आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

दोलखा । दोलखामा आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको बिगु–८ स्थित कालिन्चोक आधारभुत विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गर्न खोजेको आरोपमा शिक्षक सुन्दर पाण्डेलाई दोलखा प्रहरीले पक्राउ गरेको हो । १९ गते विद्यालय समय पश्चात किताब दिने बहानामा कोठामा बोलाई बलात्कार गर्न खोजेको उजुरी जिल्ला प्रहरी कार्यालय दोलखामा परेपछि पक्राउ गरिएको दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

Read More

अनुगमनमा बन्द भएका भरतपुर र नारायणगढ क्षेत्रका औषधी पसल खुले

अनुगमनमा बन्द भएका भरतपुर र नारायणगढ क्षेत्रका औषधी पसल खुले

चितवन । औषधी व्यवस्था विभागले चितवनको भरतपुर महानगरपालिकामा यस अधि गरेको अनुगमनमा बन्द भएका भरतपुर र नारायणगढ क्षेत्रका ५ औषधी पसल बुधवार विभागकै शाखा कार्यालय विरगंजको प्रतिनिधिको रोहवरमा खोलीएका छन् । शाखा प्रमुख भाग्य नारायण सिंहको नेतृत्वमा आएको टोलीले नारायणगढमा रहेको रुपाली होमियो र रोहित औषधालय, गंगा औषधालय, अनमोल आयुवैद्धिक, बस्नेत मेडिकल र मनु फार्मैसीको ताला खोली दिएको हो । विंरगज शाखाका अनुगमन निरिक्षक विजय यादवको टोलीले यस अधि यो ५ पसललाई बन्द गर्नू का साथै अन्य औषधी पसलहरुलाई सुध्रन निर्देशन दिएको थियो । सवै औषधी पसलहरुले विभागको विरगंज शाखामा…

Read More

ढुंगाले च्यापेर एकको मृत्यु, एक घाईते

ढुंगाले च्यापेर एकको मृत्यु, एक घाईते

दार्चुला । दार्चुलामा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ एक जना गम्भिर घाईते भएका छन् । जिल्लाको मालिकार्जुन गाविस वडा नं. ३ मलबावकी लक्ष्मी धामीको खोलामा पानी भर्न गएको बेला माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीस्का अनुसार उनीसँगै रहेका १८ वर्षीया नन्द दीपा धामी गम्भीर घाइते भएकी छिन् । पानी भर्न गएका नन्द भाउजुलाई माथिबाट खसेको ढुङ्गाले च्यापेको हो । गम्भीर घाइते दीपाको उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको छ ।  

Read More

४९ करोड ५५ लाख विनियोजित, शिक्षा र सरसाफाईमा केन्द्रित

४९ करोड ५५ लाख विनियोजित, शिक्षा र सरसाफाईमा केन्द्रित

मनिष गुप्ता, कपिलबस्तु। जिल्लाको कृष्णनगर नगरपालिकामा २०७४/०७५ को आर्थिक बजेट नगर सभा गरि सर्वजनिक गरिएको छ । आर्थिक ०७४र७५ मा नगरपालिकाले कुल ४९करोड ५५ लाख ४९ हजार बराबरको बजेट विनियोन गरेको जानकारी कार्यकारी अधिकृत गणेश प्रसाद अर्यालले दिएका छन ।यस आर्थिक बर्षमा वित्तिय अनुदान २९ करोड ८१ लाख , सशर्त अनुदान ८ करोड ८० लाख ,समाजिक सुरक्षा तर्फ ६ करोड , आन्तरिक आय १ करोड ७७ लाख तथा गत बर्षको अ.ल्या. ३ करोड १७ लाख गरि कुल ४९ करोड ५५ लाखको आम्दनी बांधिएको छ । त्यसैगरि चालु आर्थिक बर्षमा कार्यालय…

Read More

कांग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

कांग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

लहान । सिरहामा काँग्रेसका उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार गरिएको छ । जिल्लाको गोलबजारमा गोलबजार नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार हरिनारायणसिह महतोको गाडीमा अज्ञात समूहले विहीबार बेलुका पेट्रोल बम प्रहार गरेको हो । महतोको बीआरआईएएफ १६०५ नम्बरको स्कारपियो गाडीमा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ । असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको क्रममा प्रचारप्रसार गरी बेलुका कांग्रेस कार्यकर्ता प्रमोद सिंहको घरमा पार्किङ गरी राखिएको अवस्थामा गाडीमा पेट्रोल बम प्रहार भएको हो । बम प्रहारबाट मानवीय क्षति नभएपनि गाडीको गाडीको भाग जलेको छ । दुई जनाको…

Read More

प्रमुख निर्वाचन आयुक्तले स्थलगत अनुगमन गर्ने

प्रमुख निर्वाचन आयुक्तले स्थलगत अनुगमन गर्ने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचनको स्थलगत अनुमगन गर्ने भएको छ । प्रमुख आयुक्त डा यादवले शुक्रबारदेखि निर्वाचनको दिनसम्म बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा र सिराहाको स्थलगत अनुगमन गर्ने आयोगले जनाएको छ । सो क्रममा उहाँले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, निर्वाचनसँग सरोकार राख्ने व्यक्ति तथा समूहसँग छलफल तथा भेटघाट गर्ने आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

