प्रदेश नम्बर २ मा सेनाद्वारा बाटो मर्मत सम्पन्न

प्रदेश नम्बर २ मा सेनाद्वारा बाटो मर्मत सम्पन्न

काठमाडौँ | गत साउन महिनामा परेको अविरल वर्षापछि प्रदेश नम्बर २ का बाढीबाट प्रभावित आठ जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरू मर्मत कार्य सम्पन्न भएको छ । आगामी असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचनको क्रममा सर्वसाधारण जनतालाई मतदान केन्द्रहरूसम्म पुग्ने पहुँच मार्ग तथा सडकहरू सुरु गर्न स्थानीय निकायहरूसँगको सहकार्यमा नेपाली सेनाले मर्मत तथा स्तरोन्नति कार्य आजबाट सम्पन्न गरेको जनाएको छ । सेनाले पर्सा जिल्लाका चार स्थानमा एक किलोमिटर सडक र एउटा कल्भर्ट, बाराको पाँच स्थानमा सात किलोमिटर सडक, रौतहटको फतुवा, महेशपुर र राजपुर नगरपालिकाको विभिन्न स्थानमा चार…

Read More

भूउपयोग नीति पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन आवश्यक छ: रावल

भूउपयोग नीति पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन आवश्यक छ: रावल

धनगढी | नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भूउपयोग नीति पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताएका छन् । कृषिमा आधुनिकिकरण, पर्यटन विकास, सामुदायिक वन व्यवस्थान तथा अव्यवस्थित बसोवासको व्यवस्थापन सम्बन्धी जिल्लास्तरिय नीति निर्माणको लागि बृहत छलफल कार्यक्रम रावलले सो कुरा बताएका हुन् । उपाध्यक्ष रावलले भूउपयोग नीति कडाईका साथ लागू हुने हो भने विद्यमान समस्या समाधान हुने बताए । उनले ७ नं. प्रदेशमा प्रचुर संभावना रहेको बताउँदै ती संभावनालाई उजागर गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले राजनीतिक स्थायीत्व नभएरसम्म देशले आर्थिक रुपमा निकास नपाउने भन्दै प्रदेश र प्रतिनिधि…

Read More

मेगा बैंकका कर्मचारी अर्याल मृत फेला

मेगा बैंकका कर्मचारी अर्याल मृत फेला

रसुवा | मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको आज निधन भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका छन् । उनी आफ्नै डेरामा आज बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ । कामनपा वडा नं ३४ पुरानो बानेश्वर घर भएका अर्यालको मृत्युको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

Read More

बाघको छालासहित एक जना पक्राउ

बाघको छालासहित एक जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आठ फिट आठ इन्च लामो बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । पाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बुधवार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ८ गणेश चोकबाट सुर्खेत चिसापानीका ६३ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो। शाहीको साथबाट प्रहरीले एक थान बाघको छाला बरामद गरेको छ। प्रहरीले शाहीलाई जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ।दुर्लभ बन्यजन्तुको कारोवारमा संलग्नलाई पाँच लाख रुपैँयादेखि दश लाख रुपैँयासम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

Read More

सूचनाका आधारमा व्यापारीमाथि अनुसन्धान भइरहेको छ: आपूर्ति मन्त्री

सूचनाका आधारमा व्यापारीमाथि अनुसन्धान भइरहेको छ: आपूर्ति मन्त्री

काठमाडौँ। आपूर्तिमन्त्री शिवकुमार मण्डलले मुलुकमा राजश्व ठगी गर्ने व्यवसायीलाई केही दिनभित्र सरकारले सार्वजनिक गर्ने बताउनुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको १२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री मण्डलले ठूला व्यापारी तथा उद्योगीमाथि शतप्रतिशत सूचनाका आधारमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा कानुन छ तर कार्यान्वयन पक्ष फितलो छ । कानुन लागू गर्ने सन्दर्भमा इराक र कुवेतको अभ्यास अवलम्बन गर्नुपर्छ ।” ठगी गर्ने व्यापारीले अनुगमनमा जाँदा आफूहरुको गल्ती नस्वीकार्ने बरु ‘यस्ता मन्त्री कति आए कति’ भन्ने जवाफ दिने गरेको बताउँदै मन्त्री मण्डलले भन्नुभयो, “म जति दिन मन्त्रीको हैसियतमा रहन्छु…

Read More

पहिरोलेको ४२ घरधुरी जोखिममा, घर बनाउन सुरक्षित ठाउँ भएन

पहिरोलेको ४२ घरधुरी जोखिममा, घर बनाउन सुरक्षित ठाउँ भएन

नुवाकोट । निरन्तरको पहिरोले सूर्यगढी गाउँपालिका–२ बागेश्वरी कटुञ्जेका ४२ घरपरिवार उच्च जोखिममा परेका छन् । बस्तीको तल र माथि दुवैतर्फबाट निरन्तर पहिरो बगिरहेकाले सुरक्षित स्थानमा बासस्थान मिलाउन आग्रह गरेका छन् । भूकम्पका कारण आवास क्षति बेहोरेर लाभग्राही सूचीमा सूचीकृतसमेत भएका उनीहरुले प्राविधिकले ‘बस्ती असुरक्षित’ भनेपछि नयाँ आवास निर्माण गर्न बञ्चित भएका छन् । पहिरोको जोखिमका कारण नयाँ घर बनाउन सुरक्षित स्थानको अभावले पीडितले घर बनाउनबाट बञ्चीत भएपछि सुरक्षित स्थानमा स्थानान्तरण र आवास निर्माणका लागि जग्गाको व्यवस्था मिलाउन पीडित परिवारले माग गरेका छन् । भूकम्पले घरमा क्षति पुर्याएर पीडित भएकालाई पहिरोले बस्ती…

