तल्लो खारेखोला आयोजनाबाट परीक्षण बिजुली उत्पादन सुरु

युनिभर्सल पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ११ मेगावाटको तल्लो खारेखोला आयोजनाबाट परीक्षण विद्युत उत्पादन सुरु भएको छ ।  अहिले परीक्षण विद्युत उत्पादन भइरहेकाले केही दिनपछि राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

गत साउनमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएकोमा काबु बाहिरको अवस्था आएपछि ढिलाइ हुन गएको कम्पनीले जनाएको छ । साउन २२ गते आएको बाढीले आयोजना डुवानमा परेपछि समस्यामा परेको हो ।

आयोजनाबाट वार्षिक ६ करोड २७ लाख ३१ हजार ७५१ युनिट विद्युत उत्पादन हुनेछ । जसमध्ये सुख्खा याममा १ करोड १५ लाख २७ हजार २०० र वर्षामा ५ करोड १२ लाख ४ हजार ५५१ किलोवाट हुने कम्पनीले जनाएको छ ।

आयोजना बनाउन कुल २ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर, कोरोना महामारी तथा प्रसारण लाइन समस्याले विद्युत उत्पादन तालिका प्रभावित हुँदा लागत केही बढ्ने संभावना पनि छ । आयोजना दोलखा जिल्लामा पर्छ ।

यस्तै कम्पनीले २४ मेगावाटको माथिल्लो इंखुवाखोलाको संभाव्यता अध्ययन गरिरहेको छ । यस्तै ४५ मेगावाटको कसुवा खोला आयोजना बनाउन लगानी सम्झौता समेग गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार