विश्वयात्रीको ‘देखेको विश्व र नेपाल’ विमोचित

15940862_1720849801274474_4739366449444075_n

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’ ले लेखेको यात्रा संस्मरण ‘देखेको विश्व र नेपाल’ विमोचन भएको छ ।

भारत, भुटान र म्यानमार देशको भ्रमण क्रम एक बर्षमा देखेका विभिन्न विषयवस्तु तथा अनुभवमा आधारित सो पुस्तक लेखकद्वयको चौथो कृतिका रुपमा आएको हो । भारत, भुटान र म्यानमारमा रहेका नेपालीले आफ्नो भाषा र संस्कृतिको जगेर्नामा खेलेको प्रशंसनीय भूमिका पुस्तकमा चित्रण गरिएको छ ।

विश्वदर्शन अभियान, नेपालको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा साहित्यकार एवम् पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले पुस्तक लोकार्पण गर्दै पुस्तकमा भारत लगायतका मुलुकमा विश्वयात्रीद्वय कोहम् र सोहम्ले देख्नु र अनुभव गर्नु भएका विषयलाई सरल शैलीमा प्रस्तुत गरिएकाले नयाँ पुस्तालाई उपयोगी हुने विश्वास व्यक्त गरे ।

यसअघि यात्रीद्वयको गृहजिल्ला भोजपुरमा विमोचित कृति लेखकले २०७०७१ मा एकबर्षको भ्रमणको अनुभवमा आधारित रहेको र यसको मुल्य रु ३०० रहेको छ ।

Related posts

Leave a Comment