बाढीबाट सिँचाइ क्षेत्रमा रु २० अर्ब क्षति

बाढीबाट सिँचाइ क्षेत्रमा रु २० अर्ब क्षति

भद्रपुर । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले साउन महिनाको अन्तिम साता आएको अविरल वर्षा र बाढीबाट मुलुकभर सिँचाइ क्षेत्रमा रु २० अर्बको क्षति भएको बताउनुभएको छ । झापाको गौरीगञ्ज–१ स्थित चौरीटापु, रंगियाथानलगायत नदीमा आएको बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्दै उहाँले कृषि उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिँचाइका संरचना निर्माणको काम तत्काल अघि बढाइने जानकारी दिनुभयो ।

Read More

१५ सञ्चारमाध्यमद्वारा आचारसंहिता उल्लंघन

१५ सञ्चारमाध्यमद्वारा आचारसंहिता उल्लंघन

काठमाडौं | प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लघंन गर्ने प्रदेश नंं २ का १५ सञ्चारमाध्यमलाई सचेत गराएको छ । स्थानीय तह चुनाव अन्तर्गत तेस्रो चरणमा प्रदेश नं २ मा आगामी असोज २ गते हुने चुनावसम्बन्धी सामग्री प्रकाशन÷प्रसारण गर्दा २८ सामग्री आचारसंहिता प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ । दुई छापामाध्यम, नौ रेडियो, एक टेलिभिजन र तीन अनलाइनले आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन÷प्रसारण गरेको अनुगमनका क्रममा फेला परेको काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार तोकिएको समय र साइजभन्दा बढीको सामग्री दुई छापामा प्रकाशन भएको र रेडियोले १२ वटा प्रसारण गरेको, तोकिएको साइजको विज्ञापन…

Read More

सुरक्षा विषयमा सहकार्य र समन्वय हुनुपर्नेमा जोड

सुरक्षा विषयमा सहकार्य र समन्वय हुनुपर्नेमा जोड

लुम्बिनी । नेपाल–भारत सुरक्षा अधिकारीबीच शान्ति सुरक्षा तथा वर्तमान विविध समसमायिक विषयमा आज छलफल भएको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवाली तथा भारतीय सशस्त्र सुरक्षा बल नौतनवाका प्रमुख कमाण्डेण्ट शिव दयालबीच सीमा नाका सुनौलीमा भएको जाम, लागुऔषध तथा ओसारपसार, चेलीबेटी बेचबिखन, हतियार नियन्त्रण, जाँचमा ढिलासुस्ती र सीमा विवादलगायत विषयमा छलफल गरिएको थियो । सुरक्षा व्यवस्था प्रभावकारी बनाउन दुवैतर्फका सुरक्षकर्मीले अनुशासन कायम गर्नाका साथै नम्र वचन प्रयोग गर्नुपर्ने, आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने, समय समयमा सुरक्षा सम्बन्धमा सरोकार भएका पक्षबीच सहकार्य र समन्वय हुनुपर्नेतर्फ दुवैतर्फबाट जोड दिइएको थियो ।…

Read More

ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । सरकारले चीन सरकारसँग ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेका अवसरमा यहाँँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रको बिस्तृत विकास र विकासका लागि चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्रीको केही दिनअघि सम्पन्न चीन भ्रमणका समयमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रअनुसार नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा नेपालको जलविद्युत् क्षेत्रमा थप लगानी भित्रने विश्वास सरकारले लिएको छ । यस्तै मुलुकका विभिन्न नदी जलाधार क्षेत्रमा अध्ययन गर्नसमेत उक्त…

Read More

वैदेशिक रोजगार ठगी मुद्दाका फरार दोषी पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार दोषी पक्राउ

काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दाका फरार दोषी काठमाडौँ नक्साल बस्ने प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगीका दुई मुद्दामा डंगोललाई चार वर्ष छ महिना कैद र रु चार लाख ५० हजार जरिवाना हुने ठहर भएकामा हालसम्म उनी फरार थिए । डंगोललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सुन्धाराबाट पक्राउ गरेको हो । दोषी डंगोलसमेतले सिन्धुली, कमलामाई नगरपालिका बस्ने राजकुमार घिसिङसहित चार जनालाई वैदेशिक रोजगारीका लागि युक्रेन लगिदिन्छु भनी २०६५ वैशाख…

