नेपालको विकासः ३० वर्षमा पाँच किलोमिटर मात्रै सडक निर्माण

1469241180mugline rood

टिभी अन्नपूर्ण २८ पुस, बैतडी ।

बैतडीको सिल्लेडाँडा खलङ्खा सडक निर्माण सुरु भएको ३० वर्ष भयो । तर तीस वर्षको अवधिमा ५ किलोमिटर मात्रै सडक बनेको छ ।

२०४३ सालमा निर्माण सुरु भएको उक्त सडक निर्माणका लागि आवश्यक बजेट बिनियोजन नुहँदा निर्माणमा समस्या भएको हो । सडक डिभिजन कार्यालयले गत वर्ष टेण्डर आहृवान गरेर उक्त सडकको ४० किलोमिटरमध्ये १४ किलोमिटर सडक निर्माण कार्य अघि बढाउन ठेकेदार सम्पनीसँग सम्झौता गरेको थियो ।

सम्झौताको अवधि आगामी असारसम्म मात्र रहेको तर निर्माण कार्यमा कुनै प्रगति नभएको स्थानीयको गुनासो छ । सरकारी कार्यालयको बेवास्ता र ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माण कार्य अघि नबढेको हो । यो सडक निर्माण भए बैतडीका १० भन्दा बढी गाविस सडक सञ्जालमा जोडिन्छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Related posts

Leave a Comment