भारतमा जन्मियो अनौठो बच्चा, जसको दुई योनांग र चार खुट्टा

PAY-Four-legged-both-genitals-baby

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

भारतमा दुई योनांग भएको बच्चा जन्मिएको छ ।

गुजरातका ३५ बर्षीय प्रताप मोरी उनकी ३५ बर्षीय श्रीमती सुलेखा मोरीबाट यस्तो बच्चा जन्मिएको हो । अचम्मको कुरा त के भने दुई योनांग सहित ति बच्चाको चार वटा खुट्टा समेत रहेका छन् ।

आफ्नो छैटौं सन्तानको रुपमा जन्म दिएका मोरी दम्पतिले अनौठो स्वरुपमा जन्मेपछि यी बाबुआमा आत्तिएका थिए । गुजरातस्थित एक सरकारी अस्पतालमा प्राकृतिक तवरबाट जन्म भएको बच्चा सकुशल छ ।

PAY-Four-legged-both-genitals-baby (2)बच्चा जन्माउन सघाउने अस्पतालका डाक्टरहरुले यो परजिवी जुम्ल्याहा बच्चाको घटना भएको उल्लेख गर्दै बच्चाको अतिरिक्त दुईवटा गोटा अपरेसनमार्फत हटाउन सकिने र योनांग पनि पुनर्निमाण गर्न सकिने बताएका छन् ।

PAY-Four-legged-both-genitals-baby (3)

परजिवी जुम्ल्याहा एउटा दुर्लभ घटना हो जुन गर्भाधानको दौरान भ्रुण आपसमा छुट्टिन ढिलाई हुनुको परिणाम हुनेगर्छ । चेतना अभाव र पैसाको कमिले ती महिलाले कहिल्यै पेटको अल्ट्रासाउन्ड लगायत आवश्यक परिक्षणहरु गर्न नसक्दा यो अवस्था आएको डाक्टरहरुको भनाई छ ।

Related posts

Leave a Comment