म्यानचेस्टर युनाइटेड पहिलो लेगमा विजयी, लिग कपको फाइनल नजिक

3c07758e00000578-4107182-image-a-77_1484084349334

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं ।

म्यानचेस्टर युनाइटेड इंग्लिश लिग कप फुटबलको फाइनल नजिक पुगेको छ ।

मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले हल सिटीलाई २–० ले हरायो । घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफमा आन माटा र मारोउएन फेलाइनीले गोल गरे । माटाले ५६ औं मिनेटमा तथा फेलाइनीले ८७ औं मिनेटमा गोल गरेका हुन् ।

3c0763fe00000578-0-image-a-32_1484080710617पहिलो हाफमा माटाले गरेको प्रहार हल सिटीका गोल रक्षक एल्डिन ज्याकुपोविकले रोके भने पउल पोग्बाको प्रहार पोस्ट भन्दा माथिबाट गयो । प्रिमियर लिगमा लिग लिडर चेल्सी भन्दा १० अंक पछि रहेको युनाइटेडका लागि सिजनको महत्वपूर्ण ट्रफी हात पार्ने मौका लिग कप हो । म्यानचेस्टर युनाइटेड सबै प्रतियोगितामा गरेर पछिल्ला ९ खेलमा विजयी भएको छ ।

3c07828f00000578-4107182-image-a-48_1484082266552

Related posts

Leave a Comment