Read More

मालपोत कार्यालयका प्रमुखलाई अज्ञात समूहले कालोमोसो दल्यो

मालपोत कार्यालयका प्रमुखलाई अज्ञात समूहले कालोमोसो दल्यो

नवलपरासी | मालपोत कार्यालय कावासोतीका प्रमुखलाई बिहिबार अज्ञात समूहले कालोमोसो दलेको छ । भ्रष्टाचारी भन्दै कार्यालय समयमा कार्यालयमै तीन जनाको समूहमा आएका व्यक्तिहरुले कालोमोसो दलेका छन् । कालोमोसो दल्ने युवाहरु फरार रहेपनि उक्त स्थानमा जनसत्ता नवलपरासी लेखीएको पर्चा भेटिएको छ । पर्चामा लेखिएको छ, ‘मालपोत कार्यालयमा खलेआम भ्रष्टाचार बढेको, तीस लाख भन्दा बढी थैलि घटाएर पुजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालीबाट लाखौ रुपैयाँ रकम लिने गरेको उल्लेख गरिएको छ ।’ उनिहरुको खोजिकार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालयका डिएसपी नविनराज राईले बताउनुभयो ।

Read More

एन्फाले थ्रीस्टारलाई क्षतिपूर्ति दिने

एन्फाले थ्रीस्टारलाई क्षतिपूर्ति दिने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ५० लाख दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिक रुपमा दिने निर्णय गरेको हो । थ्रीस्टारले गत वर्ष एन्फाको लापर्बाहीका कारण एएफसी कपको दोस्रो चरणको खेल खेल्न पाएको थिएन । उक्त खेल खेल्न नपाएपछि थ्रीस्टारले रु छ करोड क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरेको थियो । उक्त निर्णय आगामी असोज २३ गते हुने एन्फाको विशेष साधारणसभाबाट अनुमोदनका लागि प्रस्तुत गरेपछि मात्र कार्यान्वयन…

Read More

अपांग महासंघको ठहारः ‘बौद्धिक अपांगता भएका मानिस गरिबीको दुष्चक्रमा’

अपांग महासंघको ठहारः ‘बौद्धिक अपांगता भएका मानिस गरिबीको दुष्चक्रमा’

काठमाडौँ | बौद्धिक अपांगता भएका अधिकांश मानिसको सामाजिक जीवन गरिबीको दुष्चक्रमा परेको पाइएको छ ।  राष्ट्रिय अपांग महासंघले आज आयोजना गरेको छलफल कार्यक्रममा सहभागी वक्ताले उनीहरुले शिक्षा प्राप्त गर्न नसक्ने हुँदा रोजगारी पाउन नसक्ने समस्याका कारण गरिबी बढ्ने गरेकामा चिन्ता गरेको छ । अटिज्म (सुस्त मनस्थिति), डाउन सिन्ड्रम(बौद्धिक अपांगता) र मनोसामाजिक अपांगतालाई लिइएको छ । महासंघका महासचिव राजु बस्नेतले उनीहरुलाई सामाजिक रुपान्तरणका लागि सरकारी तथा गैरसरकारी संस्थाले आर्थिक सशक्तीकरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । महासंघका पूर्वसचिव महेश्वर घिमिरेले उनीहरु शारीरिक र मानसिक समस्याले ग्रसित हुने हुँदा समाजमा स्थापित गर्न कठिन…

Read More

सर्वोच्च अदालतमा भिडियो कन्फेरिन्सङ सेवा शुरु

सर्वोच्च अदालतमा भिडियो कन्फेरिन्सङ सेवा शुरु

काठमाडौँ | सर्वोच्च अदालतले सेवाग्राहीलाई न्याय सेवामा सुनिश्चितता गर्न आजदेखि भिडियो कन्फेरिन्सङ सेवा शुरु गरेको छ ।  सो प्रविधिबाट टाढा रहेको स्थानबाट साक्षी परीक्षण गर्ने, बयान गराउने र प्रमाण बुझ्ने काम भएपछि अदातल धाउनुपर्ने बाध्यता हट्नेछ । मुद्दाको सुनुवाइका क्रममा साक्षी परीक्षण, विशेषज्ञको बयान÷बकपत्र गराउन एवं अभियुक्तलाई हिरासतमा राख्ने–नराख्ने जस्ताको निर्णय पनि भिडियो कन्फेरिन्सङमार्फत सम्बन्धित निकायलाई दिइने छ । सेवाबाट मुलुकभरका कुनै पनि अदालतमा हुने कार्यक्रममा सीधै प्रधानन्यायाधीश तथा न्यायधीशले प्रशिक्षण, तालिम र गोष्ठी समेत सम्बोधन गर्ने छन् । भिडियो कन्फेरिन्सङ सेवाको आज प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले उच्च अदालत पाटनका मुख्य…

Read More