शुक्रबारे नियमलाई तोड्दै बिहिबार नै रिलिज भए ३ नेपाली चलचित्र

therr

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

आज तीन नेपाली चलचित्र एक साथ रिलिज भएका छन् ।

साताको शुक्रबार चलचित्र रिलिज हुने नियमलाई तोड्दै तीन नेपाली चलचित्र बिहीबार नै रिलिज भएका हुन् । आजबाट चलचित्र ‘लभ सासा, किङ्ग र शब्द’ रिलिज भएका छन् । तीन चलचित्र एकैपटक रिलिज भएपछि सिंगो चलचित्र क्षेत्र नै यतिबेला कसको व्यापार कति हुन्छ भन्ने पर्खाइमा छ ।

प्रचण्डमान श्रेष्ठको निर्देशनमा तयार भएको ‘लभ सासा’ लभ स्टोरी चलचित्र हो । जसमा कर्मा, आशिफ शाह र केकी अधिकारी मुख्य भूमिकामा छन् ।

चलचित्र ‘शब्द’मा सौगात मल्ल र कमली वाइवाको मुख्य भूमिका छ । सन्तोष सिवाकोटीले यो चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्र ‘किङ्ग’मा निखिल उप्रेती, वेनिशा हमाल, अनुप विक्रम शाहीको मुख्य भूमिका छ । जयन श्रेष्ठको निर्माणमा तयार भएको चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

पौष महिनामा प्रदर्शनमा आएका कुनै पनि चलचित्रले गतिलो व्यापार नगरिरहेको समयमा यी ३ चलचित्रमा सबैको आँखा लागेको छ ।

Related posts

Leave a Comment