थप ६५ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शुन्य

काठमाडौं । नेपालमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ६ हजार ३ सय ६ पिसिआर परिक्षणका क्रममा ५९ जना र १ हजार ६ सय ४१ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ९१ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार