एफए कपको चौथो चरणको खेल तालिका सार्वजनिक, कुन टिम कुनसँग खेल्ने ?

fa-cup

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं ।

ईग्लिस प्रिमियर लिगपछिको ठूलो मानिएको एफए कपको चौथो चरणको खेल तालिका सार्वजनिक भएको छ ।

इंग्ल्याण्डको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा समेत हेरिएको एफए कपको चौथो चरणको खेल तालिका सोमबार राति सार्वजनिक गरिएको हो । ड्र अनुसार शिर्ष क्लव चेल्सीले ब्रेन्टफोर्डसँग खेल्नेछ । यसैगरी साविक विजेता म्यान्चेस्टर युनाईटेडले विगान एथ्लेटिकको सामना गर्नेछ ।

प्रिमियर क्लवहरु हल सिटी र मिडिल्सब्रो भिड्नेछन् । म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेस वा बोल्टनमध्ये एक टोलीसँग खेल्दा आर्सनलले साउथह्याम्पटन र नर्वीच सिटीविचको विजेतासँग खेल्नेछ । यसैगरी मिलवाल र वाट्फोर्ड, डर्बी काउण्टी र लेष्टर सिटी तथा टोटनह्याम हट्सपर र वाईकोम्बी भिड्नेछन् ।

Related posts

Leave a Comment