होली खेल्दा छालालाई कसरी जोगाउने ?

होली खेल्नु अघि यसो गरौँ

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमा मनाइँदै छ ।  प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ ।आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षाेल्लहासका साथ मनाइने गरिन्छ ।

किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु  नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए  । हिरण्यकश्यपु आफुले आफुलाई बलवान ठाँन्दथे । तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए ।

अन्तत उनको  योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए । तर,  अग्नि बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् ।

अन्तमा  हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए ।  होलिका दहनकै खुसियाली  मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ । बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेशमा होलीको रुपमा मनाइँदै छ ।

हरेक वर्ष होली पर्व सकिएपछि छालासम्बन्धी विभिन्न प्रकारका समस्या लिएर धेरै जना स्किन अस्पताल पुग्ने छाला रोग विशेषज्ञहरू बताउँछन् । होली खेल्दा सावधानी नअपनाउँदा अनुहारमा समस्या देखियो भन्दै अस्पताल पुग्नेको सङ्ख्या बढ्दै गएको छाला रोग विशेषज्ञहरू बताउँछन् । होली खेल्दा जुन पायो त्यही रङ्ग प्रयोग गर्दा अनुहारमा चाया, पातो आएका, छाला डढेका, डन्डिफोरहरू आएका तथा एलर्जी भएकाहरू अनुहार तथा छालामा थप समस्या देखिएर अस्पताल पुग्ने गर्छन् ।

कसरी चिन्ने मिसावटयुक्त भएका रंग ?

  • मिसावट भएका रंगहरु पत्ता लगाउन रंगलाई केही समय पानीमा डुबाएर हेर्न सकिन्छ । यही रंग सजिलै पानीमा घोलियो भने त्यसमा विषाक्त वस्तुहरु जस्तै मर्करी, लिड छैनन् भन्ने बुज्न सकिन्छ।
  • रंगमा पेट्रोल, मट्टीतेल आदीको गन्ध आएमा त्यस्ता रंगको प्रयोग गर्नुहुन्न ।
  • धेरै चम्किला रंगहरुको प्रयोग गर्नुहुन्न ।
  • केमिकलयुक्त रंगहरुभन्दा बासना आउने फूल र बोटबिरुवाहरुबाट बनेका रंगको प्रयोग गर्न सकिन्छ । यस्ता रंगहरु सजिलै पानीमा घुल्ने हुन्छन् ।

रंगका कारण देखिन सक्ने स्वास्थ्य समस्या

छालामा  मिसावटयुक्त मेटल र केमिकल भएका रंगहरुले छालामा एलेर्जी गराउँछ । जसका कारण छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने, घाउ हुने, छाला मा किटाणुको संक्रमण हुने, सेतो दुबी बढाउने, कपाल झर्ने आदी समस्या देखिनसक्छ । मिसावटका लागि प्रयोग गरिने मेटलले दिर्घरुपमा छालाको क्यान्सरसम्म गराउन सक्छ। होलीमा प्रायोग हुने कालो, हरियो, निलो, चाँदी रंगमा विभिन्न प्रकारका हानिकारक तत्त्वहरु लिड, मरकरी, कप्पर हुन्छन्। यस्ता हानिकारक तत्त्व भएका रंगहरु छालामा पर्दा छालामा विभिन्न समस्या आउँछन् र रंग पखालिन पनि गाह्रो हुन्छ । यस्तै रंगहरुमा पनि रंगको धूलोभन्दा तरल रंग बढी हानिकारक हुन्छन् । त्यसैले त्यस्ता रंगहरुको प्रयोग गरिनु हुन्न ।

