशी काम गरेको, जनताको काम नगरेको…

Read More

मिठाई पसलदेखि तरकारी, माछा पसलसम्ममा हानिकारक बस्तु मिसावट

मिठाई पसलदेखि तरकारी, माछा पसलसम्ममा हानिकारक बस्तु मिसावट

इलाम | चाडपर्व नजिकिएसँगै बुधबार इलाममा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा इलाम नगरपालिका, जिल्ला प्रहरी कार्यालय इलाम, इलाम उद्योग वाणिज्य संघ, करदाता सेवा कार्यालय इलाम, कृषि विकास कार्यालय इलामको टोलीले जिल्ला सदरमुकाम अनुगमन गरेको हो । अनुगमन टोलीले इलाम बजारका मिठाइ पसल, फलफूल तथा तरकारी, होटल, किराना र माछा पसल गरी जम्मा १७ वटा पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलमा उपभोक्ताको स्वास्थ्यमा अत्यन्तै हानी गर्ने म्याद गुज्रिएका सामानदेखि मूल्यसूची नराखिएका पलसहरू भेटिए । चाडपर्व नजिकिएसँगै बजारमा बढी किनमेल हुने र यसै समयमा व्यवसायीले…

Read More