उच्च माध्यामिक शिक्षा परिषदका तत्कालिन सहसचिव विरुद्ध भ्रष्टाचार मुद्धा

उच्च माध्यामिक शिक्षा परिषदका तत्कालिन सहसचिव विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । उच्च माध्यामिक शिक्षा परिषदका तत्कालिन सहसचिव देवीप्रसाद बाराकोटी विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराकोटीविरुद्ध तीन करोड भन्दा बढी बिगो कायम गरि भ्रष्टाचार मुद्धा दायर गरेको हो । बाराकोटीले प्रश्नतपत्र छपाई लगायत छात्रवृति वितरण गर्दा घुस लिई अकूत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । उनीविरुद्ध परेको उजुरी छानबिन गर्दा बराकोटीले २ करोड २ लाख ९० हजार ६ सय २ रुपैयाँ ४८ पैसा गैरकानुनी रुपमा आर्जन गरी सो सम्पत्तिबाट थप १ करोड १७ लाख ८३ हजार ५४६ रुपैयाँ ८४ रुपैयाँ बढाएको पाइएको अख्तियारले…

Read More

हत्यारा पत्ता नलगाएसम्म आन्दोलन जारी राख्ने, शव बुझ्ने

हत्यारा पत्ता नलगाएसम्म आन्दोलन जारी राख्ने, शव बुझ्ने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता नलगाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । महासंघले आज बिजुलीबजारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सोमबार दिउँसो नयाँ बानेश्वरमा अज्ञात समूहको गोली लागेर निधन भएका अध्यक्ष गौचनको हत्यारालाई चाँडो खोजी गर्न सरकारसमक्ष माग गरेको हो । सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले अध्यक्षको निधनले देशभरको निर्माण क्षेत्र शोकाकुल भएको भन्दै निर्माण व्यवसायलाई स्थगित गरेर आन्दोलनमा जानुपरेको बताए । “घटना भएको ४८ घण्टासम्म पनि दोषी पत्ता नलाग्नु मुलुकको गृह क्षेत्रको कमजोरी हो”– कावा अध्यक्ष श्रेष्ठले भने । उनले अहिलेसम्म…

Read More

निब्र्याजी ऋण बिना झन्झट प्रदान गर्न प्राधिकरणको निर्देशन

निब्र्याजी ऋण बिना झन्झट प्रदान गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिने निब्र्याजी रु तीन लाख ऋण सहजरुपमा प्रदान गर्ने व्यवस्था मिलाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था गरेको हो । प्राधिकरणले सरोकार भएका निकायलाई कर्जा प्रवाह सहजरुपमा गर्ने व्यवस्था मिलाउन पनि आह्वान गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, बैंकर्स एशोसियशन र…

Read More

नेशनल प्याब्सनको अधिवेशन सौराहामा हुने

नेशनल प्याब्सनको अधिवेशन सौराहामा हुने

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन(नेशनल प्याब्सन)को छैठौँ संस्करणको राष्ट्रिय अधिवेशन आउँदो कात्तिक १७ देखि १९ गतेसम्म चितवनको सौराहामा हुने भएको छ । नेशनल प्याब्सनको विधानअनुसार प्रत्येक तीन वर्षमा हुने सो अधिवेशनमा देशभरका दुई हजार ५०० प्रतिनिधिको सहभागिता रहने छ । मुलुकभर सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालयमध्ये नेशनल प्याब्सन सबैभन्दा ठूलो संस्था हो । यसको स्थापना विसं २०५४ मा भएको थियो । तीनदिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । साथै संघीयतामा विद्यालय शिक्षा तथा निजी शिक्षाको भूमिका, शुल्क निर्धारणका वैज्ञानिक आधार, मापदण्ड निर्धारणसम्बन्धी संस्थाको धारणा, छात्रवृत्ति, विद्यालय…

Read More

माओवादी केन्द्र र संयुक्तबीच पार्टी एकता

माओवादी केन्द्र र संयुक्तबीच पार्टी एकता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच आज पार्टी एकता भएको छ । आज यहाँ एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थी र कम्युनिष्टहरुको धु्रबीकरणको शृंखला सुरु भएको र यसले समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने – “नेपालमा दुई तिहाइ वामपन्थी जनमत छ । त्यसलाई एकीकृत गर्न सके नेपालबाट एक्काइसौं शताब्दीको समाजवादी क्रान्तिको मोडल विकास गर्न सकिन्छ ।” उनले एकता…

Read More

स्वरोजगार तालीम–प्रमाणपत्र वितरण

स्वरोजगार तालीम–प्रमाणपत्र वितरण

इटहरी। ग्रामीण क्षेत्रका युवालाई स्वरोजगारमुलक सीप प्रदान गरेर गाउँघरमै बसी आत्मनिर्भर गराउने अभिप्रायले इटहरीमा सञ्चालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत एकमहिने डकर्मीसम्बन्धी तालीम आज सम्पन्न भएको छ । विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको सहयोगमा ग्रामीण पुनः निर्माण संस्थाले आयोजना गरेको सो तालिममा जिल्लाका देवानगञ्ज, कोशी, भोक्राहा, हरिनगरा गाउँपालिका तथा बराहक्ष नगरपालिकालगायतका स्थानका २२ युवा सहभागी थिए । प्रतिव्यक्ति झण्डै २२ हजारको लगानीमा घर निर्माणसम्बन्धी ज्ञान, सीप र भूकम्प प्रतिरोधी भवनसंहिता सम्बन्धी प्रशिक्षणका साथै प्रशिक्षार्थीलाई औजारसमेत उपलब्ध गराइएको थियो । ग्रामीण पुनः निर्माण संस्थाक जिल्ला कार्यक्रम संयोजक सरस्वती कोइरालाले तालीमबाट प्राप्त…

Read More

कोदोबालीमा फौजी कीरा

कोदोबालीमा फौजी कीरा

चौतारा। सिन्धुपाल्चोकमा कोदोबालीमा फौजी कीराको प्रकोप देखा परेको छ । फौजी कीराले क्षति पु-याएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष मनसुन ढिला शुरु भएका कारण समयमै रोपाईं हुन नसकी धानबालीलाई असर पु-याएकै अवस्थामा बाला लाग्ने समयमा कोदोबालीलाई फौजी कीराले क्षति पु-याएको हो । जिल्लाको पश्चिम र मध्य क्षेत्रमा लगाइएको कोदोबालीलाई असर पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बाला लागेको र बाला लाग्ने अवस्थामा पुगेको कोदोको पात तथा डाँठसमेत नष्ट गरी उत्पादन नहुने अवस्थामा पुगेको चौतारा साँगाचोकगढी नगरपालिकाका किसान सुदर्शन धिताल बताउनुहुन्छ । फौजी कीरा रोकथामका लागि किसानलाई…

Read More

भूकम्पबाट क्षतिग्रस्त भएका सिङटीबजार व्यवस्थित हुन थाल्यो

भूकम्पबाट क्षतिग्रस्त भएका सिङटीबजार व्यवस्थित हुन थाल्यो

चरिकोट। नदी कटानबाट बस्ती जोगाउनका लागि दोलखा सिङटीबजारमा तटबन्ध निर्माण गरिएको छ । दोलखा उत्तरी क्षेत्रको केन्द्रका रुपमा विकास भइरहेको सिङटीबजारमा रहेको ४०० घरलाई नदी कटानबाट जोगाउन तटबन्ध निर्माण गरिएको हो ।भूकम्पले भत्काएको र तामाकोशी नदी, सिङटी खोलाले जमिन कटान गर्न थालेपछि त्यहाँस्थित चार सय घर बाढीपहिरोको उच्च जोखिममा परेको छ । जोखिम न्यूनीकरण गर्न र सिङटी बजार क्षेत्र जोगाउनका लागि दीर्घकालीन रुपमा नदी नियन्त्रण कार्य गर्न जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं ७, चरिकोट दोलखाले करिब रु २० करोडको गुरुयोजना तयार गरी निर्माण कार्य अगाडि बढाएको छ । तीमध्ये…

Read More

राष्ट्रिय अपाङ्ग संगठनबाट समानुपातिक सिफारिश

राष्ट्रिय अपाङ्ग संगठनबाट समानुपातिक सिफारिश

काठमाडौँ। लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आफ्ना तर्फबाट समानुपातिक उम्मेदवारको सूची नेकपा (एमाले)समक्ष सिफारिश गरेको छ । यस क्षेत्रबाट ती सदनमा सहभागिता हुनुपर्ने माग गर्दै संगठनको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभातर्फ डा वीरेन्द्रराज पोखरेल, जगदीशप्रसाद अधिकारी, निर्मला धिताल, देवीबहादुर पोखरेल र कृष्ण गौतम सिफारिश हुनुभएको छ । यस्तै प्रदेशसभाका लागि टीकादेवी हमाल, द्रोणाचार्य निरौला, कुमार रेग्मी, भोलाप्रसाद अधिकारी, नरबहादुर लिम्बू, महेश्वर घिमिरे, सञ्जय बान्तवा, रमेश लामा, लक्ष्मी देवकोटा महर्जन, शिशिर खनाल, शोभा पौडेल, नेत्र सापकोटा, पारमेश्वर ढकाल, शिशिर ज्ञवाली, चिन्तामणि पौडेल, धु्रवराज न्यौपाने, गणेशबहादुर केसी…

Read More

कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्दछ : राष्ट्रपति

कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्दछ : राष्ट्रपति

जुम्ला। राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताउनुभएको छ । चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औँैल्याउनुभयो । “कर्णाली क्षेत्र भाषा, संस्कृति, कलाको ऐतिहासिक भूमि हो नै, त्यसको अलवा दुर्लभ वनस्पति तथा वन्यजन्तु र बहुमूल्य वस्तु प्राप्त हुने मूल स्रोत पनि हो,” उहाँले भन्नुभयो । यति हुँदा पनि यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास हुन नसक्दा यहाँका नागरिकले सहज जीवनयापन गर्न नसकेकोप्रति राष्ट्रपति भण्डारीले सहानुभूति प्रकट गर्नुभयो । उहाँले अगाडि…

Read More