रोनाल्डो फिफाको बेस्ट प्लेयर, फिफा वर्ष टिमको समेत घोषणाः को को परे ?

main

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं ।

फिफाले वर्ष २०१६ को विश्व वर्ष टिमका परेका खेलाडीको नाम सार्वजनिक गरेको छ ।

ज्युरिचमा भएको द बेष्ट फिफा फुटबल अवार्ड अन्तर्गत ‘द फिफा फिफप्रो वर्ल्ड इलाभेन २०१६’ सार्वजनिक गरेको हो । विश्वभरका फुटबल खेलाडी तथा अधिकारीको मतका आधारमा टिममा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, लुइस स्वारेजसहितका खेलाडी परेका छन् । तर नेइमार भने वर्ष टिममा अटाएनन् ।

2862930_big-lnd

पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले फिफा उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन् । फिफाले यसै वर्षदेखि दिन थालेको बेस्ट प्लेयरको अवार्ड जित्न स्पेनीस फुटबल क्लव रियाल मड्रिडका रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानलाई पछि पारेका हुन् ।

2862802_full-lnd

रोनाल्डोले गत वर्ष रियाल मड्रिडलाई युरोपियन च्याम्पियन्स लिग जिताएका थिए भने पोर्चुगललाई युरो कप फुटबल जिताएका थिए । यही सफलताको लागि उनलाई गत डिसेम्बरमा बलुन डे ओर अवार्डबाट पनि सम्मान गरिएको थियो ।

2862806_big-lnd

यसैगरी अमेरिकी फुटबल खेलाडी कार्ली लोएड उत्कृष्ट महिला फुटबलर घोषित हुँदा मलेसीयाको पेनाङ्ग फुटबल क्लवका खेलाडी मोहोमद फैज सुब्रीले उत्कृष्ट गोलको अवार्ड जिते ।

2862810_big-lnd

यस्तै वर्ष टिमको गोलरक्षकमा म्यानुएल नुएर परेका छन्, भने डिफेन्डरमा डानी एल्वेस, जेराड पिके, सर्जियो रामोस र मार्सेलो परेका छन् । त्यस्तै मिडफिल्डरमा लुका मोड्रिक, टोनी क्रस र आन्द्रेस इनिएस्ट, फरवार्डमा लियोनल मेस्सी, लुइस स्वारेज र क्रिष्टियानो रोनाल्डो परेका छन् ।

2862868_big-lnd 2862885_big-lnd 2862951_big-lnd

Related posts

Leave a Comment