भारतमा चोरी गरेर लैजान लागिएका ६४०० कछुवा बरामद

_93357817_16d91f54-63fd-4fbd-970d-1a32b7b9a637

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

भारतमा एकै ठाउँमा ६ हजार ४ सय कछुवा बरामद गरिएको छ ।

उत्तर प्रदेशको अमेठीबाट प्रहरीले स्वच्छ पानीमा रहने ६ हजार चार सय कछुवा बरामद गरेको हो । कोलकाता बन्दरगाहमा लैजान लागिएका कछुवा प्रहरीले बरामद गरेको हो ।

बोरामा राखेर लैजान लागिएका जीवित कछुवाको तौल चार टन भन्दा धेरै हरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गंगा नदीको किनारबाट स्थानीय बासिन्दाले यि कछुवा संकलन गरेका थिए ।

प्रहरीले एक व्यक्तिलाई पक्राउ पनि गरेको छ । पक्राउ परेका व्यक्ति कछुवा तस्करीमा संलग्न ठूलो गिरोहका सदस्य रहेको सरकारी अधिकारीले बताएका छन् ।

बरामद गरिएका कछुवा लुप्त प्राजितका नरहेको र यस्ता कछुवालाई बंगलादेश लैजान लागिएको हुन सक्ने प्रहरीको अनुमान छ । चीन तथा दिक्षणपूर्वी एसियामा यि कछुवाको मासुको माग बढी छ ।

Related posts

Leave a Comment