युरोप सह-संयोजकमा कमलको उम्मेदवारी, पोर्चुगलवासी भन्छन ‘कमल’ सुख दुःखका साथी हुन

युरोप सह-संयोजकमा कमलको उम्मेदवारी, पोर्चुगलवासी भन्छन ‘कमल’ सुख दुःखका साथी हुन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्वसम्मेलनबाट बन्ने नयाँ नेतृत्वका लागी युरोप सह-संयोजकको रुपमा भिम केसी ‘कमल’ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । पोर्चुगलमा रहेर लामो समयदेखी एनआरएनएमा सक्रिय कमलले संघमा युरोपका नेपाली समुदायको सहभागिता बढाउने एवं विश्वभरका नेपाली समुदायलाई अझै गोलवद्ध बनाउने अभियानसहित आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन । विदेशमा रहेर पनि आफ्नो नियमित व्यवसायसँगै नेपालभित्र र बाहिर रहेका नेपाली समुदायको सेवामा समर्पित भिम केसी कमलले युरोप क्षेत्रका नेपाली समुदायका दुःखसुखमा सक्रिय सहभागिता जनाउदै आएका छन । गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्षसमेत रहेका कमल नेपालमा गएको महाभूकम्प र…

Read More

विदेश जान छाडेर अलैचीका बिरुवा बेच्दा एक बर्षमा २ करोड आम्दानी

विदेश जान छाडेर अलैचीका बिरुवा बेच्दा एक बर्षमा २ करोड आम्दानी

  रोजगारीका लागी कृषि मजदुरकै रुपमा दैनिक दर्जनौ युवाहरु विदेश जान लर्को लाग्दा लमजुङका किसानले भने अलैचीका बिरुवा बेचेर नै मनग्ये आम्दानी गरेका छन । लमजुङमा उत्पादित अलैचीका बिरुवा बाग्लुङ पर्वत म्याग्दी लगायतका जिल्लामा पठाएर यो बर्षमात्रै २ करोड बढि आम्दानी भएको छ । अलैची व्यवसायी संघ लमजुङका अनुसार यो बर्ष २५ लाख भन्दा बढी अलैँचीको बिरुवा बिक्री भएको छ । जिल्लाका विभिन्न ठाउँमा भएका नर्सरीबाट यत्रो सङख्यामा अलैँचीका बिरुवा बिक्री भएको हो अलैँची व्यवसायी महासंघ लमजुङ अनुसार, अलैँचीको एउटा बिरुवा ९ रुपैयाँका दरले बिक्री गरिएको थियो । बिरुवा बिक्री…

Read More

यसकारण मनले भन्छ अब दशै दशै रहेन, केवल औपचारिकता मात्रै

यसकारण मनले भन्छ अब दशै दशै रहेन, केवल औपचारिकता मात्रै

  हिन्दुहरुको महान पर्व दशै, तर दशै समयसँगै बदलिएको छ । पहिलेपहिले जब दशैको कुरा आउछ मिठो खान राम्रो लगाउने साथीसंगती बस्ने रमाईलो गर्ने पर्वका रुपमा चित्रित हुन्थ्यो । जमना यस्तो थियो नयाँ लुगा लगाउनुपरे दसैं कुर्नुपर्ने थियो । तर त्यसैमा खुबै रमाइलो हुन्थ्यो यस्तो कुरा अचेल कुनै कथाजस्तै लाग्छ । हामी आफैलाई अबको पिढीले भने दशैलाई कस्तो स्मृति बनाउने हुन त्यो देख्न बाँकी छ । समय यसरि फेरियो कि दशैमा किन्ने लुगा अहिले हप्ता हप्ता किन्ने चलन छ । माछा मासु बिनाका परिकार नै बन्न छाडे । खालि यत्ति…

Read More

कोमल वली एमाले प्रवेश गर्नुको कारण यस्तो छ, छोरी बन्दैछिन कोमल

कोमल वली एमाले प्रवेश गर्नुको कारण यस्तो छ, छोरी बन्दैछिन कोमल

केही समयअघि मात्रै राजनीतिमा लाग्ने भन्दै राप्रपा प्रवेश गरि केन्द्रीय सदस्य बनिसकेकी गायिका कोमल वलीले पार्टी परिवर्तन गर्ने भएकी छन । नेता बन्ने तीव्र महत्काक्षाकासहित राप्रपा प्रवेश गरेकी ओली राजनीतिमा होमिएलगत्तै राप्रपा फुटेपछि बिरक्तिएर  फेरि नयाँ पार्टीको खोजीमा लागेको ओलीनिकट स्रोत बताउछ । चर्चित सेलिब्रेटी राजनीतिमा होमिन खोजेदेखीनै आफ्नै पार्टीमा ल्याउने कसरत थालेका केपी शर्मा ओलीले छोरीलाई भेट्ने भन्दै बालकोट बोलाएर कोमल वलीलाई आफनै बाबुसँगै बस्न प-यो भन्दै कन्भिन्स गरेका थिए । यसो त दाङका एक चर्चित व्यापारी नेतासमेत कोमल वली वा रेखा थापा एमाले प्रवेश गरे आफुपनि एमालेमा आउने…

Read More

अमेरिकामा नेपाली गायिकालाई युवकले बियर पिएर एउटै बेडमा सुत्न बाध्य पारेपछि

अमेरिकामा नेपाली गायिकालाई युवकले बियर पिएर एउटै बेडमा सुत्न बाध्य पारेपछि

    क्यालिफोर्नियामा बस्दै आएकी युवा कलाकार निक्की कार्कीले आफूमाथि यौन दुव्र्यवहारको प्रयास प्रयास भएको बताएकी छिन । क्यालिफोर्नियामा बस्ने कलाकार कार्कीलाई एक नेपाली युवक सुशिल नेपालले कार्यक्रममा गित गाउन भन्दै बोलाएर आफनै कोठमा लगेर बियर पिएर एउटै बेडमा सुत्न बाध्य बारेको कार्कीले भिडियो सन्देशमार्फत सार्वजनिक गरेकी छन । २० वर्षीया निक्कीले सामजिक संजालमा सार्वजनिक गरेको भिडियोमा एक नेपाली पुरूषले यौन दुव्र्यवहारको प्रयास गरेको आरोप लगाएकी छन । नर्थ क्यारोलिनामा बस्दै आएका सुशील नेपालले सांस्कृतिक प्रस्तुति गर्न क्यालिफोर्नियाबाट नर्थ क्यारोलिना जाँदा एयरपोर्टबाट सिधै आफ्नो रुपमा लगेर यौन दुव्र्यवहारको प्रयास गरेको…

Read More

खाना खादैं गर्दा आफ्नै साथीले एकलाख चोरेर बाल्कोनीमा फालेपछि….

खाना खादैं गर्दा आफ्नै साथीले एकलाख चोरेर बाल्कोनीमा फालेपछि….

खाना खाईरहेको बेला आफ्नै साथीहरुकावीचमा हराएको कृष्ण प्रसाद ताम्रकारको पैसा भेटिएको छ । भक्तपुर टिबुक्छे बस्ने कृष्णप्रसाद ताम्राकारको हराएको एक लाख २५ हजार रुपैयाँ प्रहरीले भेटाइदिएको हो । शुक्रबार राति भक्तपुरको शिवा गेष्ट हाउसमा साथी भाइहरुसंग खाना खाने क्रममा उनको साथमा रहेको रकम हराएकाले ताम्राकारले प्रहरीमा उजुरी गरेका थिए । महानगरीय प्रहरी प्रभाग दरवारस्क्वायर भक्तपुरमा जानकारी गराएपछि सोही गेष्ट हाउसबाट रकम फेला पारेको महनगरीय प्रहरी परिसर भक्तपुरका प्रबक्ता कृष्ण प्रसाईले जनाए। खवर पाउनासाथ प्रहरी टोली खटी गई खोजतलास गर्दा सोही गेष्ट हाउसको ब्रण्डामा कागजमा बेरिएको अवस्थामा फेला परेको हो ।…

Read More

राजनीतिलाई फोहोरी खेल बनाउन खोजियो :अध्यक्ष दाहाल

राजनीतिलाई फोहोरी खेल बनाउन खोजियो :अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई फोहोरी खेल बनाउन खोजिएको बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “राजनीति जनताको सेवाका लागि गरिने सकारात्मक काम हो । राजनीतिलाई केही मान्छेबाट फोहोरी खेल बनाउन खोजियो । त्यस्तो प्रक्रिया माओवादीलाई स्वीकार्य छैन ।” अखिल नेपाल खेलकुद महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो, “खेलको आफ्नै नियम छ, यसको आफ्नै संस्कार र मान्यता छ, यसले खेलाडी र व्यक्तिगत जीवनलाई मात्रै होइन, देशलाई नै स्वस्थ र समृद्ध राख्न मद्दत गर्छ ।” राजनीति पनि एक प्रकारको खेल नै भएकाले त्यसको…

Read More

जन्मदिनमा राष्ट्रपतिको शुभेच्छाले राष्ट्रकविमा छाएको खुशी…

जन्मदिनमा राष्ट्रपतिको शुभेच्छाले राष्ट्रकविमा छाएको खुशी…

काठमाडौं । ‘एक शताब्दीदेखि राष्ट्रिय भावनाले ओतप्रोत नेपाली भाषा, साहित्यलाई स्तरीय बनाउने अभियानमा तपाइँका सिर्जनात्मक शतकार्य स्तूत्य छन् ।’ आफ्नो ९९ औँ जन्मोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त शुभेच्छाले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पुलकित बनायो । जन्मदिनका दिन बिहानदेखि साहित्यिक शुभेच्छुक र आफन्तले शुभकामना दिइरहेका बेला साँझ राष्ट्रपति भण्डारीको सचिवालयबाट घिमिरेलाई उक्त सन्देश र पुष्पगुच्छा प्राप्त भएको थियो । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव शर्मा र स्वकीय उपसचिव शिव भट्टराईले सो सन्देश हस्तान्तरण गरेपछि घिमिरेले भने, “सम्माननीयज्युमा मेरो कृतज्ञता जाहेर गरिदिनुहोला ।” ‘राष्ट्रकवि जस्तो गरिमामय साहित्य सम्मानबाट सम्मानित तपाइँको एक शताब्दीको…

Read More

तिलाठी–कोइलाडी गाउँपालिकामा राजपा विजयी

तिलाठी–कोइलाडी गाउँपालिकामा राजपा विजयी

राजविराज ।  तिलाठी–कोइलाडी गाँउपालिकाको प्रमुखमा सतिशकुमार सिंह र उपप्रमुखमा सुचिता यादव वियजी हुनुभएको छ । राजपा नेपालको तर्फबाट सिंहले दुई हजार ९८७ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अरुण यादवले दुई हजार ८७२ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै, राजपाकै उपप्रमुख पदमा यादवले दुई हजार ९६२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अनुपन सिंहले एक हजार ९७३ मत प्राप्त गरेका छन् । यसैबीच, गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएका सिंहले निर्वाचित भएलगत्तै झाडू बोकेर मतगणना स्थलमा रहेको अत्यधिक फोहोरलाई सफा गर्नुभएको छ…

Read More

दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना

दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना

काठमाडौँ । वडा दशैँको तेस्रो दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आरधना गरी मनाइयो । नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तूति गर्ने शास्त्रीय विधि रहेको छ । तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गर्ने परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन…

Read More