तालिवानद्धारा अपहरित दुई विदेशीको भिडियो सार्वजनिक (भिडियोसहित)

1484195965taliwan

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

तालिवानले अफगानिस्तानबाट अपहरण गरेका दुई विदेशी नागरिकको भिडियो सार्वजनिक गरेको छ ।

अफगानिस्तानको काबुल विश्वविद्यालयमा प्राध्यापन गर्ने एकजना अमेरिकी र अष्ट्रेलियन नागरिकको भिडियो सार्वजनिक गरिएको हो ।दुबैलाई तालिवानले गत बर्ष अगष्टमा विश्वविद्यालयबाट घर जाने क्रममा अपहरण गरेको थियो ।

दुबैलाई अपहरण मुक्त गर्न अमेरिका र अष्ट्रेलियाले प्रयास गरिरहे पनि सफल भएका छैनन् । उक्त भिडियोमा भने प्राध्यापक केभिन किङले आफूलाई अपहरण मुक्त गर्न नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पसँग अपील गरेका छन् । एजेन्सी

Related posts

Leave a Comment