यी कलाकार लिन्छन्, दिनकै ३ लाख रुपैयाँ पारिश्रमिक

brahmanandam-cute--wide-hd-wallpapers

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

तपाईले फोटोमा देख्नुभएको कलाकारलाई त पक्कै पनि चिन्नु भएको होला ।

सायद साउथ इन्डियन फिल्ममा यी कलाकार नभएको फिल्मै खल्लो मानिन्छ । त्यसैले पनि होला यी कलाकारलाई जुन फिल्म देखिन्छ । त्यो फिल्ममा अत्यन्तै हिट जाने गरेको छ । साउथका कलाकार व्रम्हानन्दम भन्दा छोटो होस् या मुख्य, हरेकजसो चलचित्रमा देखिने कलाकार हुन् ।

उनले आजसम्म साउथका १ हजार भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । कमेडी भूमिकामा प्रस्तुत हुने व्रम्हानन्दम विनाको साउथ चलचित्र दर्शकका लागि खल्लो जस्तै हुन्छ । साउथका सबै सुपरस्टारसँग काम गरिसकेका यी कमेडी कलाकारले एक दिनको ३ लाख पारिश्रमिक लिन्छन् भन्दा तपाइलाई अचम्म लाग्न सक्छ ।

व्रम्हानन्दमले चलचित्रमा काम गर्दा, दैनिक पारिश्रमिक लिने गरेका छन् । एक दिनकै ३ लाख पारिश्रमिक लिने साउथका यी चर्चित कलाकारको आम्दानी कति होला, तपाई अनुमान लगाउन सक्नहुुन्छ ?

क्याम्पसमा उनले सधै केटाहरुको क्यारिकेचर गरेर कमेडी गर्ने गरेका थिए । उनको आर्थिक अवस्था पनि कमजोर थियो । ‘चन्ताबाबाइ’ नामक चलचित्रमा उनले छोटो भूमिकामा पहिलो पटक काम गरेका थिए । यसपछि, उनलाइ साउथ चलचित्रको अफरको त ओइरो नै लाग्यो ।

Related posts

Leave a Comment