विश्वभरका गैह्रआवासीय नेपालीलाई गोलबद्ध गर्न मेरो उम्मेदवारी: खगेन्द्र जिसी

विश्वभरका गैह्रआवासीय नेपालीलाई गोलबद्ध गर्न मेरो उम्मेदवारी: खगेन्द्र जिसी

खगेन्द्र जिसी गैरआवासीय नेपालीमाझ सुपरिचित नाम हो। गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष जिसी पेशाले वकिल हुन् । अमेरिकाका पहिलो नेपाली अटोर्नीको इतिहास रचेका जीसी एनआरएनआइसीसी कार्यसमिति सदस्य तथा नागरिकतासम्बन्धी कार्यदलको सह–अध्यक्ष हुन् । उनी नेपाल सरकारका गैरआवासीय नेपालीसम्वन्धी मानार्थ सल्लाहकार पनि रहेका छन्। उनले यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौं हुन लागेको आठौं एनआरएन विश्व सम्मलेलन तथा साधारणसभामा उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन्। यसअघि पनि सोही पदमा उम्मेद्वारी दिएर निकटतम प्रतिस्पर्धी रहेका क्षेत्री फेरि किन त्यही पदमा उम्मेद्वारी दिइरहेका छन् रु उनको उम्मेद्वारीलार्इ केन्द्रमा राखेर हामीले क्षेत्रीसँग लामो…

Read More

पार्टी एकीकरणका लागि लोहनी र राणाबीच छलफल, अब के होला ?

पार्टी एकीकरणका लागि लोहनी र राणाबीच छलफल, अब के होला ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा र एकीकृत (राष्ट्रिय प्रजातन्त्र पार्टी) राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आज दुई पार्टी एकीकरणका लागि छलफल गरेका छन् । महाराजगञ्जमा भएको भेटमा एउटै परिवेशका दुवै पार्टीलाई एकताबद्ध गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सहभागी हुने विषयमा समेत छलफल भएको छ । राप्रपा (राष्ट्रवादी)का अध्यक्ष लोहनीले मुलुकमा हिन्दू राष्ट्र तथा राष्ट्रिय हितका लागि राष्ट्रिय चरित्र भएको संस्थाको खाँचो औँल्याउँदै सो विषयमा राप्रपा (प्रजातान्त्रिक) प्रस्ट भए चाँडो दुवै पार्टीको एकता हुने विश्वास व्यक्त गरेको राप्रपा (राष्ट्रवादी) केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।…

Read More

कुन सुन्दरी तपाईको रोजाईमा, हेर्नुहोस् मिस टुरिजम प्रतिस्पर्धी

कुन सुन्दरी तपाईको रोजाईमा, हेर्नुहोस् मिस टुरिजम प्रतिस्पर्धी

काठमाडौँ | मिस टुरिजम–२०१७ का लागि २३ प्रतिस्पर्धीले अडिसन दिएका छन् । आगामी कात्तिक १८ गते आयोजना गर्ने उक्त प्रतियोगिताका लागि आज सम्पन्न भएको अडिसनमा काठमाडौँ, पोखरा र चितवनका गरी जम्मा २३ जना युवती प्रतिस्पर्धीले अडिसन दिएको आयोजक प्वाइन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नवीन काफ्लेले जानकारी दिए । अडिसनमा निर्णायकको भूमिकामा पर्यटन व्यवसायी राजन सिंखडा, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्वकोषाध्यक्ष खुमबहादुर सुवेदी, पत्रकार गणेश पाण्डे तथा मिस टुरिजमका अफिसियल कोरियोग्राफर रोजिन शाक्य छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पर्यटन क्षेत्रमा युवा…

Read More

अर्बुद रोगको उपचार निःशुल्क गर्न माग

नगरकोट | स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले भक्तपुर क्यान्सर अस्पतालको आज निरीक्षण गर्नुभएको छ । देशभरका करिब ४० प्रतिशत अर्बुद बिरामीको उपचार गर्दै आएको अस्पतालले प्रदान गर्दै आएको सेवासुविधाबारे जानकारी लिन राज्यमन्त्री यादव त्यहाँ पुग्नुभएको हो । राज्यमन्त्री यादवलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र मेडिकल डाइरेक्टर डा ऋषिकेषनारायण श्रेष्ठले अस्पतालले दिँदै आएको सेवा सुविधाबारे जानकारी दिनुभएको थियो । राज्यमन्त्री यादवले अस्पतालका सम्पूर्ण कक्षको भ्रमण गरी त्यहाँका बिरामी तथा स्वास्थ्यकर्मीसँग अन्तरसंवादसमेत गर्नुभएको थियो । उक्त अवसरमा उहाँले नेपाल अर्बुद रोग निवारण संस्था, स्थानीय बासिन्दालगायतको सक्रियतामा सञ्चालित सामुदायिक भएर पनि अस्पतालले…

