लिओनल मेस्सीको प्रतिमा तोडफोड

messi-statue

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं ।

बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीको प्रतिमा तोडफोड गरिएको छ ।

अर्जेन्टिनी राजधानी ब्यूनर्स आयर्समा रहेको प्रतिमा तोडफोड भएको हो । गत जुन महिनामा अनावरण गरिएको तामाको प्रतिमामा टाउको, हात लगायतका स्थानमा क्षति पुर्‍याइएको छ । तोडफोडको कारण स्पष्ट हुन नसकेपनि शहरका अधिकारीहरुले यसको पुनर्निर्माण प्रक्रिया भइरहेको जानकारी दिएका छन् ।

मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेलगत्तै मेस्सीको प्रतिमा अनावरण भएको थियो । उनले पछि सन्यास फिर्ताको निर्णय गरेका थिए ।

मेस्सीको प्रतिमा ब्युनर्स आयर्सको ग्लोरी स्ट्रिटमा अवस्थित थियो, जहाँ अर्जेन्टिनाका खेल स्टारहरुको प्रतिमा राखिएको छ । टेनिस स्टार गाव्रियल सावातिनी र बास्केटबल खेलाडी म्यानुअल गिनोविलीको प्रतिमा त्यहाँ छ । यो क्षेत्रका मुर्तिहरु पहिले पनि चोरहरुको निशानामा पर्ने गरेका थिए ।

Related posts

Leave a Comment