मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

प्रदेश – १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गरेको घोषणा गर्दै आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई राजीनामा पत्र बुझाएका हुन् ।

आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । यसअघि ७ कात्तिकमा विश्वासको मत विभाजनका लागि बैठक बोलाइएको थियो । तर, एमाले र कांग्रेसले बैठक स्थगन गर्न निवेदन दिएपछि आज ९सोमबार० का लागि बैठक बोलाइएको थियो ।

प्रदेश १ मा ९२ सांसद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी० का १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाको एक सांसद छ । विश्वासको मत प्राप्त गर्न आचार्यलाई ४७ सांसद आवश्यक पर्छ । तर एमालेसँग ४१ सांसद भएकाले विश्वासको मत पाउन नसक्ने देखिएपछि आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

अब प्रदेश – १ ले तिहारअघि नै नेकपा ९एकीकृत समाजवादी०का नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीमा पाउने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार