स्वदेशी फूलको अध्ययन सुरु

marigold_s_650_022716092012

टिभी अन्नपूर्ण २८ पुस, ललितपुर ।

नेपालमा स्वदेशी फूलको अध्ययन सुरु भएको छ ।

पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वदेशी, स्वभनीय सजावटका फूलको अध्ययन अनुसन्धान सुरु भएको हो । गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा स्वदेशी जातका फूल फुल्ने समय, अवधि, प्रकार लगायतका विषयमा अध्ययन भइरहेको उद्यानका प्रमुख दीपक लामिछानेले बताए । विदेशी फूल प्रतिस्थापन गरेर स्वदेशी फूलको प्रवद्र्धन गर्नेसमेत अध्ययनको उद्देश्य छ ।

स्वदेशी फूलको अध्ययनका क्रममा अहिले उद्यानमा खिरौला, नेपाली लिली, दमाईं फूल, ग्राउन्ड अर्किड लगायतको अध्ययन भइरहेको छ । फूलको पात, फूल, हाँगा बीउ लगायतका भागको समेत अध्ययन भइरहेको छ । यी फूलको सम्भावना देखिएमा तिनलाई नर्सरीमा लगाउन पुष्प व्यवसायीलाई सल्लाह दिने उद्यानको योजना छ ।

अध्ययन अनुसन्धानका लागि वनस्पतिविद् र विद्यार्थीसमेत उद्यानमा आइरहेका छन् । नेपाली मात्रै नभएर विदेशी आगन्तुकसमेत वनस्पतिको अध्ययनका लागि आउने गर्छन् । उद्यानले विगतदेखि नै वनस्पतिको विभिन्न अध्ययन गर्दै आएको छ ।

Related posts

Leave a Comment