Read More

सामाजिक सञ्जालबाट बालबालिकामाथि यौन दुव्र्यवहार बढ्ने जोखिम

सामाजिक सञ्जालबाट बालबालिकामाथि यौन दुव्र्यवहार बढ्ने जोखिम

काठमाडौँ । बढ्दै गएको सूचना र प्रविधिको प्रयोगले बालबालिकालाई यौनजन्य घटनाको शिकार बनाउँदै गएको पाइएको छ । भ्वाइस अफ चिल्डे«नले आज काठमाडौँमा आयोजना गरेको ‘सूचना, सञ्चार र प्रविधिको माध्यमबाट हुने बालयौन दुव्र्यवहार’ विषयको एक कार्यक्रममा इन्टरनेटबाट खेल खेल्ने र भाइबर, ट्वीटर, याहु, जिमेल जस्ता सामाजिक सञ्जालको प्रयोगले बालयौनजन्य घटना बढ्दै गएको बताइएयो । भ्वाइस अफ चिल्डे«नका कार्यक्रम संयोजक कृति भट्टराईका अनुसार इन्टरनेटका माध्यमबाट कुनै पनि व्यक्तिले बालबालिकामाथि यौन आशय झल्किने गरी गर्ने गतिविधि सूचना÷सञ्चारको माध्यमबाट हुने बाल यौन दुव्र्यवहार हुन् । उहाँले भन्नुभयो, “प्रविधिको गलत प्रयोग, सामाजिक सञ्चालमा नचिनेको व्यक्तिलाई…

Read More

ग्रामीण महिलाको अधिकारबारे नीति बन्दै

ग्रामीण महिलाको अधिकारबारे नीति बन्दै

काठमाडौँ । “गाउँमा महिलाले घाँस काट्छन्, गाईभैँसीको दूध दुहन्छन्, दूध बेचेर पैसा ल्याउँछन्, अनि त्यो पैसा पुरुषलाई दिन्छन् तर, खर्च पुरुषको तजबिजीमा हुन्छ”– राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष भगवती घिमिरे भन्नुहुन्छ, “लोकतन्त्र ल्याउन हामी महिलाको पनि उत्तिकै भूमिका छ, त्यसैले परिवर्तनको अनुभूति दिलाउन महिलालाई सबै क्षेत्रमा अधिकारको उपभोग गराउनुपर्छ ।” यस्तो विभेदपूर्ण व्यवहार अन्त्यका लागि ग्रामीण महिलासम्बन्धी नीतिको आवश्यकता लामो समयदेखि बहसको विषय बनेपनि अहिलेसम्म जारी हुन नसकेको सन्दर्भमा उक्त नीतिको मस्यौदा ग्रहण गर्दै कावा अध्यक्ष घिमिरेले महिला र पुरुषको समविकासबिना समृद्ध नेपालको परिकल्पना पूरा नहुने बताउनुभयो । महिला अधिकारका…

Read More

संखुवासभा र तेह्रथुमवासीको पूर्वी तराई जोड्ने सडक यात्रा जोखिमपूर्ण

संखुवासभा र तेह्रथुमवासीको पूर्वी तराई जोड्ने सडक यात्रा जोखिमपूर्ण

संखुवासभा | निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको लापर्बाहीका कारण संखुवासभाको सदरमुकाम खाँदबारी र तेह्रथुमको वसन्तपुर हुँदै सदरमुकाम म्याङ्लुङ जोड्ने सडक मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ । हिलो सडकमा सवारी गुड्न नसक्दा कृषि उपज र खाद्यान्न ढुवानीमा जिल्लावासीले सास्ती व्यहोर्दै आएका छन् । निर्माण व्यवसायीले कमसल निर्माण सामग्री प्रयोग गर्ने, समयमा काम सम्पन्न नगर्ने, ठेक्का सम्झौता भएको महिनौँसम्म सडक निर्माणस्थलमा देखा नपर्ने, पेश्की रकम लिएर सम्पर्कविहीन हुनेजस्ता गतिविधि गर्दासमेत सडक डिभिजन कार्यालयले रेखदेख नगरेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अनन्त गौलीले गुनासो गरे । सवारी सञ्चालन हुनै नसक्ने गरी…

Read More

काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छ: प्रधानमन्त्री देउवा

काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छ: प्रधानमन्त्री देउवा

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँगे्रसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन् । जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस पार्टी मधेशी जनताको भावनाको कदर र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छ भने । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको बताउँदै काँगे्रसले जित्यो भने मात्रै मधेशको मुद्दाको सम्बोधन हुने दाबी गरे । मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उनले उल्लेख गरे र नेपालीमाझ एक आपसमा सौहार्दता बनाइराख्न…

Read More