आइतबारको संसदमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि छलफल हुने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोगमाथि संसद्‌मा आइतबारदेखि छलफल अघि बढ्ने भएको छ । आइतबारको बैठकको सम्भावित दैनिक कार्यसूचीमा पनि महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।

जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।

फागुन २९ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने भएका छन् ।

प्रतिनिधिसभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्‌मा अवरोध गरिरहेको एमाले पनि सहभागी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार