प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सर्ने

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सर्ने

मंसिर १० गतेका लागी तोकिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सर्ने कानुनमन्त्ती यज्ञ बहादुर थापाले बताएका छन् । कानुन, न्याय तथा संसदिय मामिलामन्त्री थापाले भने मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा सर्दैन् । विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने मन्त्री थापाको भनाइ छ । केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भइरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे । उनले भने, ‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका…

Read More

स्वास्थ्य बीमा ऐन ठूलो उपलब्धि: स्वास्थ्य मन्त्री

स्वास्थ्य बीमा ऐन ठूलो उपलब्धि: स्वास्थ्य मन्त्री

काठमाडौँ | स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा विधेयक ऐनको रूपमा आउनु ठूलो उपलब्धि भएको बताउनुभएको छ । आज मन्त्रालयले विधेयक पारित भएको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले बीमा कार्यक्रम अब ऐनअनुसार चल्ने बताउनुभयो । उहाँ भन्नुभयो, “जनताले दैनिक जीवनमा स्वास्थ्य सेवा पाएको महसुस गर्न पाउनेछन् । सरकारको जोड पनि त्यसैमा छ ।” उहाँले नसर्ने रोग धान्न नसक्ने गरी देखापरेकाले बीमाले यसलाई न्यून गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले दिने रु एक लाख ठूला रोगका लागि पर्याप्त नभएको समयमा आधारभूत स्वास्थ्य सेवाको जिम्मा राज्यले लिइदिँदा सेवाग्राहीलाई ठूलो मद्दत…

Read More

प्रहरीका वस्त्रमा बवण्डर, ५० करोडको सामान खरिद सेटिङमा भएको आरोप

प्रहरीका वस्त्रमा बवण्डर, ५० करोडको सामान खरिद सेटिङमा भएको आरोप

प्रहरीका लागी आवस्यक सामाग्री खरिदमा व्यापक अनियमितता भएको आरोप लागेको छ । प्रहरी प्रधान कार्यालयले यो बर्षका लागी चाहिने लत्ताकपडा, झोला, कम्बल लगायत १३ वस्तु खरिद गर्दा झण्डै पचास करोडको अनिमितता भएको आरोप लागेको छ । यस्ता सामानको खरिदको ठेक्का दिदाँ आफूअनुकूलका ठेकेदारमार्फत सेटिङ मिलाएको भन्दै सामाजिक सञ्जालमा यसको चर्को आलोचना भएको छ । केहीदिनअघिमात्रै प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखाले यो बर्षका लागी ५० करोडको सामान खरिदको जिम्मा लगाएको थियो । आफैंले परिक्षण गराएको रिपोर्टसमेत फेरबदल गर्दै प्रहरी महानिर्देशक प्रकाश अर्यालको ठाडो निर्देशनमा उनी निकट व्यापारीलाई ठेक्का दिएको सरोकारवालाको आरोप…

Read More

तादीखोलामा थापा मृत भेट्टिए

तादीखोलामा थापा मृत भेट्टिए

नुवाकोट | दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीका रुपचन्द्र थापा तादी खोला किनारामा मृत भेटिएका छन् । लिखु गाउँपालिका–४ चौघडास्थित तादी खोला किनारमा ३५ वर्षका थापाको शव आज अपराह्न भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । केही दिनअघिदेखि परिवारको सम्पर्कभन्दा बाहिर रहेका थापाको मृत्युको कारण खुल्न बाँकी रहेको छ ।  

Read More

निर्वाचनका बारेमा अब आशंका नगर्नुस्: प्रमुख आयुक्त डा यादव

निर्वाचनका बारेमा अब आशंका नगर्नुस्: प्रमुख आयुक्त डा यादव

धुलिखेल | प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थापन तालीम समापन समारोहमा उहाँले निर्वाचन हुनुपर्छ भन्ने सन्दर्भमा कतैबाट पनि विचलनको अवस्था नदेखिएकाले निर्वाचनका बारेमा आशंका नगर्न सबैसँग अनुरोध गर्नुभयो । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्ण पालना गर्न/गराउन राजनीतिक दल र सरकारलाई सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले आचारसंहिता उल्लंघन गर्ने जो…

Read More

वन रक्षक घुससहित पक्राउ

वन रक्षक घुससहित पक्राउ

काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय राजापुर, बर्दियामा कार्यरत वन रक्षक सीताराम थारुलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । काठ निकासी छुट पुर्जीको म्याद थप गरिदिने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उहाँलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ । आयोगले आजै कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ४ का वडा सचिव अयोध्या विश्वकर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सचिव विश्वकर्माले नागरिकताको प्रमाणपत्र बनाउन सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु सात हजार घुस लिएको आयोगले जनाएको छ ।

Read More

सरकार बचाउन आफ्नो पार्टीको समर्थनः अध्यक्ष थापा

सरकार बचाउन आफ्नो पार्टीको समर्थनः अध्यक्ष थापा

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धरापमा परेको सरकारलाई बचाउन आफ्नो पार्टीले समर्थन गरेको बताएका छन् । बुटवलमा आज रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन मंसिरमै हुने सुनिश्चितताका लागि सरकारको समर्थन गरेको उल्लेख गरे । निर्वाचन समयमै गर्न प्रधानमन्त्री प्रतिबद्ध रहेको अध्यक्ष थापाको भनाइ थियो । उनले सरकारलाई अप्ठेरो पार्न बाम एकता भएको बताउँदै अब लोकतन्त्रावादीहरुको एकताका लागि निर्वाचनमा काँग्रेस र अन्य लोकतान्त्रिक दलहरूसँग समीकरण गरेर जाने जानकारी दिए । उनले भने, “लोकतान्त्रिक शक्तिबीच तालमेल भए पनि सिट संख्याको विषयमा टुंगो लागेको छैन ।” दुई राप्रपाको…

Read More

संविधान कार्यान्वयन गर्न काँग्रेसको बहुमत आवश्यक: अर्थमन्त्री कार्की

संविधान कार्यान्वयन गर्न काँग्रेसको बहुमत आवश्यक: अर्थमन्त्री कार्की

इनरुवा ।  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधान कार्यान्वयन गर्न नेपाली काँग्रेसको बहुमत आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री कार्कीले प्रदेश र संघको निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने र संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कार्कीले संविधान संशोधन गर्न, विकास निर्माणलाई अगाडि बढाउन र समृद्ध नेपाल निर्माण गर्न नेपाली काँग्रेसको बहुमत आवश्यक रहेकाले अबको संघ र प्रदेशको निर्वाचनमा काँग्रेसलाई बहुमत दिएर पठाउन आग्रह पनि गर्नुभयो । नेकपा (एमाले)ले नेकपा माओवादी केन्द्रसँग एकता गरेर मुलुकलाई कमजोर गर्न खोजेको आरोप…

Read More

खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा युवकको मृत्यु

खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा युवकको मृत्यु

भीमदत्तनगर ।  कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा आज खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा एक युवकको मृत्यु भएको छ । स्थानीयवासी जितबहादुर चौधरीको घरमा काम गर्ने मजदुर ३५ वर्षीय सोमरी खुनाको हलो जोत्ने क्रममा गोरुले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गोरुको प्रहारबाट छातीमा गम्भीर चोट लागेका खुनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।

Read More

सिटिइभिटीका प्रमुखलाई कालोमोसो

सिटिइभिटीका प्रमुखलाई कालोमोसो

भक्तपुर । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई आज उनकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए । केही दिनअघि सिटिइभिटीले नर्सिङ्गलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले कालोमोसो दलेका हुन् । कालोमोसो दलेलगत्तै प्रहरी पुगेपछि विद्यार्थीहरू पछाडिको ढोकाबाट भागेको प्रहरीले बताएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्बन्धन दिएको भएपनि कालोमोसो कर्मचारीलाई दलिएको भन्दै सिटिइभिटीका…

Read More