सभामुखलाई सक्रिय भूमिका खेल्न प्रा डा केसीको आग्रह

सभामुखलाई सक्रिय भूमिका खेल्न प्रा डा केसीको आग्रह

काठमाडौँ | अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ । प्रा डा केसीले आज पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सहीरूपमा पारित गराउन आग्रह गर्दै भन्नुभयो, “केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने तथा आम विद्यार्थीको सस्तोमा चिकित्सा शिक्षा पाउने अधिकार कुण्ठित गर्न सक्रिय भएका छन्, त्यसैले ऐन असफल पार्न लागेका छन् ।” डा केसी आठ दिनदेखि स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारका लागि चिकित्सा शिक्षा ऐन आउनुपर्ने माग राखी १३ औँ…

Read More

‘एकदलीय साम्यवादले लोकतन्त्रमा चुनौती’

काठमाडौँ | प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकदलीय साम्यवादले लोकतन्त्रमा चुनौती आउने जनाउँदै त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । विश्वभरबाट नेपाल आएका काँग्रेस आबद्ध जनसम्पर्क समितिको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्ने क्रममा उहाँले जनताका मौलिक अधिकार संस्थागत गर्ने शासन प्रणाली बहुदलीय लोकतन्त्र मात्र भएको बताउँदै भन्नुभयो, “लोकतन्त्रको खोल ओढेर अधिनायकवाद लागू गर्नेविरुद्ध सबै सजग हुनैपर्छ ।” जनताका अधिकार स्थापना गर्न २००७ सालदेखि नै काँग्रेसले प्रतिबद्धताका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले अहिले काँग्रेसमाथि आएको चुनौती लोकतन्त्रमाथिको चुनौती हो, लोकतन्त्रको संस्थागत विकासका लागि एकताबद्ध…

Read More

वित्सभ दृश्य ! छटपटाईरहेका श्रीमान बचाउन जादाँ श्रीमतिसहित एउटा गोरु गयो

वित्सभ दृश्य ! छटपटाईरहेका श्रीमान बचाउन जादाँ श्रीमतिसहित एउटा गोरु गयो

सल्यान  ।  सल्यानको शारदा नगरपालिकामा करेण्ट लागेर एक महिला र एउटा गोरुको मृत्यु भएको छ । खेत जोत्दै गर्दा बिजुली पोल अडाउने तार शर्ट हुदाँ करेन्ट लागेर एक महिला सहित हलको गोरु मरेको छ । बिजुलीको तारबाट सर्ट भएर जमिनमा आएको करेण्ट लागेका श्रीमानलाई बचाउन जादाँ श्रीमति को मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ । बिहानै खेत जोत्न गएका श्रीमानश्रीमतिलाई सहित हलको गोरुलाई समेत विहान ९ बजे करेण्ट लागेर छटपटाएको देखेपछि स्थानीयले बचाउने प्रयास भएपनि श्रीमति र एउटा गोरुको घटनास्थलमै मृत्यु भएको थियो । करेण्ट लागेर गम्भिर घाईते भएका…

Read More

मेलम्चीको सुन्दरीजल प्रशोधन केन्द्रमा परीक्षण शुरु, तीन कक्ष सफल

मेलम्चीको सुन्दरीजल प्रशोधन केन्द्रमा परीक्षण शुरु, तीन कक्ष सफल

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा निर्माण सम्पन्न भएको अत्याधुनिक पानी प्रशोधन केन्द्रका तीन कक्षमा सफलतापूर्वक पानी परीक्षण गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७.५ किमी सुरुङ खनेर ल्याइने पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । चैतसम्म दैनिक १७ करोड लिटर पानी राजधानी आउने भए पनि हालसम्म जापान सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण सम्पन्न भएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले राससलाई जानकारी दिनुभयो । केन्द्रका आठ प्रशोधन केन्द्रमध्ये हालसम्म तीन केन्द्र परीक्षणमा सफल भएको छ । मेलम्चीको पानी…

Read More

निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न प्रमुख दल एकमत

निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न प्रमुख दल एकमत

काठमाडौँ । प्रमुख तीन दल संघ र प्रदेशको निर्वाचन निर्धारित मितिमै गर्न एकमत भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त बैठकले आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सोही मितिमै सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने तयारीमा सरकार रहेको भनी आएका समाचार निराधार रहको भन्दै कुनै हालतमा निर्वाचन सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको बैठकपछि एमालेका नेता माधवकुमार नेपालले जानकारी दिनुभयो । निर्वाचनलाई असर पार्ने गरी निर्वाचन विरोधी कुनै गतिविधि नगर्न सबै…

Read More

गोरखाका दुबै क्षेत्र माओवादीलाई दिन एमाले सहमत, बाबुरामले के गर्लान ?

गोरखाका दुबै क्षेत्र माओवादीलाई दिन एमाले सहमत, बाबुरामले के गर्लान ?