छालामा रंग लामो समय बस्न नदिने उपाय

  • सकेसम्म केमिकल भएका कृत्रिम रंगको प्रयोग गर्दै नगर्ने, घरमा सजिलै पाइने गोलभेडा रातो, सयपत्री फुल वा बेसार पहेलो , सलेगम गाडा रातो, सेतो पिठो लाई रंगको रुपमा प्रयोग गर्ने।
  • छाला र कपाललाई बचाउन होली खेल्नु अघि कपालमा तेल, छालामा भ्यास्लिन अथवा कुनैपनि तेलयुक्त मोइस्चेराइजर र नंगमा पलिस लगाउने ।
  • आँखामा रंग पर्नै नदिने । त्यसका लागि होली खेल्ने दिन मोटो र बाक्लो खालको चस्मा लगाउने, कनट्याक्ट लेन्स नलगाउने ।
  • होलि खेल्नु अघि काटेको वा खुल्लाखालको घाउहरु भएमा त्यस्लाई पानीले नभिज्ने टेप लगाएर बन्द गर्ने अथवा ड्रेसिंग गरेर बन्द गर्ने । येदी खुल्ला घाउमा
  • विसाक्त रंगहरु परेमा तिनले शरीरमा संक्रमण फैलाउने, स्वासप्रस्वासमा समस्या ल्याउने, एलेर्जी हुने सम्भावना हुन्छ ।
  • पर्याप्त मात्रामा सनस्क्रिन लगाउने ।
  • लामो समय एकनाशले रंग नखेल्ने र समय समयमा मुख पखाल्ने ।

होलीपछि छालामा लागेका रंगहरु कसरी सफा गर्ने ?

  • प्राय गरेर होलीमा प्रयोग गरिने धेरै रंगहरु केहीपछि आफैं कम हुँदै जान्छन् ।
  • छालामा लागेको रंग हटाउन हल्कासँग धेरै नमाडिकन ५ देखि १० मिनेट साबुन र मनतातो पानी प्रयोग गर्ने । हतार गरेर धेरै जोडबल नगर्ने ।
  • पानीले सफा गर्दा कागतीको झोल, दही, बेसार, सेतो पिठो मिसाएर सफा गर्ने ।
  • आँखा सफा पानीले छ्याप(छ्याप गरेर धुने, आँखा नमाड्ने ।

कस्ता समस्या आएमा चिकित्सको सल्लाह लिई हाल्नुपर्छ ?

  • छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने, घाउ हुने, छालामा किटाणुको संक्रमण भएमा, ज्वरो आएमा, अचेत भएमा
  • ओठ, आँखा, अनुहार सुन्नेमा, सास फेर्न गाह्रो भएमा, ओठ तथा औंलाहरु निलो भएमा
  • एक्कासी धेरै कपालहरु झरेमा

होलीमा छालाको हेरविचार कसरी गर्ने ?

  • भ्यास्लिन अथवा कुनैपनि तेल भएको मोइस्चेराइजर लगाइराख्ने तर अल्कोहोल र पानी भएका मोइस्चेराइजर नलगाउने । भिटामिन ई र सी भएको मोइस्चेरआइजेर लगाउने ।
  • रंग लागेको ठाउमा एलर्जी भएमा मनतातो पानीले समय लगाएर पखाल्ने ।
  • आफ्नो शरीरको छालालाई सकेसम्म रंग, विषाक्त पानी, धुलोबाट बचाउने। त्यसका लागि पुरा शरीर ढाक्ने गरी लुगा लगाउने ।
  • पानी प्रशस्त पिउने र खानामा ओमेगा(३ फ्याट्टी एसिड पनि संलग्न गर्ने ।
  • पर्याप्त मात्रामा सनस्क्रिन लगाइराख्ने । १० बजे देखि ४ बजे सम्मको घामले छालामा नकारात्मक असर पर्ने हुँदा पर्याप्त मात्रामा सनस्क्रिन लगाई राख्ने ।
  • सनस्क्रिनको प्रयोग गर्दा अनुहार र घाँटीमा एक चिया चम्चा अर्थात् ३ देखि ५ ग्राम सनस्क्रिन लगाउने र, घाममा जानु १५ मिनेटदेखि अधि घन्टा अगाडी
  • सनस्क्रिन प्रयोग गर्ने। सकेसम्म १० बजे देखि ४ बजेसम्मको चर्को घाममा बाहिर नजाने।
  • आँखालाई बचाउने र त्यसका लागि होली खेल्दा दिनभर मोटो र बाक्लो खालको चस्मा लगाउने, कनट्याक्ट लेन्स नलगाउने ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार