दलितलाई माओवादी केन्द्रीय सदस्यमा सात प्रतिशत छुट्याएपछि विरोध, प्रचण्डलाई ज्ञापनपत्र

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा ऐन र पार्टी विधानविपरीत दलितलाई केन्द्रीय सदस्य दिने भएपछि विरोधमा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ ।

दलितलाई केन्द्रीय सदस्यमा सात प्रतिशतलाई मात्रै दिएपछि असन्तुष्टि पक्षले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

निर्वाचन ऐनले १५ र पार्टी विधानले पनि १५ प्रतिशतलाई केन्द्रीय सदस्यल बनाउनुपर्ने व्यवस्थाविपरीत सात प्रतिशत दिने भनिएपछि केन्द्रीय सदस्यहरू परशुराम रम्तेल र दलजित श्रीपाइले १५ प्रतिशत नै सुनिश्चित गर्न माग गर्दै अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

अहिले माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ । अघिल्लो आइतबारबाट सुरु भएको आठौं महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार