आजबाट श्री स्वस्थानी ब्रत सुरु

Sosthani-Brata

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

आजदेखि श्री स्वस्थानी ब्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने ब्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ ।

आजैदेखि माघस्नान र अधिकांश हिन्दु धर्माबलम्बीका घर घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।

Shalinadi3

स्वस्थानी ब्रत कथा सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनि बालुवाको शिवलिङ्ग बनाई एक महिनासम्म निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ ।

शिव पार्वतीको विवाहपछि मनोकांक्षा सिद्ध हुने विश्वासका साथ स्वस्थानीको ब्रत बस्ने र कथा सुन्ने गरिएको हो । इहलोकमा सुख, सन्तोष, उन्नती तथा परलोकमा शिवलोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवं भक्तिभावपूर्वक ब्रत बस्ने गरिन्छ ।

Shalinadi-8

पौष शुक्ल पूणिर्मादेखि शुरु गरिने श्री स्वस्थानी परमेश्वरीको व्रत, पूजन तथा कथा श्रवण गर्ने क्रम माघ शुक्ल पूणिर्मासम्म एक महिना जारी रहन्छ ।

यस अवधिमा माछा मासु नखाई नुहाई धुवाई गरी एकचित्त बनी एक छाक चोखो खाएर ब्रत बस्ने चलन छ । आजैदेखि काठमाडौंको शाली नदीमा एक महिने मेला लाग्दछ ।

Shalinadi9

Related posts

Leave a Comment