स्वस्थानी ब्रत सुरुः शाली नदीमा माघ स्नानको भिड (फोटोफिचर)

sali nadi 7

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

आजबाट श्री स्वस्थानी ब्रत सुरु भएको छ ।

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको हो ।  पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पुस शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

sali nadi 1

बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

sali nadi 2

एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

sali nadi 3

चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहगाउने ब्रत विधि छ ।

sali nadi 5

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ ।

sali nadi 6

यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित सालीनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष राजुभाई मानन्धर यस वर्ष पुस २८ गतेदेखि माघ २८ सम्म २० लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्नसक्ने गरी तयारी गरिएको बताउँछन् ।

sali nadi 7

sali nadi 8

sali nadi 9 Sali-nadi-1 Shalinadi_Swasthani_Start_01-12012017115308-1000x0 Shalinadi_Swasthani_Start_11-12012017115320-1000x0Devotees take ritual bath and offer prayers on the last day of month-long Swasthani Brata Katha and Madhav Narayan festival in Kathmandu, on Monday, February 22, 2016. Photo: Skanda Gautam

Related posts

Leave a Comment