जापानमा रेलयात्रुलाई शिष्टाचार सिकाउन युवतीहरुको यस्तो बन्यो भिडियो

1480585669789

टिभी अन्नपूर्ण २ पुस, काठमाडौं ।

सभ्यता तथा विकासशिल मुलुकको रुपमा चिनिएको जापानमा यस्तो पनि हर्कत हुने गरेको छ ।

जुन तपाईले सुन्नुभयो भने अचम्ममा पर्नुहोला । जापानका रेलहरुमा यात्रा गर्दा महिला तथा स्कुले छात्राहरुले सबैभन्दा बढी दुःख भोग्नुपरिरहेको छ । छात्राहरुले रेलको सिटमा बस्दा समस्या भोग्नुपर्ने हुन्छ । यस्तो समस्याबाट आजित भएर महिलाहरुले नयाँ टिक अपनाएका छन् । त्यस्तै व्यवहारलाई लिएर निसी निप्पोन रेलमार्ग निर्माताले दुई जना जापानी स्कूले छात्राहरुको बारेमा एक भिडियो विज्ञापन बनाएका छन् ।

ती छात्राहरु जसले रेलमा यात्रा गर्दा जसरि एउटा सिटमा बस्नको लागि हंगामा मच्चाए त्यसको बारेमा उनीहरुले कथामा उल्लेख गरेका छन् । रेलमा यात्रा गरिरहेका मानिसहरुका अगाडी सिट नपाएका दुई केटीहरुले हावामा सिटमा बसेको जस्तो गरि एकछिन नाटक गरिरहेका हुन्छन् ।

उनीहरुको अभिनय रेलमा सवार सबै यात्रुहरुले हेरिरहेका हुन्छन् । सिटमा बसेको जस्तो गरि उनीहरुले एकले अर्कालाई धक्का दिंदै उभिएर नै बस्छन् । अन्तत उनीहरु दुवैजना लड्छन् ।

उनीहरुको त्यो अभिनय पश्चात केहि छिनमा उनीहरुले रेलमा सिट पाउँछन र बसेर यात्रा गर्छन् । यसरी रेलको सिटमा बस्नको लागि स्कूले छात्राहरुले गरेको अभिनय यतिवेला चर्चाको शिखरमा पुगेको छ ।

निसी निप्पोनले दुई युवतीहरुको अभिनयलाई देखाएर बनाएको त्यो विज्ञापनको उदेश्य भनेको जापानको रेलमा मानिसहरु भद्र तरिकाले बस्ने गरेको र शिष्ट तरिकाले रेलमा बस्ने हो भने सबै यात्रुहरुले सिट प्राप्त गर्न सक्छन् भनेर देखाउनु रहेको बताएको छ ।

निसी निप्पोनले रेलमा यात्रा गर्ने सबैलाई शिष्टाचारको बारेमा पाठ पढाउन तयार गरिएको सो भिडियो विज्ञापनलाई धेरैले रुचाएका छन् ।

थप भिडियोमा:

Related posts

Leave a Comment