दक्षिण अफ्रिका महिलाका लागि खतरनाक देशः प्रत्येक ३६ सेकेन्डमा एक बलात्कार

WOMEN-RAPE-MAN-AT-GUNPOINT-IN-SOUTH-AFRICA-600x350

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

दक्षिण अफ्रिका महिला असुरक्षाका दृष्टिले सबैभन्दा खतरनाक मुलुक कुनका रुपमा चिनिएको छ ।

मानवअधिकार सम्बन्धी राष्ट्रसंघीय निकायले जारी गरेको एक तथ्यांक अनुसार दक्षिण अफ्रिकामा प्रत्येक ३६ सेकेन्डमा एक महिला बलात्कारको शिकार हुने गरेको बताईन्छ । गत वर्ष अर्थात् सन् २०१६ मा दक्षिण अफ्रिकामा ५४ लाख ६ सय ४० बलात्कारका घटना प्रकाशमा आएको छ ।

सबैभन्दा बढी १० देखि १५ वर्ष उमेर समूहका बालिका बलात्कारको शिकार हुने गरेको सो तथ्यांकमा उल्लेख छ । महिला असुरक्षाका दृष्टिले दोस्रो नम्बरमा अफ्रिकी मुलुक बोत्सवाना रहेको छ । करिब २३ लाख जनसंख्या रहेको यो मुलुकमा वर्षेनि प्रति एक लाख जनसंख्यामा बलात्कारका घटना ९ हजार दुई सय रहेको छ ।

तेस्रो नम्बरमा अफ्रिकी देश लेसोथो रहेको छ । करिब २२ लाख जनसंख्या रहेको यो मुलुकमा वर्षेनि प्रति एक लाख जनसंख्यामा २ हजार तीन सय बलात्कारका घटना हुने गरेको छ । एजेन्सी

Related posts

Leave a Comment