Read More

मन्त्रिमण्डल विस्तारबारे राष्ट्रपतिले मुख खोलिन

मन्त्रिमण्डल विस्तारबारे राष्ट्रपतिले मुख खोलिन

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दै राप्रपालाई सहभागी गराएपछि राजनीतिक अन्योलता बढेको छ । प्रधानमन्त्री देउवाले नयाँ मन्त्रीहरुको सुची सहित सपथका लागि पत्र राष्ट्रपति कार्यालयमा पठाएको भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरेको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्ने भएकी छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयको यस भनाईले राप्रपाका नयाँ मन्त्रीको सपथ रोकिने सम्भावना बढेको छ । सरकारको…

Read More

कटारीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक बोर्ड संकेतहरु राखिए

कटारीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक बोर्ड संकेतहरु राखिए

अभी लामिछाने, उदयपुर | कटारी–उदयपुर जिल्लाको प्रमुख ब्यापारिकेंद्र कटारीमा सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ कटारीबजार भित्र विभिन्न ठाउँमा ट्राफिक संकेतका बोर्डहरु राखिएका छन् । बजार एरियाभित्र विभिन्न ठाउँमा हर्न निषेध,गति सिमित, चौबाटोको संकेत दिने बोर्डहरु राखिएको छ। कटारी बजारको प्रवेश गर्ने स्थानमा नगरपालिकाको सहयोगमा अस्थायि ट्राफिक पोष्टको कार्यालय स्थापना भए पछी भएपछि सवारी चेकजाँच तथा अन्य कामहरु गर्न सहज भएको अस्थायि ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख डिबी दियालीले बताए । कटारी बजार क्षेत्रमा अझै पनि अव्यवस्थित पार्किङ्ग लाई हटाउन चुनौती रहेको पनि दियालीले जानकारी दिए। जथाभावि सडकमै व्यापारिक…

Read More

क्रेमलिनद्वारा इरानसँगको आणविक सम्झौतालाई नतोड्न अमेरिकालाई आग्रह

क्रेमलिनद्वारा इरानसँगको आणविक सम्झौतालाई नतोड्न अमेरिकालाई आग्रह

मस्को । रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका, इरान र विश्व शक्ति राष्ट्रबीच सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई नछोड्न शुक्रबार चेतावनी दिएको छ । वासिङ्टन इरानसँगको आणविक हतियार सम्झौताबाट पछि हट्नु भनेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा हतियार नियन्त्रण प्रयासमा एक विशाल धक्का हुने रसियाले जनाएको छ । यसले इरानसँगको आणविक सम्झौतालाई गम्भीर रूपमा प्रभावित पार्नेछ, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । यस्तो कार्यले स्प्रष्ट रूपमा पूर्वानुमान गर्नसक्ने वातावरण, सुरक्षा स्थापना, शान्ति तथा स्थिरता र विश्वभर हतियार नियन्त्रण गर्ने प्रयासलाई विफल पार्नेछ । रासस÷सिन्ह्वा

Read More

दक्षिण कोरियाली अदालतद्वारा पूर्व राष्ट्रपति पार्कको कारावास सजाँय थप गर्न आदेश

दक्षिण कोरियाली अदालतद्वारा पूर्व राष्ट्रपति पार्कको कारावास सजाँय थप गर्न आदेश

सोल । दक्षिण कोरियाली एक अदालतले शुक्रबार भ्रष्टाचार प्रकरणमा महाभियोगपछि संसद तथा अदालतबाट दोषी ठहर भई काराबास सजाँय भोग्दै आएका पूर्व राष्ट्रपति पार्क ग्युन हेको कारावास सजाँयलाई थप छ महिना बढाउने आदेश दिएको छ । कोरियाली संवैधानिक अदालतले घुस तथा पदीय आचरण विरोधि काम गरेकोे ठहर गर्दै पार्कमाथिको महाभियोगलाई अनुमोदन गर्दै यही बर्ष मार्च महिनाको अन्त्यमा छ महिनाका लागि हिरासतमा लिइएको थियो । सोलको केन्द्रिय जिल्ला अदालतले पार्कलाई थप अनुसन्धानका लागि अर्को छ महिना हिरासतमा लिन शुक्रबार पक्राउ आदेश जारी गरेको छ । पार्क र उहाँका लामो समयदेखि निकट सहयोगी…

Read More

किन दिए सामसुङ प्रमुखले राजिनामा ?

किन दिए सामसुङ प्रमुखले राजिनामा ?

सोल । विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजिनामा दिनुभएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफुले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि आफुले पद त्याग गरेको बताउनु भएको छ । पदत्याग गर्नेबारे आफुले केही समयअघिदेखि नै सोचिरहेको र अहिले मात्रै कार्यान्वयनको चरणमा पुगेको उहाँको भनाइ छ । उहाँले कार्यकारी प्रमुखको जिम्मेवारी छोडेपछि कम्पनीको बोर्ड सदस्यमा भने सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ । दक्षिण कोरियामा सामसुङ कम्पनीसँग सम्वन्धित झण्डै ६० वटा कम्पनीहरु रहेकाले…

Read More

नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्ने

नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्ने

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘देब्रे आँखा’ लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज बसेको संघीय सचिवालयको विस्तारित बैठकले वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको हुनाले निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर सहभागी हुने निर्णय गरेको नयाँ शक्ति केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले संविधानको आधारभूत अन्तरवस्तु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई अस्वीकार गर्ने राजनीतिक दल, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग चुनावी तालमेल…

Read More