गोरखाका दुबै निर्वाचन क्षेत्रबाट माओवादीले उम्मेदवार उठाउने भएको छ । एमाले र माओवादी केन्द्रबीच भएको छलफल पछि यस्तो सहमति जुटेको हो । गठबन्धनमा रहेका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पनि गोरखाबाट दाबी गर्दै आएका छन्, तर माओवादीले भने दुबै क्षेत्रमा आफ्नो दाबी रहेको जनाएको छ । भट्टराईले दाबी गरेको गोरखाको दुई नम्बर क्षेत्रबाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उम्मेदवार बन्ने पक्का जस्तै बनेको छ । सुर्य चुनाव चिह्न लिएर चुनावमा जाने बताएको नयाँ शक्तिले गोरखामा आफुले सिट नपाए गठबन्धन छोड्ने चेतावनी समेत दिएको छ । माओवादीका उम्मेदवार श्रेष्ठले भने गोरखामा कुनै…

Read More

विश्व क्रिकेट लिगमा शरद नखेल्ने

विश्व क्रिकेट लिगमा शरद नखेल्ने

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले गुमाउने भएका छन् । हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार र आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले जानकारी दिए । उनका अनुसार शरदका स्थानमा नेपाली सेनाका खेलाडी नरेश बुढाऐरलाई बोलाइएको छ । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार हङकङको सामना गर्नेछ । नेपालको वरिष्ठ टोलीले करिब एघार वर्षपछि हङकङमा क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन्…

Read More

घातक रसायनको व्यवस्थापन गर्नुपर्ने : मन्त्री चौधरी

घातक रसायनको व्यवस्थापन गर्नुपर्ने : मन्त्री चौधरी

काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले चिरस्थायी जैविक प्रदूषकजस्ता घातक रसायनको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयमा आज आयोजना गरिएको चिरस्थायी जैविक प्रदूषकजस्ता घातक रसायनसम्बन्धी स्टकहोम महासन्धिका लागि तयार गरिएको परिमार्जित राष्ट्रिय कार्यान्वयन योजना नामक पुस्तकको विमोचन गर्दै उहाँले प्रत्येक नागरिक स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउनुपर्ने संविधानले प्रत्याभूत गरेको अधिकारलाई सुरक्षित गर्न सो महासन्धि उपयोगी रहेको बताउनुभयो । मन्त्री चौधरीले आगामी दिनमा प्रदूषक रसायनको लागि आवश्यक कानूनको निर्माण गरी कार्यान्वयनतर्फ अगाडि बढ्नुपर्नेमा जोडसमेत दिनुभयो । पुस्तकमा रसायन व्यवस्थापनको विषयमा कानूनमा उल्लेख भएता पनि…

Read More

राजपा कञ्चनपुरद्वारा उम्मेदवार सिफारिस

राजपा कञ्चनपुरद्वारा उम्मेदवार सिफारिस

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी कञ्चनपुरले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीको प्रदेश नं ७ को बैठकले उम्मेदवार सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि पल्टु राना, निर्वाचन क्षेत्र नं २ बाट सामानुपातिकतर्फ प्रेमवती राना, निर्वाचन क्षेत्र नं ३ बाट सामानुपातिकतर्फबाट अम्वादत्त तिवारीलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।  निर्वाचन क्षेत्र नं १ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ पर्शुराम बडायक, लछु राना, रामप्रसाद चौरीलाई सिफारिस गरेको प्रदेश नं ७ का पार्टीका प्रवक्ता अम्वादत्त तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार…

Read More

राप्रपाद्वारा ३१ जनाको नाम सिफारिस

राप्रपाद्वारा ३१ जनाको नाम सिफारिस

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले आसन्न निर्वाचनका लागि ३१ जना आकांक्षीको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला समिति बैठकले अन्तिम नामावली केन्दीय कार्य समितिमा सिफारिस गरेको पार्टीका सचिव मुकुन्द कार्कीले जानकारी दिनुभयो । सिफारिस भएकामध्ये प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ को प्रत्यक्षतर्फ रविकृष्ण श्रेष्ठ र क्षेत्र नं २ मा रमेश राजबाहक रहेका छन् ।समानुपातिकतर्फ भने सानुकाजी हेक्का, श्यामप्रसाद नेपाल, विष्णुप्रसाद त्वायनावासु, राधिका आचार्य, मञ्जु कार्की, रामप्रसाद न्यौपाने, भुवन ढुंगेल, बुद्धिकुमार मुस्याख्व शान्तिभक्त वाटी, लक्ष्मीसुन्दर पक्का, सुमित्रा भण्डारी, लक्ष्मी छुस्यावाग रहनुभएको छ । त्यसैगरी प्रदेश समानुपातिकतर्फ दिनेश श्रेष्ठ, नरगोविन्द…

Read More