Read More

फिफा बरियतामा नेपाल तल झ-यो

फिफा बरियतामा नेपाल तल झ-यो

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ । नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो । त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १५४ औँ स्थानमा रहेको छ…

Read More

प्रहरीद्वारा दशैँ तिहार सुरक्षा योजना सार्वजनिक

प्रहरीद्वारा दशैँ तिहार सुरक्षा योजना सार्वजनिक

भक्तपुर | महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपराधिक घटना घट्न नदिन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको बताउनुभयो । प्रहरीका वृत्त प्रभाग तथा इकाइबाट घरदैलो तथा सचेतनामूलक पर्चा वितरण तथा माइकिङ शुरु गरेको जानकारी दिँदै उहाँले सामुदायिक प्रहरीलाई घरदैलोमै पठाएर सुरक्षित हुनेबारे जानकारी गराउने बताउनुभयो । चाडपर्वलाई लक्षित गरी आपराधिक…

Read More

पूर्वराष्ट्रपतिका लागि आवास गृह निर्माण गर्न प्रस्ताव

पूर्वराष्ट्रपतिका लागि आवास गृह निर्माण गर्न प्रस्ताव

काठमाडौँ | पूर्वराष्ट्रपतिका लागि आवासको व्यवस्था गर्न राज्यले स्थायी रुपमै आवास भवन बनाउनुपर्ने संसदीय उपसमितिले निष्कर्ष निकालेको छ । पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिको आजको बैठकमा सांसदहरुले पूर्वराष्ट्रपतिको आवासको व्यवस्था सरकारले गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रस्तावित विधेयकमा काठमाडौँ उपत्यकामा आफ्नो वा आफ्नो एकाघरको परिवारका नाममा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक रु दुई लाख भाडा उपलब्ध गराउने उल्लेख छ । सरकारले पूर्वराष्ट्रपतिका लागि भवन बनाइदिने र भवन नबनुन्जेल सम्मका लागि भाडावापत सो रकम दिने सहमति भएको सांसद जीवनबहादुर शाहीले जानकारी दिए…

Read More

महिलामा किन भइरहेछ सेक्सप्रति मोहभंग

महिलामा किन भइरहेछ सेक्सप्रति मोहभंग

स्टडी अफ ब्रिटिश सेक्शुअल एटीट्युड्सका अनुसार जुन महिला एक पार्टनरसँग बसिरहेकी छन्, उनीहरुमा पुरुषको तुलनामा सेक्समा दुई गुना रुची कम भएको छ । समयसँगै महिला र पुरुषमा सेक्सका विषयमा उत्साह कम हुने गर्दछ । महिलाहरु भने अक्सर लामो रिलेशनसीपमा सेक्सका विषयमा उदासिन हुने गर्दछन्। कुल मिलाएर खराब स्वास्थ्य र भावनात्मक लगावमा कमीका कारण महिला र पुरुषहरुमा सेक्सप्रति इच्छा कम भइरहेको छ। यो सर्बेमा करिब पाँच हजार पुरुष र ६ हजार ७ सय जना महिलालाई सहभागी गराइएको थियो । यो अध्ययन बीजेएम जर्नलका प्रकाशित छ । ब्रिटेनका शोधकर्ताहरुका अनुसार सेक्स गर्ने…

Read More

निर्वाचनमा मधेशीले ब्यालेटलाई सदुपयोग गर्छ: नेता महतो

निर्वाचनमा मधेशीले ब्यालेटलाई सदुपयोग गर्छ: नेता महतो

लहान । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूमाथि दमन गर्नेसँग मधेशी जनतालाई ब्यालेटमार्फत बदला लिने अवसर आएको बताएका छन् । स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा सप्तरीको खड्ग नगरपालिकास्थित कल्याणपुरमा आज आयोजित सभामा उनले भने – ‘मधेशीमाथि भएको दमनको बदला निर्वाचनमा मधेसी जनताले ब्यालेटलाई सदुपयोग गरेर देखाइने छ ।’ नेता महतोले निर्वाचनमा राजपाका उम्मेदवारलाई जिताउनका लागि गाउँगाउँमा प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिदै “ विगतमा ठूला तीन दल मधेशी जनतासँग मत लिएर उल्टै मधेशी जनतामाथि सामन्ती व्यवहार देखाएकाले अबको निर्वाचनमा ती पार्टीलाई मधेशी जनताले सबक सिकाउनै पर्नेमा…

Read More